२७ हजारभन्दा कम तलबमा मलेसिया छिर्न नपाइने न्यूनतम पारिश्रमिक नतोकिएको भिसामा प्रतिबन्ध

नयाँ वर्ष २०१४ पछि मलेसियामा नेपाली कामदारको पारिश्रमिक बढ्ने क्रमसँगै न्यूनतम पारिश्रमिक नतोकिएको भिसा अस्वीकृत हुने भएको छ । कम पारिश्रमिक तोकिएको भिसा नै अस्वीकृत हुने भएपछि मासिक २७ हजार भन्दा कम तलबमा अब नेपाली कामदार मलेसिया छिर्न नपाउने भएका छन् ।
kuala-lumpur-malaysia-photos-2
मलेसिया सरकारले घोषणा गरेको न्यूनतम् पारिश्रमिक उल्लेख नभएका भिसा जनवरी १ गतेदेखि नेपाल सरकारले अस्वीकृत गर्ने निर्णय गरेको हो । अबदेखि मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारको न्यूनतम् कमाइ ९ सय रिङगेट अर्थात् नेपाली २७ हजार रुपैयाँ व्यवहारमै कार्यान्यवय हुने सम्भावना बढेको छ । मलेसिया सरकारले यसअघि नै यस्तो पारिश्रमिक निर्धारण गरेको घोषणा गरे पनि पूर्णरुपमा कार्यान्वयन हुन सकिरहेको थिएन ।
‘न्यूनतम् पारिश्रमिक उल्लेख नभएको भिसालाई जनवरी १ देखि स्वीकृति रोकेका छौं’ वैदेशिक रोजगार विभागका प्रवक्ता दिवस आचार्यले अनलाइनखबरसँग भन्नुयभयो -’मलेसिया सरकारले २०१४ गतेदेखि न्यूनतम् पारिश्रमिक कडाइका साथ लागू गर्ने जनाएकाले हामीले न्यूनतम् पारिश्रमिक नतोकिएको भिसाको स्वीकृति रोकेका हौं ।’
मलेसिया सरकारले सन् २०१२ देखि लागू गर्ने गरी न्यूनतम् पारिश्रमिकको घोषणा गरे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको थिएन । न्यूनतम् पारिश्रमिक मापदण्ड लागू नहुँदा नेपाली कामदारले मलेसियामा न्यूनतम् ६ सय ५० रिंगेट अर्थात् नेपाली १९ हजार रुपैयाँ मात्रै पाउँदै आएका छन् ।
आचार्यका अनुसार सरकारसँग भएको तथ्यांकअनुसार ५ लाख नेपाली कामदार मलेसियामा कार्यरत छन् । अघिल्लो वर्ष उनीहरुले ५८ करोड ९० लाख रुपैयाँ रेमिटान्स नेपाल पठाएका थिए । न्यूनतम् पारिश्रमिक कार्यान्वयनसँगै मलेसियाबाट नेपाल भित्रने रेमिटान्समा १५ देखि २० प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । मलेसियाबाट रेमिटान्स बढी भित्रिने मुलुकमध्ये नेपाल विश्वकै तेस्रोमा पर्छ । पहिलोमा इन्डोनेसिया र दोस्रोमा बंगलादेशले मलेसियाबाट बढी रेमिटान्स भित्र्याउँछन् ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic