»
आकर्षण अस्ट्रेलियाको
आकर्षण अस्ट्रेलियाको
नेपाली विद्यार्थीका निम्ति उपयुक्त शैक्षिक गन्तव्य बनेको छ— अस्ट्रेलिया। त्यसैले केही समययता अस्ट्रेलिया जाने विद्यार्थीको चाप बढ्दै गएको वैदेशिक शिक्षा परामर्शदाताहरू बताउँछन्। अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने उद्देश्यसहित 'भिसा प्रक्रिया' केही खुकुलो बनाएपछि अस्ट्रेलिया जानेहरूको संख्या बढेको हो। 'तुलनात्मक रूपमा अहिले सजिलो छ,' पुतलीसडकस्थित सिद्धार्थ इन्टरनेसनल एजुकेसन सेन्टरकी बिजनेस डेभलपमेन्ट म्यानेजर कृतिका ओझा भन्छिन्- 'त्यसैले अरू देशभन्दा अस्ट्रेलिया जाने विद्यार्थी बढेका हुन्।' पढ्नकै निम्ति जाने 'जेन्युन' विद्यार्थीलाई अस्ट्रेलिया विगतमा जस्तो झन्झटिलो नभएको उनको दावी थियो।
अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरेर अस्ट्रेलियाले सन् २०१२ को मार्च २४ मा स्टि्रमलाइन भिसा नीति ल्यायो। उक्त प्रक्रियामा कुनै पनि मुलुकका विद्यार्थीले स्नातक, स्नातकोत्तर, पीएचडी तथा व्यावसायिक शिक्षा अध्ययनका लागि छनौट गरिने मापदण्ड विश्वविद्यालयले तय गर्छ, जसअन्तर्गत विद्यार्थीले पहिलो वर्षका लागि आवश्यक पढाइ र खाने बस्ने खर्चको व्यवस्था गर्नुपर्छ। त्यसपछि कसरी खर्च जुटाउने भन्ने सम्वन्धमा पनि स्पष्ट आधार देखाउनुपर्छ।
विगतमा नबिल र एसबीआई बैंकबाट मात्र आर्थिक दस्तावेज तयार गर्ने प्रावधान थियो। फलतः बैंक उपलब्ध नभएका स्थानका विद्यार्थीले अस्ट्रेलिया जानबाट वञ्चित हुनुपर्ने अवस्था थियो। अहिले भने कुनै पनि कमर्सियल बैंकबाट आर्थिक दस्तावेज बनाउन सकिने डाइनामिक युनिभर्स एजुकेसन तथा इमिग्रेसन सर्भिसेस प्रालिका कार्यकारी निर्देशक राजकुमार बर्तौला बताउँछन्। 'डकुमेन्टेसनमा पहिले जस्तो समस्या छैन,' बर्तौला भन्छन्- 'यसले गर्दा पनि अस्ट्रेलिया जाने विद्यार्थी बढेका हुन्।' विगतमा चाहेर पनि कतिपय जेन्युन विद्यार्थी अस्ट्रेलिया जान नसकेको उनको भनाइ छ।
अंग्रेजी भाषाका लागि लिइने आइइएलटिएस परीक्षामा विगतमा निर्धारण गरिएको अंक हासिल गर्नैर्पर्ने बाध्यता छैन। '६ स्कोर निर्धारण गरिएको ठाउँमा ५ स्कोर ल्याए हुन्छ,' गर्तौलाले थपे- 'तर, उनीहरूले अस्ट्रेलिया पुगेपछि कोर्स पूरा गर्नैपर्छ।' त्यस्तै एकेडेमिक रूपमा निर्धारित मापदण्ड पूरा नगरेका विद्यार्थीहरू 'फाउन्डेसन कोर्स' थपेर जान सक्छन्। उनीहरूले फाउन्डेसन कोर्स पूरा गरेपछि मात्र त्यहाँ अध्ययनलाई थप निरन्तरता दिन सक्छन्।
सहज भिसा प्रक्रियाका साथै अध्ययनपछि पोस्ट स्टडी वर्कको अवसरले थुप्रै नेपाली विद्यार्थीको ध्यान अहिले अस्ट्रेलियातर्फ मोडिएको पुतलीसडक स्थित इन्र्फमेटिक्स कन्सल्टेन्सी प्रालिका सीईओ ज्ञानेन्द्रमान जोशी बताउँछन्। 'स्नातक तथा मास्टर्स पछि दुई वर्ष काम गर्न पाउँछन्,' जोशी भन्छन्- 'जसले गर्दा पढेको कुरा व्यवहारमा उतार्न पाइन्छ।' त्यसका साथै साताको २० घन्टा वैधानिक रूपमा काम गर्न पाइन्छ। यद्यपि विद्यार्थीले कमाइमा भन्दा पढाइमा ध्यान केन्दि्रत गर्नुपर्ने जोशीको सुझाव छ। 'कतिपय विद्यार्थी स्टुडेन्ट भिसा बोकेर कमाउने उद्देश्यले पुग्छन्' जोशी भन्छन्- 'तर, यस्तो सोच राख्नु पूर्णतः गलत हो।'
नेपाली विद्यार्थीहरू लर्निङका साथै अर्निङको उद्देश्यले बिदेसिने परामर्शदाताहरूसमेत स्वीकार गर्छन्। उनीहरू पढाइसँगै आय-आर्जन गर्ने सोचबाट प्रेरित हुन्छन्। त्यसो त अस्टे्रलियाजस्तो मुलुकमा पढ्न जाने विद्यार्थीले निश्चित अवधी काम गर्न पाउने व्यवस्था छ। यसरी गरिने कमाइबाट उनीहरूले आफ्नो पढाइ खर्च धान्न सकून् भन्ने हो। यद्यपि पढाइको बहानामा कमाइ गर्न जाने विद्यार्थीका लागि अस्ट्रेलियाको बाटो साँघुरो भएको छ। उसले वास्तविक विद्यार्थीलाई मात्र पढ्नका लागि अनुमति दिने प्रक्रिया मिलाएको छ।
यसअन्तर्गत विद्यार्थीले 'पढ्नकै लागि जान लागेको' प्रमाणित गर्न सक्नुपर्छ। त्यहाँका विश्वविद्यालय/कलेजहरूले 'जेन्युन टेम्पोररी इन्ट्रान्स' मापदण्ड लागू गरेका छन्। सन् २०११ नोभेम्बर ५ मा ल्याइएको यो नीतिले निश्चित अवधिका लागि पढ्न जाने विद्यार्थीलाई आमन्त्रण गरेको छ। 'वास्तविक विद्यार्थी भित्र्याउने उद्देश्य हो,' ओझा भन्छिन्, 'यसअन्तर्गत शिक्षा आर्जन गरेर आफ्नै देश र्फकनुपर्छ।' विद्यार्थीको पृष्ठभूमि, अन्तर्वार्ता तथा उसको भविष्यका लागि सम्बन्धित कोर्सको महत्वका आधारमा जेन्युुन टेम्पोररी इन्ट्रान्टले मूल्यांकन गर्छ।
के छ आकर्षण ?
मूलतः गुणस्तरीय शिक्षा नै अस्ट्रेलियाको आकर्षण हो। अध्ययनपछि विश्व बजारमा रोजगारीको अवसर खोज्न सकिन्छ। अस्ट्रेलिया आफैंमा समृद्ध मुलुक हो। हाम्रो जस्तो अल्पविकसित मुलुकका विद्यार्थीलाई त्यहाँको भौतिक सुविधा, उच्च जीवनशैलीले आकषिर्त गर्ने नै भयो। निश्चित अवधिको बसाइ र कामपछि स्थायी बसोबासका लागि आवेदन दिन सकिन्छ। त्यस्तै, कुनै पनि तहको अध्ययनपछि २ वर्षसम्म वैधानिक रूपमा काम गर्न पाउने अवसरले पनि विद्यार्थीहरूलाई अस्ट्रेलियातर्फ तानेको छ।
गोकुल क्षेत्री, सिइओ
इन्सपायर एजुकेसनल कन्सल्टेन्सी, हनुमानस्थान
तुलनात्मक रूपमा अस्ट्रेलिया जाने विद्यार्थीको चाप बढी छ, किन होला ?
निश्चय नै अहिले अस्ट्रेलियातर्फ विद्यार्थीको ध्यान केन्दि्रत भएको छ। यसका केही कारण छन्। मुख्य कुरा अस्ट्रेलियाले प्रदान गर्ने अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा नै हो। उसले मार्केट ओरियन्टेट शिक्षा प्रदान गर्छ। ग्लोबल मार्केटका लागि कस्तो जनशक्तिको खाँचो छ ? त्यहीअनुरूपको पाठ्यक्रम डिजाइन गरिएको छ। अर्को चाहिँ विद्यार्थीले आफूलाई सुरक्षित महसुस गर्न सक्छन्।
कस्तो सुरक्षा ?
दुई किसिमको सुरक्षा। एक त आफ्नो लगानीको र अर्कोचाहिँ शारीरिक सुरक्षा। अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षालाई कानुनसम्मत ढंगले सम्बोधन गर्ने विश्वका तीन मुलुकमध्ये एक हो— अस्ट्रेलिया। त्यसबाहेक सिंगापुर र न्युजिल्यान्डमा यस किसिमको कानुन छ। यसैले पनि अन्तर्राष्ट्रिय शिक्षाका लागि अमेरिकापछिको दोस्रो गन्तव्य बनेको छ यो मुलुक।
पछिल्लो समय अमेरिकाभन्दा अस्ट्रेलिया जानेहरूको संख्या बढेको छ भनिन्छ नि ?
तुलनात्मक रूपमा अस्ट्रेलियाको भिसा प्रक्रिया पारदर्शी छ। पढ्नकै लागि जान चाहने विद्यार्थीले सहज रूपमा भिसा प्राप्त गर्न सक्ने वातावरण छ। ठगिने सम्भावना अत्यन्तै न्यून छ।
तर, विगतमा ठगिएका घटनाहरू पनि सार्वजनिक भएका थिए ?
अस्ट्रेलियामा त्यसरी विद्यार्थी ठगिएका छैनन्। बरु, बेलायतको सन्दर्भमा त्यस्ता समाचार आउँछन्। मैले अघि पनि भनें, अस्ट्रेलियामा आफ्नो सुरक्षाका लागि अन्तर्राष्ट्रिय विद्यार्थी अधिकारसम्पन्न छन्। यदि कुनै कलेजबाट उनीहरू ठगिए सरकारले नै अर्को कलेजमा ट्रान्सफर गरिदिन्छ। त्यस्तै, विद्यार्थी जुन विषय पढ्न पुग्छन्, त्यो पढ्न नपाएको अवस्थामा सुरुदेखि गरेको लगानी फिर्ता गरिन्छ।
त्यसो भए अन्तर्राष्ट्रिय विद्यार्थीका निम्ति अस्ट्रेलिया अनुकूल छ ?
एकदमै अनुकूल छ। किनभने त्यहाँ रंग भेद छैन। त्यहाँको कुल जनसंख्यामध्ये अधिकांश आप्रवासी छन्। सांस्कृतिक विविधता छ। त्यसबाहेक पढाइ पछि काम गर्ने अवसर छ।
एकतर्फी हेर्दा पढ्नका लागि बिदेसिनुलाई राम्रै मान्न सकिएला, तर त्यसको दीर्घकालीन प्रभाव सकारात्मक होला त ?
तपाईंले ब्रेन ड्रेनको कुरा उठाउनुभएको होला। एक हिसाबले यो कुरालाई हामी नकार्न सक्दैनौं। यद्यपि गुणस्तरीय शिक्षा आर्जन गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो। अर्को कुरा ब्रेन ड्रेन मात्र भएको छैन, बेस्ट ब्रेन पनि नेपाल भित्रिएको छ। विदेशबाट स्किल लिएर नेपाल भित्रिनेहरू पनि उल्लेख्य छन्।
Labels:
Recent Updates
Recomment to Your Friends
Current Views
Blog Archive
-
▼
2014
(142)
-
▼
January
(117)
- यस्तो छ एनआरएनको दुई वर्षे कार्ययोजना
- समयै संविधान लेख्न सभासदलाई कलम र घडी
- एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपाल अहिले स्कटल्...
- एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपाल र स्कटल्याण्...
- महोतरीमा महिलामाथि हुने हिंसाका घटना बढ्दो
- रात्रि बस लुटियो, चार घाइते
- गृहमन्त्री भारतमाv
- आज माघे स्रकान्ति
- गाविस सचिव विरुद्ध संघर्ष
- बस चालक अपहरित
- बर्दिवास र गौरीवासलाई खुल्ला दिसामुक्त क्ष्ोत्र घो...
- ४३ केजी गा“जा बरामद
- पैगम्बरको जयन्ती मनाइयो
- गरिबी किशोर किशोरीको विकासको बाधक
- प्राविधिक सहायक हतियारसहित पक्राउ
- गाईको पिसाव पिउन बिहानैदेखि गौशालामा भीड
- मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते बालोन डि’ओर
- पुलिसको फुटबल टोलीलाई नेपाल टेलिकमको साथ
- युरोपियन एनआरएनद्वारा परोपकारी राहत कोष संकलन
- ‘पोजेटिभ स्टेप’मा मिस मंगोल
- ४ दिनमा कमेडी फिल्मको कमाइ ६५ लाख, केकी र बाबु पूर...
- पप्पु भन्छन्, ‘नेफ्टा अवार्डलाई सहयोग नगर्ने कुरै ...
- सुरक्षित कारोबार ऐन तत्काल लागु गर्न बैंकर्सहरुको ...
- के भरतमोहनले स्वर्ग लैजान यो सब गरिरहेको हो ?
- ‘मरिसकेको पोलिटब्यूरो’ लाई प्रचण्डले सुनाए प्रतिवे...
- एमालेजस्तो पारदर्शी पार्टी अरु छैनन् : भरतमोहन 'डे...
- कोमल वली : विश्वास गर्नुस्, कुमारी नै छु 'श्रीमानम...
- यूएई बाट क्यान्सर पीडितलाई आर्थिक सहयोग
- राजमार्गमा पेट्रोलपम्पबाटै लुटिन्छन् सवारी धनी
- अपराध रोक्न मेची राजमार्गमा आइपी क्यामेरा
- एमाले अध्यक्ष खनाल र अमेरिकी राजदूतवीच भेटवार्ता
- स्वर्गीय मल्लको परिवारलाई आर्थिक सहयोग
- संविधानसभा बैठककै दिन ३३ दल सडकमा उत्रिने संविधानस...
- समाज बदल्दैछिन् सुभद्रा बजगाईं सडकबाट उठेर सामाजिक...
- लौ सुन म भन्छु वैदेशिक रोजगार विभागको कहानी स्वदेश...
- तीस किलो चामल किन्न पाँच दिन पैदल
- एक गाग्री पानी भर्न रातभर जाग्राम
- अब नेपाल आउनेले अन अराइभल भिसा नपाउने
- मुख्य आहारा मासु बन्दा ६ गुणा मोटोपन बढ्यो
- नम्वर लेखाउने ट्राफिकको अभियान
- भारी परिमाणमा गाजा बरामद
- शीतलहर पीडितलाई न्यानो बाँड्दै रिक्साचालक यस्तो छ ...
- जमीन जोत्दै पुस्तौ बित्यो, धनीपूर्जाको ठाँउमा तारे...
- राष्ट्रपतिको पुनः निर्वाचन गर्न एमाले र एमाओवादी स...
- सुनकोसी तेस्रोको डीपीआर हुने
- गुगल ब्वाईका कुरा
- मिस्टर एन्ड मिस बाग्मती
- आकर्षण अस्ट्रेलियाको
- काँडे भ्याकुर
- आईफोन-६ देखि ग्यालेक्सी एस-५ सम्म
- ५० हजारको ग्यास्टि्रक
- खोटाङ जाने गाडी राजेशले चलाउने
- दुई दिनमा १ लाखले हेरे मेला
- :: गृहपृष्ठ » फिचर » ओडारमा जाडोले सास्ती
- नेपाली चलचित्र चल्ने सर्त
- यो पैसाको कुरा हो मूर्ख !'
- ट्याब्लेटदेखि फ्याब्लेटसम्म
- पृथ्वीनारायण शाह सम्झँदै भावुक भए संस्कृति मन्त्री
- चोरको रोजाई सुन ल्यापटप र फोन मात्रै
- दाहालले भट्टराईलाई सोधे- 'दस्ताबेज तपाई कि म लेखूँ'
- किन घटे लुम्बिनीमा पर्यटक ?
- चार नेपाली विद्यार्थी लन्डनमा पक्राउ
- मूख्य सिजनमा नै घटे नेपाल आउने पर्यटक भारत र चीनबा...
- झलनाथ, केपी र माधव नेपाललाई अवकाशमा पठाउने तयारी य...
- संबिधान सभा २०७० को समानुपातिक तर्फका निर्वाचित सभ...
- यातायात कार्यालय बिरुद्ध मुद्दा
- एमाओवादीमा अन्तर कलह छताछुल्ल
- प्लेनमा धुमपानको दुस्साहस गर्दा यस्तो परिणाम ?
- ए डिभिजन लिग फुटबलमा आर्मीद्वारा संकटा पराजित
- माघमा लमजुङ महोत्सव हुने
- मधेसी नेतालाई देशकै ठूला शत्रु भन्दै साहले लिए सन्...
- एमाओवादीमा शुरु भो प्रचण्ड-बाबुराम हटाउने अभियान !...
- मंगल ग्रहमा जान १ हजार ५८ को नाम छनोट ८ जना नेपाली...
- दोस्रो संविधानसभामा बाहुन क्षेत्रीको बाहुल्य महिला...
- पहिलो इन्डोर क्रिकेट हल निर्माण सुरु
- दोलखाका बहिरा विद्यार्थीलाई साउदीवाट ५० हजार रूपैय...
- कतै टपलेस त कतै उत्तेजक पोजमा कट्रेनीको हट फोटोसुट
- तारे होटलमा हुन थाल्यो घरानिया व्यवसायीको हानाथाप ...
- संविधानसभामा कान्छी सरिता, ज्येष्ठ सूर्यबहादुर ! ब...
- अपराध रोक्न पूर्वका प्रहरीलाई मोटरसाईकल
- विकिनीमा आफ्नै शरीर हेरेर दङ्ग लुइसा(Photo Features)
- निर्वाचन रोकिदैन ः प्रधानमन्त्री हसिना
- जिविस महोत्तरीमा ८२ करोड २२ लाख ४६ हजार १ सय बढी ब...
- जनकपुरमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव, सम्बन्ध...
- जनकपुरमा आगलागी
- किसानले उखु बेचेको २० करोड पाएनन्
- लौ हेर्नोस् समानुपातिक र प्रत्यक्षतर्फका सभासदको प...
- पदयात्रा र अवलोकनको गन्तव्य बन्दै चोभार
- मोटरसाइकल रुखमा ठोकिँदा एकको मृत्यु
- यातायात विभागको कमाई बढ्यो, सवारी दर्ता र नवीकरणको...
- दन्त चिकित्सा (बीडीएस) कलेज धेरै र विद्यार्थी संख्...
- आधा शुल्क घटाउँदा पनि डाक्टरी पढ्न आएनन् विद्यार्थी
- फर्किन अटेर गर्दै बेलायतका नेपाली राजदूत
- शुद्ध देशी रोमान्सकी हिरोइनको बोल्ड अबतार
- २७ हजारभन्दा कम तलबमा मलेसिया छिर्न नपाइने न्यूनतम...
- सिम्पल सिम्पल नेताको डिम्पल पार्ने चाला ! जनताको भ...
- नेताको दासमात्रै भएर पार्टीमा बसिँदैन : थापा
- गाईको २० किलो मासुसहित तामाङ पक्राउ शेर्पा, तामाङ ...
- निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम राष्ट्रपतिला...
- दाङको घोराहीवाट तीन कम्लरीको उद्धार
- दैनिक १२ घण्टा पुग्यो लोडसेडिङ (तालिकासहित)
- उपेन्द्र महतोको भाइ फोरम नेपालबाट सभासद
- राष्ट्रपतिले भने-संविधानसभाको बैठक बोलाउने जिम्मेव...
- कस्तो संसार बनाउँला भनेर हिँडेको, वामपुड्के भइयो !...
- प्रचण्डले आफ्नो गल्ती सच्याएनन् : बाबुराम
- गम्भीर मानवअधिकार उल्लंघनमा आममाफी नदिन सर्वोच्चको...
- युएईमा साकेला उधौली पर्व मनाइयो
- मलेसियामा नयाँ वर्षको भव्य स्वागत (फोटोफिचर)
- १७ लाख हल भाडा तिरेर मलेसियामा भव्य अवार्ड गर्दै न...
- गीतालाई सभासद बनाउन खोज्दा एक्लिए गच्छदार नारायणी ...
- गोली लागेर रगतपच्छे भएका प्रहरीले लखेटी-लखेटी समात...
- आफूखुसी औषधि खाँदा ज्यानै जाने खतरा
- क्यासिनोको पैसा उठाउन वैदेशिक ठगीको मुद्दा
- असन्तुष्टलाई फकाउन थाले एमालेका शीर्ष नेता, खनाल र...
- उपलब्धिको संरक्षण गर्न सांस्कृतिक सङ्ग्रहालय स्थापना
- कांग्रेसका समानुपातिक सभासद्मा नातेदार नै नातेदार
- धनुषाबाट २८ सभासद
0 comments
Write Down Your Responses