धनुषाबाट २८ सभासद

संबिधान सभामा धनुषाबाट प्रतिनिधित्व गर्ने सभासदहरुको संख्या बुधबार २८ पुगेकोछ ।संघिय समाजबादी पार्टी (अशोक राई)ले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने रमदैया भवाडी गाविसकी उर्मिला साहलाई सभासदमा निर्वाचित गरेपछि संख्या बढेर २८ पुगेकोछ ।
यस अघि धनुषाबाट प्रत्यक्ष र समानुपातिकगरि सभासदहरुको संख्या २७ थियो ।संघिय समाजबादी पार्टीबाट सभासद बनेकी साह पहिलो संबिधान सभामा एमालेबाट सभासद बनेकी थिइन ।पार्टी फेरेर सभासद बन्ने अत्यन्त थोरै भाग्यशाली नेताहरु मध्ये साहपनि एक हुन ।

धनुषाबाट अब नेपाली का“ग्रेसका प्रत्यक्ष ५ र समानुपातिक ९ गरी १४ सभासद, एमालेको १ प्रत्यक्ष र ३ समानुपातिकगरि   ४ सभासद, एमाओवादीबाट २ समानुपातिक सभासद, तमलोपाका २ समानुपातिक सभासद, सदभावनाको १ प्रत्यक्ष र १ समानुपातिकगरि २ सभासद, नेकपा माले(सीपी मैनाली)बाट १ समानुपातिक सभासद, राप्रपाबाट १ समानुपातिक सभासद, ।ामसपाबाट १ जना समानुपातिक सभासद र संघिय समाजबादीबाट १ समानुपातिक सभासद धनुषाबाट परेकाछन ।
संबिधान सभामा समानुपातिक सुचि नबुझाउने अडानमा रहेको संघिय समाजबादी पार्टीले बुधबार पा“च सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ ।सभासद चयन गर्न आन्तरिक बिबादमा अल्झेको संघिय समाजवादी पार्टीले निर्वाचित सदस्यहरुको नाम टु·ो लगाउने बितिकै सुचि निर्वाचन आयोगमा बुझाएकोछ ।
संघिय समाजबादी पार्टीबाट समानुपातिक सभासद निर्वाचित हुनेहरुमा अध्यक्ष अशोक राई, उपमहासचि राधा तिमल्सिना सचिव डिलबहादुर नेपाली, उर्मिला साह र कासिम अलि सिद्दिकी रहेकाछन ।
धनुषाकी उर्मिला साह यस अघि नेकपा एमालेबाट समानुपातिक सभासदमा निर्वाचित भएका थिए ।समान्य लेखपढ गर्न सक्ने साहले जनताको हितमा संबिधान जारी गर्ने दाबी गरे ।
उपत्यकापछि सर्बाधिक सभासद भएको जिल्लामा धनुषा परेकोछ ।२८ जना सभासद भएपनि दलका नेताहरुमा सन्तुष्टि देखिएको छैन ।प्रायःसबै दलहरुमा समानुपातिक सभासद बन्ने अवसर नपाएकाहरुले गंभीर असन्तुष्टि जनाएकाछन ।
सबै भन्दा बढी सभासद रहेको नेपाली का“ग्रेसमापनि नेताहरु सन्तुष्ट देखिएका छैनन ।प्रत्यक्ष तर्फको चुनावमा अन्तरघात गरेको आरोप निर्वाचित सभासद दिनेश प्रसैलाले लगाएपनि सरस्वती चौधरी सभासद हुन नपाएकोमा अत्यन्त दुखी बनेकी छन ।हुनत उनी पहिलो संबिधान सभामा सभासद
थिइन ।
पहिलो संबिधान सभामा रहेकाहरु मध्ये धनुषाबाट प्रत्यक्ष तर्फ रामकृष्ण यादव, विमलेन्द्र निधि, सञ्जय कुमार साह र सत्रुधन महतो दोस्रो संबिधानमा दोहरिएका छन ।त्यसैगरि समानुपातिक तर्फ नेका“का महेन्द्र यादव, मिनाक्षी झा, संघिय समाजबादीकी उर्मिला साह दोहरिने सभासद हुन ।२८ जना सभासद मध्ये ७ जना सभासद दोस्रो संबिधान सभामा प्रतिनिधित्व गर्ने अवसर पाएका छन ।पहिलो संबिधान सभामा धनुषाबाट २१ जना सभासद थिए ।पहिलो र दोस्रो दुबैमा नेका“बाट नै सर्बाधिक सभासद बनेकाछन ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic