पैगम्बरको जयन्ती मनाइयो

पैगम्बरको जयन्ती मनाइयो
पैगम्बरको जयन्ती मनाइयो

मो.इन्तेखाव आलम
जनकपुरधाम, १ माघ ।
हरेक वर्ष झै पैगम्बर हजरत मोहम्मद सल्लालाहो अलौहे व सलमको जन्मदिनको अवसरमा इद मिलादुन नवी मनाइदैछ ।पैगम्बर हजरत मोहम्मद सल्लालाहो अलौहे व सलमको जन्म ५७९इस्वीमा अरबको मक्कामा भएको हो ।
इस्लामी तारेखको अनुसार यस वर्ष १४ जनवरीको उनको जयन्ती मनाइएकोछ ।पैगम्बर हजरत मोहम्मद सल्लालाहो अलौहे व सलम इस्लाम धर्मको सबै भन्दा महान नवी र आखिरी नबि हो ।
उनी स“धै सत्य वचन बोलेको र सत्यको साथ दिएको विश्वास छ ।उनको जन्म भएको बेला अरब मुलुकहरुको समाजिक अवस्था अत्यन्त खराब रहेको बताइन्छ ।महिलाहरुलाई सम्मान थिएन ।छोरीलाई जिउदै माटोमा गाडिन्थ्यो ।आपसी सदभाव र भातृत्व समाप्त भइसकेको थियो ।
तर यस्ता समाजिक कुरितीहरुर्लाइ समाप्त पार्न उनी लागि परेका थिए ।उनकै पहलमा अरब मुलुकमा महिलामाथि हुने अपमान, समाजिक सदभाव र भातृत्वको विकास भएको बताइन्छ ।

इद मिलादुन नवीको अवसरमा दुनिया भरीका मुसलमानहरुले रोजा, नमाज, कुरान, तेलावत, जुलुस आदी कार्यक्रमहरु आयोजना गर्छन ।
यसैबीच सर्लाहीमा पनि मुस्लिम समुदायले मोहम्मद सल्लाहो वसलमको १४३५ औं जन्म दिन भव्य रुपमा मनाएका छन्  ।
प्रत्येक वर्ष उर्दु महिना १२ रविउल अव्वलको मनाइने जन्मदिन सर्लाही सदरमुकाम मलंगवालगाायत सुन्दरपुर, लक्ष्मीपुर, बैलवासलगायतको स्थानहरुमा विभिन्न कार्यक्रम गरि मनाइएको हो ।
बिहानैदेखि मुुसलिम समुदायको महिला तथा पुरुषहरु मदिना नामको झण्डा लिएर रुयालीली तथा मदिनाको नाम लिदै रुयाली निकाली मोहम्मद सल्लाहो वसलमको जन्मदिन मनाइएको छ ।

त्यस्तै सदरमुकाम मलंगवामा रहेको मदरसाबाट मुुसलिम समुदायको महिला तथा पुरुषहरुको सहभागितामा बाजागाजाको साथ मदिना नामको झण्डा लिएर रुयाली निकाली नगरपरिक्रमा गरिएको थियो ।
यसैगरि मुस्लिम धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४८८ औं जन्मजयन्तीका महोतरीमा विभिन्न कार्यक्रम गरी मंगलवार मनाईएको छ ।
हजरत मोहम्मदको जन्मजयन्तीकै अवसरमा जलेश्वरमा शान्ति रयालीको आयोजना गरियो ।

र्यालीले जलेश्वर नगरपालिकाको विभिन्न भागको परिक्रमा गरेका थिए ।मटिहानी, जलेश्वर, सुगा, प्रकौली, सुरयाही जलेश्वर लगायत दर्जनौ गाउका करिब पँचहजार  संख्यामा मुस्लिम समुदायका छात्र छात्रा, महिला, बालबालिका, नागरिक समाज, शिक्षकहरुको सहभागीता रहेको थियो । त्यस्तै मुस्लिम समुदायका युवाहरुले मंगलबार नै जलेश्वरमा मोटरसाईकल  र्याली समेत निकालिएको छ

1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic