एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश वलीले जनयुद्धमा आफ्नो छोरीको हत्या गर्ने पूर्व प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाहलाई सभासद बनाएको आरोप लगाउनु भएको छ । आफ्नो ठाउँमा शाहलाई सभासद बनाएकोमा आक्रोस पोख्दै वलीले तत्काल नसच्याए रिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।
‘२०४० सालदेखि कम्यूनिष्ट पार्टीमा लागेको हुँ । म जनमुक्ति सेनाको कमिसार भएर काम गरेँ, तीन वर्ष जेल बसेँ, छोरी गुमाए’ मंगलबार राजधानीमा भएको कार्यक्रममा एमाओवादीका पूर्व पोलिटव्यूरो सदस्य वलीले भन्नुभयो-’तर, अहिले मेरो ठाँउमा छोरीको हत्या गर्ने रविन्द्र प्रताप शाह सभासद भए ।’ प्रचण्ड निकट मानिने नेता वलीले यस्तै अवस्था रहे प्रचण्डको नेतृत्व क्षमतामा समेत प्रश्न उठ्ने बताउनुभयो ।
पार्टीभित्र त्यागी ईमान्दार कार्यकर्ताहरुलाई पाखा लगाउन खोजिएको भन्दै उहाँले अरु पार्टीमा जस्तै एमाओवादीमा पनि प्रदुषणले भरिएको टिप्पणी गर्नुभयो ।
धनुषाका जिल्ला शिक्षा कार्यालय र जनस्वास्थ्य कार्यालय रोगी अवस्थामा रहेका कारण द्वन्द पीडित बालबालिकाले समयमै छात्रवृति पाउन नसकेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन । युवा अभियान जनकपुरकोक आयोजना तथा स्थानिय शान्ति समिति र एडभोकेसी फोरमको संयुक्त सहकार्यमा आइतवार जनकपुरमा आयोजित ‘द्वन्द पीडित बालबालिको छात्रवृति सम्बन्धी’ विषयक संवाद कार्यक्रममा वक्ताहरुले द्वन्द पीडितका परिवारजनले आ आफना बाल बालिकाका लागि तोकिएको छात्रवृति प्राप्त गर्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालयमा निवेदन पत्र दर्ता गराए पनि उनीहरुले छात्रवृति पाउनबाट बञ्चित हुंदै आएको गुनासो गरेका थिए ।
केही परिवारले एडभोकेसी फोरम र केहीले स्थानिय शान्ति समितिको सहयोगमा भने केही स्वयम परिवारले दर्ता गराएका छन । एडभोकेसी फोरम मार्फत १३ जना परिवारले ३६ जना बाल बालिकाको निवेदन २०६८ सालको जेठ र आषढ महिनामा दर्ता गराएको छन भने स्थानिय शान्ति समिति मार्फत ३१ जना परिवारले ६५ जना बालबालिकाको निवेदन पत्र जिल्ला शिक्ष्ाँ कार्यालयमा दर्ता भए पनि हाल सम्म शिक्षा कार्यालयबाट १८ जना बाल बालिकाको हकमा मात्र सिफारिस गरेको पाइएको छ ।
द्वन्दका क्रममा मृत्यु भएका र वेपत्ता पारिएका व्यक्तिको पारिवारिक आर्थिक अवस्था अत्यधिक नाजुक अवस्थामा पुगे पनि शिक्षा कार्यालयबाट छात्रवृति प्रदानमा कुनै प्रकारको पहल हुन सकेको छैन । द्वन्द पीडित कुनै पनि बालबालिका शिक्ष्ाँबाट बन्चित नहुन उद्देश्यले आएको राहत पनि उपलब्ध नभएको प्रति पीडित परिवारले आक्रोश पोख्ने गरेका छन । स्थानिय शान्ति समितिका संयोजक परमेश्वर साहको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा पत्रकार धु्रव कुमार झा, महिला अधिकारकर्मी भारती झा लगायतले बोलेका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले द्वन्द पीडित बालबालिकालाई छात्रवृति दिनमा कुनै प्रकारको कमी कमजोरी गर्न नमिल्नेमा जोड दिदै जिल्ला शिक्ष्ाँ कार्यालय मार्फत छात्रवृति प्रदान गर्नमा पहल गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा जिल्ला शिक्ष्ाँ अधिकारी भने अनुपस्थित थिए । कार्यक्रममा शिक्षा कार्यालयका प्रतिनिधिका रुपमा आएका स्रोत व्यक्ति उद्यव आर्चायले भने छात्रवृति सम्बन्धमा आफूलाई केही जानकारी नभएको भन्दै आफूलाई बचाउ गरेका थिए ।

म्यूजिक भिडियोमा अभिनय गर्न नेपाली सिनेमाकै नायिकाहरुको अगाडी छन् । चलचित्रको पर्दामा देखिने अनुहारलाई दैनिक टेलीभिजनमा देख्दा दर्शक हलसम्म जाँदैनन् भन्ने पनि गरिन्छ । तर पनि नायिकाहरु म्यूजिक भिडियो खेल्नमा नै व्यस्त देखिएका छन् ।
काठमाण्डौमा आयोजना हुन लागेको ‘राष्ट्रिय रापती म्यूजिक अवार्ड २०७०’ मा नेपाली सिनेमाका ५ नायिका उत्कृष्ट म्यूजिक भिडियो मोडलको नोमिनेशनमा परेका छन् । जसमा नायिका केकी अधिकारी, नन्दिता केसी, झरना थापा, विनिता बराल र शिल्पा पोख्रेल छन् । दोश्रो संकरणसम्म रापती अञ्चलका श्रष्टाहरुलाई मात्र यो अवार्डमा समावेश गरिएको थियो । तर तेश्रो संकरणबाट भने यो अवार्डलाई राष्ट्रिय रुप दिइएको छ । रापती समाज काठमाण्डौले आयोजना गर्दै आएको अवार्डको तेश्रो संकरणमा २५ विधामा अवार्ड प्रदान गरिनेछ ।
राजधानीको भृकुटीमण्डमा आयोजना गरिएको छालाजन्य जुत्ता-चप्पल तथा वस्तु प्रर्दशनी सोमबार सम्पन्न भएको छ । सात दिनसम्म चलेको मेलामा १ लाख ३५ हजार उपभोक्ता अवलोकन तथा किनमेलका लागि पुगेका छन् । मेला छाला जुत्ता तथा वस्तु उत्पादक संघले आयोजना गरेको थियो ।
मेला सोचेभन्दा भव्य रुपमा सम्पन्न भएको मेला संयोजक कृष्ण कुमार फुयाँलले बताउनुभयो । उपभोक्ताको सदासयता उत्साहजनक रहेको बताउँदै उहाँले विगतका वर्षमा भन्दा यसपटक भिड बाक्लो लागेको दाबी गर्नुभयो । मेलामा जुत्ता-चप्पलको बिक्री समेत राम्रो भएको छ । उहाँका अनुसार मेला अवधिभर २० देखि २२ हजार जोरसम्म जुत्ता-चप्पलहरुको बिक्री भएको छ ।
मेलामा ७० रुपैयाँ पर्ने चप्पलदेखि १० हजार रुपैयाँसम्म पर्ने जुत्ताहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिएको थियो । बिक्री भन्दा पनि उत्पादन प्रबर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हुँदा मेला सफल रुपमा सम्पन्न भएको संयोजक फुयाँलको भनाई छ । मेला अवलोकनका लागी शिर्ष दलका शिर्ष नेतादेखि लिएर उच्च पदस्थ कर्मचारी, कलाकार, विद्यार्थी तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
मेलामा ७५ भन्दा बढी उद्योगका ९५ वटा स्टलहरु रहेका थिए । मेलामा उपभोक्ताई १५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा विभिन्न भेराइटीबाट रोजी-रोजी किन्न पाइने हुँदा पनि सर्वसाधारणको उपस्थिती बाक्लो हुन पुगेको हो ।
दश वर्ष अघि रुन्दकालमा धनुषाको गोदार गाविसमा हत्या गरी गाडिएका पांच युवा मध्ये चारजनाको शव उत्खन्नको प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगमा आएको छ । जनकपुरको विश्वकर्मा चोक स्थित कटैया चौरीबाट वि.स. २०६० असोज १ गते पांच जना युवालाई सुरक्षाकर्मीले पक्राउ गरे लगतै हत्या गरी धनुषा जिल्लाको गोदार गाविसको कमला नदी किनारमा गाडेका थिए ।
राष्टिूय मानव अधिकार आयोगमा पिडीत परिबारहरुले दिएको उजुरीको आधारमा २०६७ भदौ २१ गते देखि शव गाडिएको भनी आशंका गरिएको तल्लो गोदार गाविसको वडा नम्वर ३ स्थित कमला नदीको किनारमा वैज्ञानिक विधिरुारा मानव अवशेष खोज्दा प्रथम चरणमा ४ जनाको अवशेष फेला परको थियो । फेला परेको मानव कंकाल मध्ये ३ वटा पूर्ण थियो । टाउको देखि पैतालासम्मका कंकाल थियो भने एउटाको टाउको क्षतविक्षत रहेको अवस्थामा थियो । तर शरिरको अन्य भागको कंकाल भने थियो ।
फेला परेका सबै कंकालहरुलाइ विशेषज्ञहरुबाट उत्खन्न गरी मानव कंकाल र हत्या गरिएको अन्य केहि प्रमाणहरु फेला परेको थियो । कंकालसँगै केहि गोली र गोलीका खोकाहरु समेत फेला परेको थियो ।
आशंका गरिएको स्थानमा वैज्ञानिक विधिद्वारा टूेन्च बनाई उत्खनन गर्दा २०६७ भदौ २३ मा पहिलो, २४ मा दोस्रो, २५ मा तेस्रो र भदौ ३१ मा चौथो कंकाल फेला परेको थियो ।
राष्टिूय मानव अधिकार आयोगका सचिव वेद भटट्राईले जनाए अनुसार उत्खन्न पछि प्राप्त कंकालहरुलाई वैज्ञानिक परीक्षणका लागि फिनल्याण्ड फरेन्सिक विश्व विद्यालयमा पठाइएको थियो । तीन वर्ष अघि पठाइएको सो अवशेषहरुको परीक्षणको प्रतिवेदन प्राप्त भएको सचिव भटट्राईले जनाए ।
दोस्रो चरणमा उत्खन्नका क्रममा प्राप्त मानव अवशेषका परीक्षण परिणाम प्राप्त नभएको कारण तत्काल परीक्षण परिणाम सार्वजनिक गर्नमा व्यवहारिक समस्या रहेको पनि उनले जनाए ।
जनकपुर नगरपालिका वडा नम्वर १० का संजीव कुमार कर्ण र दुर्गेस लाभ, वडा नम्वर ४ का जीतेन्द्र झा, कुर्था गाविस वडा नम्वर १ का प्रमोद नारायण मण्डल र दुहवी गाविस वडा नम्वर ७ का शैलेन्द्र यादवलाई पक्राउ गरी वेपत्ता पारी हत्या गर्दै कमला नदी किनारमा गाडेका थिए ।
पीडित परिवारहरुले आयोगमा उजुरी दिएपछि आयोगबाट भएको अनुसन्धानबाट सुरक्षाकर्मीले गैरन्यायीक हत्या गरेको ठहर गरी वि.स. २०६४ माघ १५ गते दोषीलाई कारवाही गर्न र पडितका परिवारलाई क्षतिपुर्ति प्रदान गर्न नेपाल सरकारलाई सिफारिस समेत गरेको थियो । आयोगको अनुसन्धान टोलीको प्रतिवेदनको आधारमा तत्कालीन आयोगका सदस्य गौरी प्रधानको संयोजकत्वमा विशेषज्ञ समेत १८ सदस्यीय टोलीद्वारा उत्खन्न गरिएको थियो ।
टोलीमा फिनल्याण्डका फरेन्सिक विशेषज्ञ, जर्मन विकास संस्था, पुरातत्व विभाग, महाराजगंज फरेन्सिक मेडिसिन विभाग, राष्टिूय फरेन्सिक प्रयोगशालाका विशेषज्ञ, मानव अधिकारका पूर्व सदस्य तथा नागरिक समाजका प्रतिनिधि, राष्टूसंघीय मानव अधिकार उच्चायुक्तको नेपाल स्थित कार्यालयका प्रतिनिधिको रोहबर उक्त उत्खन्न कार्य गरिएको थियो ।
पाच मध्ये चार अवशेष फेला परेपनि बांकी रहेको अर्को अवशेषको खोजी ६ महिना पछि फागुनमा गर्दा फेला परेको थियो । प्राप्त अवशेषहरुलाई यथास्थितिमा निकाली प्याक गरी शिलबन्दी समेत लगाइएको थियो ।
मानव अवशेषहरुको पहिचानका लागि फिनल्याण्ड फरेन्सिक विश्व विद्यालयबाट गरिएको वैज्ञानिक परीक्षणको प्राप्त प्रतिबेदन र नेपालका विशेषज्ञहरुबाट प्राप्त परिणामको विश्लेषण तथा अनुसन्धान गरी सार्वजनिक गरिने सचिव भट्टराईले जनाए ।
उक्त हत्याको मुख्य जिम्मेबार मानिएका तत्कालिन धनुषा जिल्ला प्रहरी प्रमुख कुबेरसिंह राना प्रहरी महानिरीक्षक पदबाट समेत अवकास प्राप्त गरिसकेकाछन । उनलाई महानिरीक्षक बनाउन नहुने भन्दै बिभिन्न अधिकारकर्मी संघसंस्थाहरुले बिरोध समेत गरेका थिए ।

चीनको हेलोनजियाङ प्रान्तको हारबिन इलाकामा अहिले आइस एण्ड स्नो फेस्टिबल मनाउने तयारी भइरहेको छ । यो महोत्सवको विषेशता भनेको बरफले बनेका सुन्दर भवनहरु हुन्, जुन आलिसान भवनहरु जस्तै अग्ला र सुन्दर देखिन्छ ।
अहिले यस्ता भवनहरु बनाउने क्रम चलिरहेको छ । बर्फका घरहरुलाई रंगबिरंगी लाइटको मदतले सजाइन्छ । यस्ता भवनहरु बनाउन १० हजार मजदुर दिनरात काममा खटिएका छन् । बरफका घरहरुलाई चम्काउन पोलिसको प्रयोगसमेत गरिन्छ ।
यी अलिशान घरहरु बनाउन शोंगहुआ नदीबाट बरफ ल्याइन्छ । नदीबाट ठूला-ठूला बरफका टुक्रा निकालेर घर बनाउन लगिन्छ । अधिकांश मजदुरहरुको प्रयागस २ सय ५० किलो वजनको बरफ निकाल्न हुन्छ ।
बीबीसीका अनुसार घर बनाउन करिव १ लाख ८० हजार वर्ग मिटर ठोस बरफ प्रयोग गरिन्छ, जब कि १ लाख ५० हजार वर्गमिटर हिउँको प्रयोग हुन्छ । यो उत्सव ५ जनवरीमा सुरु हुन्छ । नयाँ वर्षको पहिलो साता मनाइने यो उत्सव ३० औं संस्करण हो ।
आज गुरुङ जातिहरूले नयाँ वर्ष अर्थात् तमू ल्होछार पर्व देशभरी धुमधामका साथ मनार्इरहेका छन् । ल्होछारका अवसरमा राजधानीको टुँडिखेलमा विविध सांस्कृतिक कार्यक्रम गरिएको छ । ल्होछारको अवसरमा सरकारले आज सरकारले सार्वजनिक विदा दिएको छ ।
टुँडिखेलमा यसरी मनार्इयो ल्होछार
यसैवीच राजधानीको टुँडिखेलमा तमू ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रममा वसन्तरपुरबाट शुरु भएको झाँकी टुँडिखेलमा पसेर सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो ।

ल्होसारको अवसरमा शुभकामना दिंदै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपालमा रहेको सांस्कृतिक विविधताले राष्ट्र र राष्ट्रियतालार्इ मजवुत बनाउन सहयोग गरेको बताउनुभएको छ ।
यसैवीच राजधानीको टुँडिखेलमा तमू ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रममा वसन्तरपुरबाट शुरु भएको झाँकी टुँडिखेलमा पसेर सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो ।
सद्भावना पार्टीले पार्टी अध्यक्ष राजेन्द्र महतोको श्रीमतीसहित ५ जना समानुपातिक सभासदको नाम सिफारिस गरेको छ ।
सद्भावनाले निर्वाचन आयोगमा बुझाएको सूचीमा महतो पत्नी सहिलदेवी महतोसहित सहअध्यक्ष लक्ष्मणलाल कर्ण, उद्योगी विमल केडिया, नरसिंह चौधरी र मधुरी रानी साह छन् ।
सद्भावनाले समानुपातिक सभासद छान्ने जिम्मा अध्यक्ष महतोलाई नै दिएको थियो । सद्भावानका उम्मेदवार प्रत्यक्षमा धनुषा ४ बाट संजय साहले मात्र जितेको थियो भने समानुपातिकमा ५ सिट पाएको थियो ।
यस्तै फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सरिता यादवलाई समानुपातिक सभासदमा सिफारिस गर्नु भएको छ भने संघीय सद्भवनाका अनिल झाले पत्नी डिम्पलकुमारी झालाई सिफारिस गर्नु भएको छ । फोरम गणतान्त्रिक र संघीय सद्भावनाले एक-एक सिट जितेका छन् ।लामो रस्साकस्सीपछि नेपाली काँग्रेसले समानुपातिक तर्फ पाएको ९१ जना सभासदको टुंगो लगायो । र त्यही अनुरूप निर्वाचन आयोगमा समानुपातिक सभासदको सूचीपनि बुझायो । तर सर्वसम्मतिले भने केन्द्रीय समितिमार्फत निर्णय गराउन सकेन । शुरू देखि नै पार्टी सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर देउवाले ६० र ४० प्रतिशतका अधारमा सभासदको भागबण्डा गर्नु भएको थियो । त्यसमा अन्तिम समयमा उपसभापति रामचन्द्र पौडेलले असहमति जनाउँदै भागवन्डा गर्ने भए आफूलार्इ पनि ३३ प्रतिशत दिनु पर्ने वताउनु भएको थियो ।
अन्तिम समयमा सभापति कोइरालाले उपसभापति रामचन्द्रलार्इ मनाएपछि संस्थापन पक्ष र देउवा पक्षवीच ६० र ४० कै अनुपातमा सभासद बाँडफाँड गरियो र अन्तिम सूची तयार पारेर केन्द्रीय समितिको वैठक मार्फत अनुमोदन पनि गराइयो । तर संसदीय बोर्डले ल्याएको सूची भने सर्वसम्मतिवाट पास हुन सकेन र त्यसको टुंगो बहुमतीय प्रक्रियावाटै लगाइयो । केन्द्रीय समितिको वैठकको सुरूमै प्रमुख तीन नेता सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले बोल्नु भयो । उहाँहरू तीनै जनाले स्वरमा स्वर मिलाएर भन्नुभयो- हामीले सवैलार्इ न्याय गर्न सक्दैनौँ र सकेनौँ । सकेसम्म सवैलार्इ मिलाएर सूची तयार पारेका छौँ भन्दै ताली बजाउन भनियो । तर त्यही समयमा केन्द्रीय सदस्य नेता गगन थापाले शीर्ष तीन नेताको भनार्इलार्इ प्रतिवाद गर्दै भन्नुभयो-यो हामीलार्इ स्वीकार्य छैन । थापाले तीन शीर्ष नेताले मात्रै गरेको निर्णय मान्य नहुने भन्दै त्यसको विरोध गर्नु भयो । थापाले बैठकमा भन्नुभयो, यो पार्टीले गरेको निर्णय होइन । पार्टीभित्रको गुट उपगुटले गरेको निर्णय हो । हामीलार्इ अमान्य छ । ‘
‘तीन नेताले भागवन्डाका आधारमा तयार पारेको अन्तिम सूचीलार्इ पार्टीको निर्णय भन्नु नाटक सिवाय केही हुन सक्दैन, थापाको भनार्इ थियो ।थापाले यस्तो भनेपछि तीन शीर्ष नेताहरू नाजवाफ भए र एकोहोरो सुनिमात्रै रहे । त्यहि क्रममै उपसभापति पौडेल वैठक कक्षवाट बाहिरिनु भयो । थापाले निर्णयको विरोध गर्दै गर्दा उहाँप्रति समर्थन जनाउँदै बैठक कक्षमा तालि पनि बज्यो केही छिन् । नेता थापाले गुटभित्रका झगडामात्रै मिलाएर कसैले आफ्ना स्वास्नी त कसैले आफ्ना नजिकका आफन्तलार्इ सभासद बनाएको भन्दै कडा आपत्ति जनाउनु भयो र नोट अफ डिसेन्ट लेख्नु भयो । त्यसपछि बोल्नु भयो नेता चन्द्र भण्डारी । भण्डारीले पनि शीर्ष तीन नेताले अराजनीतिक चरित्र देखाएको भन्दै आक्रोश पोख्नु भयो र फेरि वैठक कक्षमा केही ताली बज्न थाल्यो । भण्डारीले पार्टीका लागि त्याग र बलिदानी गरेका नेताहरुलाई पाखा लगाएर तीन ठूला नेताले भागवण्डा गरेर सभासद बाँडेकोमा कडा आपत्ति जनाउनु भयो । ‘सभापति, उपसभापति र बरिष्ठ नेता देउवाले सभासद छनोटमा अराजनीतिक चरित्र देखाए । यो राजनीतिक निर्णय होइन यसलार्इ व्यक्तिवादी निर्णय भन्नुपर्दछ । ।’
अनलाइनखबरदसंग कुराकानी गर्दै नेता भण्डारीले भन्नुभयो, ‘ तीन ठूला नेताका कारण दलित, जनजाति, महिला, लगायत सुरेन्द्र पाण्डे जस्ता राम्रा नेता पनि पाखा लाग्नुपरेको छ । , ठूला नेताका आसेपासे र नातालाई सभासद बनाएर योगदान गरेका कार्यकर्तालाई सभासद बनाइनु सरासर अन्याय हो ।’ पछि बोलेका अर्जुनप्रसाद जोशी, आमोद उपाध्याय, दीपकुमार उपाध्याय, राजन पन्त, बाबुराम राना, सुरेन्द्र पाण्डे, मीना सुब्बा, रमेश रिजाल, जीवनबाहादुर शाही र अजय चौरसियाले पनि सभासद छनोटको निर्णयप्रति आपत्ति जनाउनु भो । तर समानुपातिकतर्फवाट सभासद बनेका ३० केन्द्रीय सदस्यसहित अन्य नेताहरूले सभानुपातिकको अन्तिम सूचीको समर्थन गरेपछि १२ केन्द्रीय सदस्यको विरोधका वावजुद संसदीय बोर्डले तयार पारेको समानुपातिक सभासदको सूचीलार्इ अनुमोदन गर्यो र निर्वाचन आयोगमा बुझाउन मूख्यसचिव चीनकाजी श्रेष्ठ र सहसचिव प्रकाश शर्मा हतार हतारमा त्यसतर्फ लागे । केन्द्रीय समितिको वैठक भने जारी नै थियो अन्य केन्द्रीय सदस्यहरूले बोल्नेक्रम चलिरह्यो ।
एकैछिनमा पार्टी कार्यालय सानेपा परिसरमा पत्रकारहरूसंग कुराकानी गर्दै प्रवक्ता दिलेन्द्र बडुले केही केन्द्रीय सदस्यको विरोधका वावजुद सर्वसम्मतिवाट समानुपातिक सभासद छनोट गरिएको वताउनुभयो । उहाँले भन्नुभयो-’सवैलार्इ मिलाएर सभासद छनोट गरिएको छ । सवैलार्इ न्याय हुने गरी सभासद चयन गरिएको हो ।’ उहाँले पार्टीले सर्वसम्मतिवाट समानुपातिक सभासदको चयन गरिएको जानकारी दिँदै ९१ जना सभासदकै सूची पढेर सुनाउनु भयो । र त्यहाँवाट बाहिरिनु भयो ।
तर निर्णय सार्वजनिक नहुँदासम्म पत्रकारका नजिक आएर निर्णयवारे पटक पटक जान्न र सुन्न इच्छुक केही समानुपातिक उम्मेदवारहरू निर्णय बाहिर आएपछि केही सभासद भएकोमा वधार्इ साट्नमा व्यस्त बने भने केही पार्टीले आफ्नो मुल्यांकन नगरेको भन्दै नेताहरूप्रति आक्रोशित हुँदै रून र नारावाजी गर्न थाले । केहीले भने नेताकै गाडिको बाटो छेक्न थाले । अन्ततः सवै नेताहरू एकपछि अर्को गर्दै बाहिरिएपछि छनोट नभएका समानुपातिक उम्मेदवारहरू अब पार्टीमा बस्नुको कुनै अर्थ नरहेको भन्दै बाहिरिए ।
निर्णयविरूद्ध गगन थापासहित १२ जनाको नोट अफ डिसेन्ट
सभासद छनौट प्रकृयामा असहमति जनाउँदै कांग्रेसका १२ जना केन्द्रीय सदस्यहरुले नोटअफ डिसेन्ट लेखेका छन् । ठूला नेताले आफ्ना मान्छेलाई प्राथमिकता दिएको भन्दै उनीहरुले निर्णयपुस्तिकामा नोटअफ डिसेन्ट लेखेका हुन् । नोटअफ डिसेन्ट लेख्नने केन्द्रीय सदस्यहरूमा गगन थापा, अर्जुनप्रसाद जोशी, चन्द्र भण्डारी, आमोद उपाध्याय, दीपकुमार उपाध्याय, राजन पन्त, बाबुराम राना, सुरेन्द्र पाण्डे, मीना सुब्बा, रमेश रिजाल, जीवनबाहादुर शाही र अजय चौरसिया हुनुहुन्छ ।
अन्य तीन जना केन्द्रीय सदस्यहरू एनपी साउद, शंकर भण्डारी र पुष्पा भुसालले भने सुरूमा नोट अफ डिसेन्टमा हस्ताक्षर गर्ने वताएपनि अन्तिम समयमा हस्ताक्षर नगरी फर्कनु भएको स्रोतले जनाएको छ । तर कांग्रेसले विवादकाबीच समानुपातिकका ९१ जना सभासदहरुको सूची सोमबारै निर्वाचन आयोगमा बुझाएको छ ।
कांग्रेसले लोप्पा खुवायो रामेश्वर खनाललाई
बरिष्ठ पत्रकार थाङ्नामा सुते, पत्नीदेखि जेठी सासूसम्म छानिए
समानुपातिक तर्फको सभासदहरुको नाम दोस्रो ठूला दल नेकपा एमालेले सार्वजनिक गरेको ३६ घण्टा बढी बितिसक्दापनि अन्य ठूला दल र तराई केन्द्रित दलहरुले नाम सार्वजनिक गर्न सकेको छैन ।सोमबार अपरान्ह सम्म दलहरुले समानुपातिक सभासदहरुको नाम निर्वाचन आयोगमा बुझाउनु पर्ने
छ ।
नेपाली का“ग्रेस संसदीय बोर्डको बैठक अबेर राती सम्म जारी रहेकोले निर्णय सार्वजनिक हुन सकेको छैन ।एमाओवादीले पनि सोमबार सभासदहरुको नाम आइतबार अबेर राती सम्म बाहिर ल्याएन ।त्यसैगरि तराई केन्द्रित दलहरुलेपनि नामलाई गोप्य नै राखेका छन ।
आधिकारीक पुष्टि नगरिएपनि राष्ट्रिय मधेश समाजवादी पार्टीले पाएको तीन समानुपातिक सिटमा महोत्तरीका युवा राजनीतिकर्मी धर्मेन्द्र साह, आफ्नै निकटवर्ती निर्जला राउत र धनुषाका अर्का युवा राजनीतिकर्मी बनेका दिनेश साहलाई सभासद बनाउने निर्णय अध्यक्ष शरतसिंह भण्डारीले गरेकाछन ।
सदभावना पार्टीबाट धनुषाका युवा राजनीतिकर्मी एवं उक्त पार्टीका केन्द्रिय सदस्य रामबिनोद यादव सभासद हुने निश्चित छ ।समानुपातिक तर्फ सदभावनाले पाएको पा“च मध्ये धनुषाको हकमा एकमात्र निर्वाचित सभासद सञ्जय साहले निर्णय गरेको पार्टी उच्च स्रोतले जनाएकाछन ।
तमलोपा निकट स्रोतका अनुसार पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता सर्बेन्द्रनाथ शुक्लाले अबेर राती सम्म सभासदको नाममा छलफल गरेपनि निर्णय सार्वजनिक गरेको छैन ।
स्रोतहरुका अनुसार मधेशी जनअधिकार फोरम नेपाल र फोरम लोकतान्त्रिकको नामपनि सार्वजनिक भएको छैन ।
दुबै दलको बैठक अबेर सम्म जारी रहेको बताइएकोछ ।तर ती दुबै दलले धनुषाबाट प्रतिनिधित्व गराउने संभावना कमै रहेकोछ ।

नेपाली कांग्रेसले मंसिर ४ मा भएको दोस्रो संविधान सभाको निर्वाचनवाट समानुपातिकतर्फ पाएको ९१ जना सभासदको सूची बुझाएको छ । सोमबार संसदीय बोर्डले तयार पारेको सभासदको सूचीलाई पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको वैठकबाट बहुमतका आधारमा अनुमोदन भएपछि काँग्रेसका मूख्यसचिव चीनकाजी श्रेष्ठ र सहसचिव प्रकाश शर्मा निर्वाचन आयोग पुगेर समानुपातिक सभासदको अन्तिम सूची बुझाएका हुन्। कांग्रेसले समानुपातिक सूचीमा रहेका ३४ केन्द्रीय सदस्य मध्ये ३० जनालार्इ सभासद बनाएको छ भने चार केन्द्रीय सदस्य भने अटाउन सकेनन् । समानुपातिक सभासदमा नपर्नेहरुमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, बाबुराम राना, मीना सुब्बा र राजनकुमार पन्त रहनु भएको छ ।
समानुपातिक सभासदको सूचीमा पर्नेहरूमा कोषध्यक्ष चित्रलेखा यादव, पूर्वमहामन्त्रीहरू गोपालमान श्रेष्ठ र कुलबहादुर गुरुङ रहनु भएको । यस्तै लीला कोइराला, दिलबहादुर घर्ती, नरेन्द्रबिक्रम नेम्वाङ, प्रदीप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्रप्रसाद रिजाल, डा.प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, मनमोहन भट्टराई, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, सूर्यमान गुरुङ, कमला पन्त, अम्बिका बस्नेत, धनराज गुरुङ, महेन्द्र यादव, रत्न शेरचन, मिनबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सिता गुरुङ, कविताकुमारी सरदार, मिनाक्षी झा, सुजाता परियार र कुमारी लक्ष्मी राई पनि सभासद हुनु हुने भएको छ ।
त्यसैगरी रञ्जित कर्ण,चिनकाजी श्रेष्ठ, तारिनीदत चटौत, धु्रव वाग्ले, सरिता प्रसाईं, अनिता देवकोटा, मिठु मल्ल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा, कांग्रेस नेता खुमबहादुर खड्का पत्नी शिला खड्का, बादसाह कुर्मी, दीपशिखा शर्मा ढकाल, आशा विक, लक्ष्मीदेवी चौधरी, हरेसप्रसाद यादव र डिल्लीबहादुर चौधरीलाई कांग्रेसले समानुपातिक सभासद बनाएको छ ।
त्यसैगरी समानुपातिकबाट सभासद बन्ने अन्य भाग्यमानीहरूमा जगदशीनरसिंह केसी, अशोक कोइराला, रामचन्द्र पोखरेल, बलदेव बोहोरा, भरतबहादुर खड्का, अमियकुमार यादव, मैकुलाल बाल्मिकी, प्यारेलाल राना र शान्तिदेवी चौधरी रहेका छन् । सभासदको सूचीमा पत्रकार धर्मेन्द्र झा भने अटाउन सकेनन् ।
काँग्रेसका ९१ सभासदको सूची हेर्नुस् :
Widowed Parvati lives a poor lifestyle with one son and three daughters (Vijay, Shardha, Sujata, and Sangeeta respectively). After she passes away, Vijay takes it upon himself to look after his sisters until they became old enough to take care of the house while he works as a mechanic. Now after attaining adulthood Vijay gets Shardha married to Inspector Arun; while Sujata gets married to Advocate Gopal; and Sangeeta gets to marry her boyfriend. The sisters would like to get Vijay married, and when they find out that he is in love with Radha, all of them are overjoyed. But their joy turns to shock and disbelief when Arun arrests Vijay for raping his sister, Mohini. When he is brought before Chief Justice Saraswati Manohar Rai, Vijay accepts his guilt, leaving one to question as to why Vijay carried out this heinous crime on Arun's sister, and what was the motive behind his actions.
Crime is at its highest stage in a small locality all because of a small-time goon who calls himself Krishna and his pal, the big built and arrogant, Raja. Commissioner Kapoor is in charge of nabbing both goons but to no avail, frustrated of the goons he decides to summon, stern and strict police inspector Amar Kapoor. Amar does manage to arrest Krishna, but found out that Krishna is his brother and Raja is fighting a corrupt society for the brutal murder and rape of his sweetheart, Neelam and her family. The three men now join forces to destroy the evil Velji Patel and his gang.
-
Category
-
Starring:
-
Directed by:
-
Produced by:
-
Written by:
Zor is a Bollywood film released in 1997. Zor was produced by Vivek Kumar and directed by Sangeeth Sivan with Cast Sunny Deol, Sushmita Sen, Om Puri, Anupam Kher.
-
Category
-
Starring:
-
Directed by:
-
Produced by:
-
Written by:
Published on Jan 19, 2012
Vijay (Harish) and Sunny (Sunil Shetty) are two friends, who are very close to each other. They study together in college and even fall in love with the same girl, Priya (Sonali Bendre). Sunny is rich and influential, and likes to control and dominate. Vijay comes from a poor family. Sunny wants to control the college scene using Vijay as a puppet, which does not work to Sunny's satisfaction. As a result, Sunny's dad (Mohan Joshi), who owns part of the college, steps in, to assert his and Sunny's position, as well as put pressure on the college authorities, and as well on the other hand, attempts to teach Vijay a lesson for betraying Sunny. But Sunny wants revenge in his own way, and he does so diabolically, by being even more friendly and close to his Vijay and his family. Will Sunny succeed?
-
Category
-
Starring:
-
Directed by:
-
Produced by:
-
Written by:
About Nepal2bides.Com
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
Nepal2bides.Com is a pioneer in online journalism in Nepal.
Our newsroom is completely focused on digital reporting, with the aim to bring you “news from Nepal and foreign as it happens”. Check us for the latest on politics, business, society, sports and other sectors from Nepal. We also offer in-depth reporting and analysis on current issues in the country. Our team is dedicated to keep you updated, using the strengths of an online news platform.
In addition to our original content, Nepl2bides.com hosts a number of live FM stations, TV channels, Youtube Video and local publications. We hope to expand your access to media in Nepal with this effort.
We understand that as an online news portal, we have the opportunity to directly interact with our audience. We encourage you to give us feedback and connect with us on social media.
Join us as we explore possibilities in digital reporting and storytelling to keep you informed on all you want to know about Nepal.
Meet the team
C.E.O: Anish Kumar
Editorial Team: Aashis Magar, Ayush Rai, Amir Thapa, Jayman Syangba, Durga, Yadu Basnet, Prashant and Bhuwan Khadka
Web Team: Prem Thakur, Dhiraj Pandey, Abishek sigh, and Prince Sah
Video Editors: Ajay Sah and Prabin Gole
Photojournalist: Manish Kumar
Tarazu (1997) bollywood movie
Police Inspector Ram Yadav (Akshay Kumar) is a honest, handsome, and incorruptible young man. He lives with his sister-in-law, Shakuntala (Shashi Sharma), and elder brother, Raj (Anil Dhawan). A lovely yet petty thief, Pooja (Sonali Bendre) admires Ram so much that she moves in to his house in the guise of a maid-servant, and eventually claims that she is to bear his child. Ram, unable to handle this, agrees to marry her. His duties and investigation lead him to suspect the renowed and influential Appa Rao (Amrish Puri). Appa Rao is engraged at Ram, and watches and waits for an opportunity to strike back at him. Janardan (Mohnish Behl), Appa Rao's spoiled and way-ward son, initially attempts to pick up a college-girl, when she refuses and humiliates him publicly, he retaliates by setting her on fire in broad daylight, in front of several college students. No one is bold enough to stop Janardan, nor even attempt to save the girl. When Ram finds out, he immediately arrests Janardan and holds him in custody. This engrages Appa Rao even more, and he schemes against Ram, a plot so devilish that will turn Ram's ordered life, his faith in the justice, and law of the country, upside down...
Friend watch superhit action movie akshay kumar and sanjay dutt. please subscribe to watch more movie.
वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारलाई थप करिब ८ हजार रुपैयाँको आर्थिक भार बढ्ने भएको छ । भिसाका लागि मलेसिया दूतावाससम्म पुग्न ३ तहमा दलाल एजेन्सी खडा गरिने भएपछि उनीहरूको कमिसनबापत नेपाली कामदारको थाप्लोमा आर्थिक भार थपिने भएको हो ।
मलेसिया दूतावासले कात्तिक १५ देखि मलेसिया भीएलएन नामक दलाल एजेन्सी खडा गरिसकेको छ । बेस्टिनेट एसडीएन बीएचडी र 'फोसा' नामक दुई दलाल एजेन्सी खडा हुने क्रममा छन् । भीएलएनले कात्तिक १५ देखि प्रतिकामदार ३ हजार २ सय रुपैयाँ असुल्दै आएको छ ।
व्यावसायिक स्रोतका अनुसार बेस्टिनेटले प्रतिकामदार १ हजार ५ सय रुपैयाँ र फोसाले ३ हजार २ सय रुपैयाँ गरी अतिरिक्त ७ हजार ९ सय रुपैयाँ असुल्ने छन् । भीएलएन खडा गरिनुअघि मलेसिया जाने हरेक कामदारले भिसा शुल्कबापत ७ सय र स्वास्थ्य परीक्षण शुल्कबापत २ हजार ६ सय २५ रुपैयाँ गरी ३ हजार ३ सय २५ रुपैयाँमात्र तिर्थे । यसमा ३ तहका दलाल एजेन्सीको कमिसन जोड्दा हरेक कामदारले अब ११ हजार २ सय २५ रुपैयाँ तिर्नुपर्नेछ ।
व्यवसायीहरूका अनुसार मलेसिया जाने कामदारको राहदानी संकलन गर्न नेपालस्थित मलेसिया दूतावासले मलेसिया भीएलएन नेपालजस्तै 'फोसा' नामको अर्को दलाल एजेन्सी खडा गर्दैछ । त्यसले नेपाली कामदारको राहदानी संकलन गरेबापत ३ हजार २ सय रुपैयाँ लिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भनाइ छ । फोसा, भीएलएन र बेस्टिनेटको कमिसन जोड्दा उक्त पत्रिकाले जनाएजस्तै मलेसिया जाने हरेक नेपाली कामदारले ११ हजार २ सय २५ रुपैयाँ तिर्नुपर्छ ।
मलेसियाको द स्टार नामक सबैभन्दा बढी बिक्ने ट्याब्लोइडले पनि यो तथ्य पुष्टि गरेको छ । उक्त पत्रिकाले नेपालस्थित मलेसियाली दूतावासका एक जना प्रवक्ताको हवाला दिँदै निकट भविष्यमा मलेसिया जाने नेपाली कामदारले स्वास्थ्य परीक्षण खर्चसहित ११ हजार २ सय २५ रुपैयाँ बुझाउनुपर्ने जनाएको छ । उक्त पत्रिकाको बुधबार १२ औं पृष्ठमा 'नेपालीज स्टेज प्रोटेस्ट एट एम्बेसी ओबर भिसा फी हाइक' समाचारमा उल्लेख छ । तर त्यसमा प्रवक्ताको नाम उल्लेख छैन ।
नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत फाल्दी अदिलाहले भिसा शुल्क बढाएर ३ हजार ९ सय रुपैयाँ पुर्याएको कान्तिपुरलाई बताएका थिए । तर उक्त पत्रिकाले दूतावासका ती प्रवक्ताको हवाला दिँदै भिसा शुल्क मलेसियाको गृह मन्त्रालयले 'प्रोसिसिङ फी' बापत बढाएको उल्लेख गरेको छ । मलेसिया भीएलएन नेपाल र दूतावासले भिसा शुल्क ७ सय र प्रोसिसिङ फी ३ हजार २ सय भएको भिसा तथा बिल जारी गर्दै आएका छन् । यसअघि प्रोसेसिङ फीबापत छुट्टै रकम तिर्नु पर्दैन थियो ।
द स्टारले स्वास्थ्य परीक्षण शुल्कबापत थप १ हजार ५ सय रुपैयाँ बढेको पनि जनाएको छ । स्वास्थ्य परीक्षण शुल्क बढाइनुको कारण उक्त पत्रिकामा उल्लेख छैन । तर यो बायोमेडिकल प्रणाली लागू गर्न मलेसियाले नियुक्त गरेको कम्पनी बेस्टिनेट एसडीएन बीएचडीले पाउने भनिएको कमिसन बराबरको रकम हो । स्वास्थ्य परीक्षण शुल्कमा कार्टेलिङ गर्दै आएको नेपाल स्वास्थ्य व्यवसायी महासंघले भने स्वास्थ्य परीक्षण शुल्क नबढाइएको प्रस्ट पारेको छ । 'हामीले स्वास्थ्य परीक्षण शुल्क बढाएका छैनौं,' महासंघका अध्यक्ष प्रवीन तिवारीले भने, 'तत्काल वृद्धि हुने सम्भावना पनि छैन ।'
भीएलएनले कात्तिक १५ यता मलेसिया गएका करिब २६ हजार नेपाली कामदारबाट ३ हजार २ सय रुपैयाँका दरले करिब ८ करोड ३२ लाख रुपैयाँ असुलिसकेको छ ।

नेपाली फिल्म क्षेत्रकी पहिलो नम्बरकी नायिका रेखा थापा समाजसेवामा पनि सक्रिय हुन थालेकी छन् । शुक्रबार रेखा थापा फाउन्डेसनलाई औपचारिकता दिँदै नायिकाले चार राउटे बच्चाको अभिभावकत्व पनि ग्रहण गरेकी छन् । पाँचदेखि ६ वर्ष उमेरका तीन बालिका र एक बालकलाई फाउन्डेसनमार्फत् रेखाले स्वयम्भूस्थित आनन्दकुटी विद्यालयमा पढाउने चाँजो मिलाएकी छन् ।
'मेरा छोराछोरी हुन् । म यिनीहरूको अभिभावक हुँ,' रेखाले डडेलधुराबाट ती बच्चाहरू ल्याउन उनीहरूका आमाबुबालाई निकै सम्झाउनुपरेको बताइन् । फाउन्डेसनको सिलसिलामा सुर्खेत र डडेलधुराका राउटे बस्तीमा पुगेकी रेखाले त्यहाँ गरेका सहयोगबारेमा पनि कार्यक्रममा श्रव्यदृश्य देखाइएको थियो । 'आजसम्म तपाईंहरूले जे गर्नुभयो, अबको दिनमा यिनीहरूको पालनपोषण र शिक्षाको जिम्मेदारी मेरो भयो । आजदेखि मेरा छोराछोरी भए भनेकी छु' रेखाले बच्चाका आमाबाबुलाई दिएको वचन सम्भिmइन् । बच्चाहरूको बिहेबारी लगायत कार्यको जिम्मेवारीसमेत आफूले लिएको बताउँदै रेखाले थपिन्, 'उच्च शिक्षा पाइसकेपछि उनीहरू स्वतन्त्र हुनेछन् । मेरो उद्देश्यचाहिं उच्च शिक्षापछि उनीहरू त्यही बस्तीमा पुगेर अरूलाई कन्भिन्स गरून् ।' निर्माता छवि ओझासँग डिभोर्सपछि यतिबेला चाबहिलमा आमासँगै बस्दै आएकी रेखाका आफ्नै सन्तान भने छैनन् ।
रेखाले राउटे बच्चाहरू आफूले एडप्ट नगरेको टिप्पणी गरिन् । 'एडप्ट गर्या होइन मैले । उनीहरूको अभिभावक हो म । दिदी भनून् वा आमा भनून्, उनीहरूको कुरा हो ।' कार्यक्रममा देखाइएको श्रव्यदृश्यमा बच्चाहरूलाई रेखा स्वयंले नुहाईदिएको समेत देखिन्थ्यो । यसरी स्याहार गरिदिँदा आमा बनेको अनुभव गरेको बताएकी रेखाले बच्चाहरूलाई भने यतिबेला आफूसँग नभई बोर्डस् राखेर पढाएकी छन् । किन त ?
'उनीहरू साना छन् । मेरो साथमा राखेरभन्दा बिहानदेखि बेलुकासम्म टिचरको साथमा बसेर, साथीभाइसँग घुलमिल भएर छिटो संस्कार सिक्छन् । मसँग राख्दा पर्याप्त शिक्षा र सुसार नपाउलान् । बरु दुई/चार वर्षपछि भने मसँग राख्छु ।' उनले रहर, इच्छा एकदमै हुँदाहुँदै पनि एक्लो अभिभावकले मात्रै नपुग्ने जिकिर गर्दै भनिन्, 'जन्म दिने आमाबाट त उनीहरूले सिक्नुपर्ने जति सिकिसकेका छन्, अब गुरुबाट सिक्ने हो ।' गैरनाफामुलक संस्थाका रूपमा विकास गरिएको रेखा फाउन्डेसनले बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्र र उत्पीडित महिला र द्वन्द्वपीडितको क्षेत्रमा पनि सक्रिय रहने जनाएको छ ।
राउटे बस्तीमा पुगेर खाद्यान्न समेत बाँडेकी रेखाले शुक्रबार वैदेशिक रोजगारको सिलसिलामा कतारमा ज्यान गुमाएका गणेश विकका अभिभावकलाई ५० हजार रुपैयाँ सहयोग पनि गरेकी थिइन् । फिल्म क्षेत्रमा १२ वर्षदेखि क्रियाशील नायिका रेखाले फाउन्डेसन चलाउन यतिबेला आफ्नै पकेटबाट जोहो गरिरहेको बताइन् ।

काठमाडौंबाट दोलखा सोरुङखोलातर्फ छुटेको यात्रुबाहक बस शनिबार दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना ११ जना घाइते भएका छन् । दोलखाको सुनखानी गाविस वडा नं. ८ स्थित अल्छेढुङ्गामा अरनिको यातायात सेवा समितिको बा २ ख ३०५१ नम्बरको बस सडकबाट करिब सय मिटर तल खस्दा खोपाचागु गाविस वडा नं. ७ का करिब २१ वर्षीय जोक्ते भनिने मोहनबहादुर विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा घाइते मार्वुका छिरी शेर्पाले कन्डक्टरले बस चलाएकाले दुर्घटना भएको दाबी गरेका छन् । 'चालकले गाह्रो भो भनेपछि कन्डक्टरले चलाएको केही बेरमै घुम्ती काट्न नसकेर बस खस्यो,' चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचारार्थ उनले भने ।
दुर्घटनामा मार्वुका डेढ वर्षीय हेमन्त गुरुङ, उनकी आमा अस्मिता, च्यामाका यादव फुयाल, लादुकका कल्याणी खत्री, खोपाचागुका महेन्द्र बुढाथोकी, गोपाल बुढाथोकी र आलम्पुका रुपबहादुर थामी, काभ्रेका पदमबहादुर दाहालसहित ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको काभ्रेको धुलिखेल र बाँकीको स्थानीय सदरमुकामको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते दोलखा मार्बुकी अस्मिता गुरुङ र उनकी डेढ वर्षीय छोरा हेमन्त उपचारार्थ च्छोरोल्पा अस्पतालमा । तस्बिरः राजेन्द्र मानन्धर/ईकान्तिपुर

केही दिन यता बिग्रिएको मौसमका कारण लगातार तेश्रो दिन पनि जनकपुरको हवाई सेवा प्रभावित भएको छ । यसअघि बिहीबार र शुक्रबार पनि हुस्सुका कारण हवाई सेवा प्रभावित भएको थियो । शनिबार बिहानदेखि बिग्रिएको मौसममा दिउसोसम्म पनि सुधार नआएपछि शनिबारको लागि तोकिएको बुध एअरको दुई र यती एअरलाइन्सको एक उडान रद्ध गरिएको थियो । जनकपुर नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार शनिबार बिहान ५० मीटर भिजिविलिटी रहेको थियो भने दिउसो आठ सय मीटरको हाराहारीमा थियो । बढदो जाडोका कारण धनुषा जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । शुक्रबारको तुलनामा भने शनिबार मौसममा सामान्य सुधार आएको जल तथा मौसम विज्ञान विभाग जनकपुर फिल्ड कार्यालयले जनाएको छ ।
संबिधान सभामा धनुषाबाट हाल सम्म ११ जना सभासद भएकाछन ।बिभिन्न दलकागरि प्रत्यक्ष तर्फबाट ७ जना सभासद चुनिएका छन ।समानुपातिक तर्फ हाल सम्म एमालेले ३ र राप्रपाले १ गरी चार जनालाई सभासद बनाएकाछन ।
धनुषाबाट एक मात्र स्थान प्रत्यक्ष तर्फ जितेको एमालेले समानुपातिक तर्फ ३ जनालाई चयन गरेकोछ ।त्यसैगरि राप्रपालेपनि एकजनाको नाम समानुपातिक सभासदमा चयन गरेकोछ ।राप्रपाले लक्ष्मी थापा पासमानलाई मधेशी महिला कोटाबाट सभासद बनाएकोछ ।नेपाली का“ग्रेस,एमाओवादी, तमलोपा, सदभावना, फोरम लोकतान्त्रिक, फोरम नेपाल लगायतका दलहरुले समानुपातिक तर्फको सभासद चयन गर्न बा“की छ ।स्रोतहरुका अनुसार तमलोपाले धनुषाबाट डा.विजय कुमार सिंह र महिला नेतृ इन्द्रा झालाई सभासद बनाउने निश्चित छ ।
नेपाली का“ग्रेसबाट धनुषामा सर्बाधिक समानुपातिक सभासद पर्ने संभावना रहेकोछ ।एमाओवादीलेपनि दुईजनालाई बनाउने संभावना रहेकोछ ।फोरम नेपाल र फोरम लोकतान्त्रिकले धनुषाबाट सभासद बनाउने संभावना कमै रहेको बताइन्छ ।सदभावनाले निर्णय गरिसकेको बताइएपनि नाम सार्वजनिक गरिसकेको छैन ।स्रोतहरुका अनुसार नेका“बाट निश्चित भइसकेका नामहरुमा स्मृतिनारायण चौधरी ,महेन्द्र यादव, लिला कोइराला र आनन्दप्रसाद ढुंगाना छन ।अन्य नामपनि समावेश हुने बताइएको छ ,तर उनीहरुको टु·ो लागिसकेको छैन ।
गत संबिधान सभा चुनावमा धनुषाबाट ७ प्रत्यक्ष सहित २२ जना सभासद थिए ।त्यस मध्ये डा.रामवरण यादव राष्ट्रपति बनेपछि उनको स्थानमा भएको उपचुनावबाट रघुबीर महासेठ निर्वाचित भएका थिए ।एमाओवादी छाडेपछि मातृका यादव सभासदबाट हटाइएका थिए ।उनको स्थानमा एमाओवादीबाटै फरमुद नदाफ चुनिएका थिए ।

आफ्नो मत व्यक्त गर्नुहोस्
लगातार बढ्दै गएको चिसाका कारण तराईका विभिन्न जिल्लामा शनिबार तीन जनाको मृत्यु भएको छ । महोत्तरी, सप्तरी र रौतटमा जाडोका कारण कठ्यांग्रिएर एक–एक जनाको मृत्यु भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नं ४ बस्ने ५५ वर्षीया तेतरीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जलेश्वरको सलहेश मन्दिरको छेउमा लामो समयदेखि एउटा सानो झुपडीमा बस्दै आएकी साहको न्यानो लुगाफाटा र ओढ्ने ओछ्याउने वस्तुको अभावमा मृत्यु भएको मृतकका छोरा बलराम साहले बताए ।
शुक्रबार बेलुका अचानक कठ्याङ्ग्रिएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र उनको शनिबार दिउसो उपचारकै क्रममा मृत्यु भएको हो ।
यस्तै, चिसोका कारण शनिबार बिहान एक जनाको मृत्यु भएको छ भने मर्नेको सङ्ख्या दुई पुगेको छ ।
बिहान हुस्सुसँगै चलेको चिसो हावाका कारण अत्यधिक चिसो लागी गम्हरिया विर्ता गाविस–१ निवासी लक्षु पण्डितको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । अन्दाजी ६० वर्षका पण्डितको मृत्यु हुनाका मुख्य कारण चिसो भएको बताइएको छ । बिहीबार राति करिब २ बजेको समयमा चन्द्रनिगाहपुर गाविस–६ निवासी अन्दाजी ८० वर्षीया लक्ष्मीनिया कुर्मीको मृत्यु भएको थियो ।
विगत एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरीको नकटी रायपुर गाविसमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नकटी रायपुर गाविस–८ निवासी ६५ वर्षीय रघुनाथी यादव छन् । अत्यधिक जाडोका कारण गत बिहीबार राति यादवको घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीय नर्मदेव यादवले जानकारी दिनुभयो ।
गत मङ्सिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जादा जिल्लाको जनजीवन प्रभावित भएको छ भने अधिकांश केटाकेटी र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
चिसोका कारण बिरामी परेका दैनिक करिब २० देखि २५ सम्म उपचारका लागि आउने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा शैलेश झा बताउनुहुन्छ । उहँ भन्नुहुन्छ, “दैनिक बिरामीको सङ्ख्या बढ्दै गएपछि बेडको अभावमा भूइँमा राखेर पनि उपचार गरिरहेका छौ ।”
यता पछिल्ला पाच दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या ह्वात्रै घटेको छ ।
दिनभरी घाम नलागेपछि सदरमुकाम राजविराजसहित ग्रामीण भेगका विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेको शिक्षकहरु बताउछन् ।
चिसोका कारण बिहान यात्रुको सङ्ख्यामा कमी आएपछि सगरमाथा बस व्यवसायी संघले शनिबारदेखि जिल्लाबाट सञ्चालन हुने केही यातायातका साधनको सङ्ख्यामा कटौती गर्नुका साथै समयतालिकासमेत हेरफेर गरेको जनाएको छ ।
यसैबीच चिसो बढेपछि स्थानीय प्रशासनले सप्तरी सदरमुकाम राजविराजका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
सर्वसाधारणको बढी चहलपहल हुने रुपनी बस बिसौनी, मिनीमार्केट, गजेन्द्र चोक, जनआन्दोलन चोक, अस्पताल प्राङ्गणमा आगो ताप्न दाउरा उपलब्ध गराएको सप्तरीका प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी
दिनुभयो ।
अत्यधिक जाडोका कारण बर्सेनि आफन्त गुमाउदै आएका सप्तरीको नेगडा गाविस–७ निवासी रतिलाल मरिक (डुम)को परिवारलाज्ञई विभिन्न व्यक्तिले सहयोग प्रदान गरेका छन् ।
विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि मरिक परिवारलाई विभिन्न व्यक्तिले लत्ताकपडा र आर्थिक सहयोग प्रदान गरेका हुन् ।
काठमाडौ महानगरपालिका–२२ खिचापोखरी निवासी समाजसेवी तथा उद्योगी अशोककुमार अग्रवालले पीडित परिवारका लागि राहत सामग्री उपलब्ध गराउनुभएको छ ।
लाइफ इन्स्योरेन्स कम्पनी नेपालको समन्वयमा अग्रवालले करिब रु ३० हजार मूल्यबराबरको ज्याकेट, टूाउजर, सुइटर, टोपी, गन्जी र हाइनेकलगायतका जाडोका कपडा उपलब्ध गराउनुभएको छ ।
एलआइसी नेपाल लहानका शाखा प्रबन्धक त्रिलोकी दास र नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर दासले संयुक्तरुपमा मरिक परिवारलाई घरमै पुगेर उक्त राहत सामग्री प्रदान गर्नुभयो ।
यस्तै राजविराज नगरपालिका–५ घर भई काठमाडौमा बस्दै आउनुभएका सागरमणि दाहाल र उहाका साथीहरुले पठाएको रु चार हजार १०० नगदसमेत उपाध्यक्ष यादवले रतिलाल मरिककी पत्नी भोला देवीलाई प्रदान गर्नुभयो ।
विगत चार वर्षयता जाडोका कारण रतिलालले आफ्ना, छोरा, बुहारी र नातिलाई गुमाइसक्नुभएको छ ।

Enjoy and stay connected with us!!
Song : Tohra Mein Bahute Umang Raja Ji
Movie : Lalkarta Lehanga
Star cast : Pinky Singh
Singer : Pinky Singh
Music Director : Sonu Anand
Lyricst : Munna Baba
Music Label : T-Series
Song : Sun La Bedardi Baalam
Movie : Bheema
Star cast : Mayank Mehra, kalpana Shah & others
Singer : Rekha Rao
Music Director : Prashant Singh
Lyricst : Amitabh Ranjan
Music Label : T-Series
Enjoy and stay connected with us!!
Song : Barsta Badra Rimjhim
Movie : Birjua Thelawala
Star cast : Rajkumar Srivastava, Divya Pushkar, Priti Singhaniya, Vinod Raja, Others
Singer : Khushboo Uttam
Music Director : Praveen Soni
Lyricst : Vinay Bihari
Music Label : T-Series
Enjoy and stay connected with us!!
Song : Maarbaiya Sabke Oriya Naajra
Movie : Naag Nagin
Star cast : Upasana Singh
Singer : Indu Sonali
Music Director : Dhananjay Mishra
Lyricst : Vinay Bihari
Music Label : T-Series
Enjoy and stay connected with us!!
Song : Hamra Choliya Mein
Movie : Dilwa Laagal Ba Devar Se
Star cast : Dheeraj, Rashi, Sunil Singh, Sunil Singh, Munna Singh, Naina Tanish, Kajal, Neha, Switi, Sanjna
Singer : Khushboo Singh
Music Director : Ranjay Bawla
Lyricst : Manoj Mohit
Music Label : T-Series
Song : Kachdeni Katni
Movie : Bhaiya Hamaar Dayawan
Star cast : Manoj Tiwari, Rinku Ghosh, Monalisa, Pakhi Hegde, others
Singer : Kalpana
Music Director : Rajesh-Rajnish
Lyricst : Pyare Lal Yadav
Music Label : T-Series
Song : Tap Tap Jobana
Movie : Prem Pujaran
Star cast : Mahesh Raja, Kalpana Shah, Others
Singer : Udit Narayan
Music Director : Sanjeev Rana
Lyricst : Raqim Gazipuri
Music Label : T-Series
Song : Rakhvaar Banja Hamri Jawani Ke
Movie : Prem Pujaran
Star cast : Mahesh Raja, Kalpana Shah, Others
Singer : Rekha Rao
Music Director : Sanjeev Rana
Lyricst : Vinay Bihari
Music Label : T-Series
Song : Khiya Ke Paan Jarda
Movie : Prem Pujaran
Star cast : Mahesh Raja, Kalpana Shah, Others
Singer : Kalpana
Music Director : Sanjeev Rana
Lyricst : Vinay Bihari
Music Label : T-Series
Song : Kamar Rajadhani
Movie : Mard No 1
Star cast : Manoj Tiwari, Sayara Bhanu, Manoj Tiger, Vikash Singh, Others
Singer : Manoj Tiwari Mridul, Khushboo Jain
Music Director : Rajesh, Rajnish
Lyricst : Prabhunath
Music Label : T-Series
Song : Chalal Na Jaala
Movie : Ranbhoomi
Star cast : Manoj Tiwari, Dinesh Lal Yadav, Sweety Chhabra, Urvashi Chaudhary
Music Director : Dhananjya Mishra
Lyricst : Vinay Bihari
Music Label : T-Series
Song: Murga Bole Legal Ho
Movie: Ek Aur Kurukshetra
Singer: Pawan Singh
Music Director: Madhukar Anand
Music Label : T-Series
Song : Ae Daroga Babu
Movie : International Daroga
Star cast : Shatrughan Sinha, Manoj Tiwari, Sikender, Sheeba, Shradha Sharma, Laila Nabeel, Swati Verma, Jagdeep, Shakti Singh, Sheela Sharma, Dilip Sinha, Ali Khan, Somesh Agarwal, Hari Saran, Rakesh Kumar, Shakti Kapoor
Singer : Poornima
Music Director : Natraaj
Lyricst : Vinay Bihari
Music Label : T-Series
Song : Rajaji Tani Raat Hokhe Da
Singer : Dineshlal Yadav "Nirahua", Indu Sonali
Movie : Biwi No.1
Cast : Dineshlal Yadav "Nirahua", Monalisha, Apurva Bit, Seema Singh etc.
Director : Ajit Srivastava
Producer : Dinesh Agrawal, Sunil Jain, Sushil Jain
Lyrics : Pyarelal Yadav
Music : Rajesh - Rajnish
Music on : SRK MUSIC
Song : Bhale Upar Jhapar Maaza-Mauli
Movie : Bhojpuriya Don
Star cast : Manoj Tiwari, Monalisa, Urvashi Chaudhary, Swati Verma, Others
Singer : Mauli
Music Director : Rajesh Gupta
Lyricst : Vipin Bahar
Music Label : T-Series
उचित उपचार नपाएर दैनिकजसो निमुखा जनताले ज्यान गुमाएका समाचार आइरहेका बेला सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटको ठूलो हिस्सा पहुँचवालाले खोलेका सामुदायिक र निजी अस्पतालमा अपारदर्शी रूपमा खर्च हुँदै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हरेक वर्ष आधा अर्ब रुपैयाँभन्दा बढी बिनाअनुगमन बाँड्ने गरिएको छ।
राजनीतिक पहुँच र व्यक्तिगत सम्पर्कका आधारमा सबैभन्दा बढी आठ करोड र सबैभन्दा कम दुई लाख रुपैयाँसम्म वितरण भएको छ। यो रकम जिल्ला तहमा खुलेका सामुदायिक स्वास्थ्य संस्थादेखि ठूला राजनीतिज्ञका नाममा स्थापित प्रतिष्ठानसम्मले लिएका छन्।
भवन निर्माण, स्वास्थ्य जनचेतना विस्तार, उपकरण खरिद, नि:शुल्क औषधि वितरण र अस्पतालको दैनिक प्रशासन सञ्चालनका लागि रकम दिइएको मन्त्रालयको अभिलेखमा छ।
सस्तो शुल्कमा सेवा दिने गरी समुदायको पहलमा खुलेका यस्ता संस्थाले बिरामीबाट लिन पाउने सेवा शुल्कबारे भने मापदण्ड तोकिएको छैन। नागरिकलाई सस्तो शुल्कमा सेवा दिने भन्दै खुलेका यस्ता संस्थाले सरकारबाट विभिन्न शीर्षकमा रकम लिने गरे पनि त्यो सदुपयोग भएको छ कि छैन भन्ने विषयमा मन्त्रालय बेखबर छ।
मन्त्रालयका सचिव प्रवीण मिश्रले यसरी रकम वितरणमा निश्चित मापदण्ड नहुँदा समस्या बढेको बताए। उनले भने, ‘कस्तो संस्थालाई रकम दिने र कस्तोलाई नदिने भन्ने मापदण्ड छैन। विगतको परम्पराअनुसार रकम दिने गरिएको छ।’ रकम लैजाने संस्थाले मन्त्रालयमा सामान्य प्रतिवेदन बुझाउने गरे पनि स्वास्थ्य संस्था रहेको स्थानमै गएर अनुगमन हुन सकेको छैन। अनुगमन नहुँदा स्वास्थ्य संस्था सञ्चालकहरूले सामान्य विवरणकै आधारमा पटकपटक रकम लिने गरेका छन्।
पहुँचवाला अस्पतालले लगे करोडौं
काभ्रेस्थित धुलिखेल अस्पतालले गत वर्ष स्वास्थय मन्त्रालयबाट अनुदानका रुपमा आठ करोड रुपैयाँ लगेको छ भने काठमाडौंको ठमेलस्थित मनमोहन सामुदायिक अस्पतालले पाँच करोड रुपैयाँ लगेको छ। काठमाडौं विश्वविद्यालयको स्वामित्वमा रहेको धुलिखेल अस्पताललाई सामुदायबाट सञ्चालन भएर सस्तो शुल्कमा सेवा दिने नमुना अस्पतालका रुपमा लिइए पनि मनमोहन अस्पतालले लिने सेवाशुल्क निजीको भन्दा कम छैन। स्वास्थ्य सेवा सहकारी संस्थाबाट सञ्चालित उक्त अस्पतालको अध्यक्षमा एमाले नेता राजेन्द्रप्रसाद पाण्डे छन्।
कांग्रेसका पुराना नेताको नाममा खुलेको महेन्द्रनारायण निधी मेमोरियल अस्पताल, बीपी नेत्र अध्ययन प्रतिष्ठान, जनस्वास्थ्य सरोकार ट्रष्ट र नेपालगञ्ज क्यान्सर अस्पतालले पाँच करोडका दरले रकम लगेका छन्। कांग्रेसकै पूर्वसभापति गिरिजाप्रसाद कोइरालाका नाममा खुलेको जीपी कोइराला श्वास प्रश्वास केन्द्रले एक करोड, नेपाल अर्वुद रोग निवारण संस्था भक्तपुरले एक करोड र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले ९३ लाख रुपैयाँ लगेका छन्।
सुष्मा मेमोरियल ट्रष्ट, नेपाल रेडक्रस सोसाइटी काठमाडौं, बीपी स्मृति अस्पताल, सेतीगंगा सामुदायिक अस्पताल र स्पाइनल ईन्जुरी रिहाविलेसन सेन्टरले ५० लाख रुपैयाँका दरले लिएका छन्। राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले ४० लाख, नेपाल हृदयरोग निवारण प्रतिष्ठान (हार्ट फाउण्डेसन) ले ३० लाख र कोशीपूर्व सामुदायिक अस्पताल, नागरिक कम्युनिटी अस्पताल तथा सहिद स्मृति सामुदायिक अस्पताल पोखराले २०-२० लाख रुपैयाँ लगेका छन्।
नेपाल चिकित्सक संघले समेत १५ लाख रुपैयाँ लगेको छ। त्यस्तै अपांग बाल अस्पताल, मष्तिष्क पक्षघात स्वाबलम्बन समूह र नेत्रज्योति संघ धनकुटा शाखाले १५-१५ लाख रुपैयाँ लगेका छन्। आँधीखोला विकास तथा वातावरण स्वच्छ समूह स्याङजा र पारिजात स्मृति अस्पतालले १०-१० लाख लगेका छन्। त्यस्तै महोत्तरीस्थित ग्रामीण विकास जनचेतनाले ७ लाख लगेको छ।
मन्त्रालयबाट पाँच लाख रुपैयाँ लिने संस्थामा आयुर्वेद चिकित्सक परिषद्, सप्तरीस्थित कुलानन्द झा स्मृति प्रतिष्ठान, धादिङस्थित सामुदायिक राजमार्ग अस्पताल, पशुपति आर्यघाट अस्पताल र सञ्जीवनी सेवा संघ वीर अस्पताल छन्।
छैन अनुगमन
अनुदान रकम लैजाने संस्थाले अनुदान माग्दा संस्था दर्ताको प्रमाणपत्र र विधान, कर चुक्ताको प्रमाणपत्र, लेखा परीक्षण तथा संस्थाको कामको प्रगति विवरण मात्र उपलब्ध गराउनुपर्ने प्रावधान तोकिएको छ। तर अनुदान माग गर्ने संस्थाहरुको भैतिक सुविधा निरीक्षण, उनीहरुले दिने सेवाको गुणस्तरियताको परीक्षण लगायतका विषयमा अनुगमन हुन सकेको छैन।
मन्त्रालयमा आर्थिक सहायता माग गर्न आएको संस्थाको विवरण अर्थ मन्त्रालयमा पठाउनुपर्ने र अर्थ मन्त्रालयले स्वीकृत गरेर पठाएपछि आफूहरुले दिनुपर्ने व्यवस्था रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ। ‘कतिपय संस्थाहरुले सिधै अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा निवेदन दिएर पनि रकम लैजाने गरेका छन्’ मन्त्रालयका अनुगमन शाखाका एक कर्मचारीले भने ‘दुर्गम भेगमा रहेको सरकारी अस्पतालले कर्मचारी र उपकरण अभाव भएर विरामी छटपटाउँदा पनि सहयोग पाउँदैनन्। यहाँ भने आफूलाई सहज पर्ने स्थानमा अस्पतालको नाममा एउटा भवन भाडामा लिएकै भरमा करोडौ रकम लिन नेताहरुको तछाडमछाड छ।’
थप १ सय ६४ द्वारा अनुदान माग
चालु आर्थिक वर्षको लागि मन्त्रालयमा १ सय ६४ वटा संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आर्थिक अनुदानको लागि निवेदन पेश गरेका छन्। यि संस्थाहरुले माग गरेको रकम जोड्दा २ अर्व ४२ करोड १० लाख १७ हजार हुन आउँछ। यो हिसाव २०७० असार मसान्तसम्ममा पेश गरेका निवेदनको मात्र हो। एकै संस्थाले दुई शिर्षकमा समेत रकम माग गरेका छन्।
दैनिक प्रशासन सञ्चालनदेखि भवन निर्माणसम्मको प्रयोजनको लागि उनीहरुले रकम माग गरेका छन्। अघिल्लो वर्ष रकम लिएका संस्थाहरुले यो वर्ष पनि अनुदान माग गरेका छन्। मन्त्रालयका अनुसार यसरी अनुदान माग गरेका निवेदनमाथि छलफल गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउनुपर्ने हुन्छ। अर्थ मन्त्रालयले स्वीकृत गरेपछि स्वास्थयले नै रकम उपलब्ध गराउॅँछ। अर्थले स्वीकृत गर्दा हुन आउने रकम स्वास्थ्यमा अपुग भएमा अर्थले नै थप गर्ने व्यवस्था रहेको अनुगमन शाखाका अधिकृत लिलाराज पौडेलले बताए।
नेकपा एमालेले संविधानसभामा जाने समानुपातिका तर्फका ८४ जना सभासदको टुंगो लगाएको छ । तीन दिनदेखि गोकर्ण रिसोर्टमा चलेको स्थायी समितिको बैठकले शुक्रबार साँझ समानुपातिकका सभासदको टुंगो लगाएको एमाले स्रोतले जानकारी दिएको छ । काठमाडौंको उत्तरी गोकर्ण रिर्सोट बसेको स्थायी समितिको आवासीय बैठकले समानुपातिक सभासदको टुंगो लगाएको हो । एमाले स्रोतले दिएको जानकारी अनुसार एमाले सचिव युवराज ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, स्थायी समितिका सदस्य भरतमोहन अधिकारी, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, तुलराज विष्ट र पशुपति चौलागाईंलाई समानुपातिकबाट सभासद बनाउने निर्णय भएको छ ।
एमाले केन्द्रीय सदस्य घनश्याम भुसालले समानुपातिकका सबै सभासदको टुंगो लागिसकेकाले शनिबारसम्ममा पार्टीको धारणा आउने जानकारी अनलाइनखबरलाई दिनुभयो । ‘समानुपातिकका सबै सभासदको टुंगो स्थायी कमिटिले शुक्रबार साँझ लगाएको छ’, भुसालले भन्नुभयो, ‘सभासदका लागि पार्टीभित्र अनावाश्यक किचलो हुने भएकाले आवासीयरुपमा स्थायी समितिको बैठक बसेर सभासदको चयन गरिएको हो ।’
बैठकले आदिवासी जनजातिहरुलाई पनि प्राथमिकतामा राख्दै समानुपातिकबाट सभासद बनाउने निर्णय गरेको छ । आदिवासी जनजातिबाट समानुपातिकमा सभासद हुनेहरुमा स्याङजाका गणेशमान गुरुङ, ललितपुरका सिद्दिलाल सिंह, धादिङका गंगाधर तुलाधर, काठमाडौंका विनोद श्रेष्ठ, तुलबहादुर गुरुङ, इच्छाराज तामाङ, राजधानी दैनिकका मालिक महेन्द्र शेरचन, बाग्लुङका नरबहादुर थापा मगर, रोल्पाका गोकुल घर्तीसहित रहनुभएको छ ।
दलित समुदायको प्रतिनिधित्व गर्दै चुडामणि जंगली, टेकु नेपाली, जीतु गौतम, ज्ञानु गैरे, अफिलाफ उखेडा, शारदा सुवर्णकार, शिवकुमारी गोतामे र भागवत विश्वासीलाई पनि सभासद बनाउने निर्णय एमालेले गरेको छ ।
त्यसैगरी मधेसीबाट रामचन्द्र साह, सत्यनारायण मण्डल, धर्मनाथ साह र कृपाराम रानासहितलाई पनि एमालेले सभासद बनाउने निर्णय गरेको छ । त्यसैगरी राजधानी दैनिकका मालिका महेन्द्र शेरचन र नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष शीतल झा पनि सभासद बन्ने हुनुभएको छ ।
स्थायी समितिको बैठकले एमाले केन्द्रीय सदस्य रहनुभएका सबै महिलाहरुलाई समानुपातिकबाट सभासद बनाउने निर्णय गरेको छ । सभासद हुनुभएका महिलाहरुमा उपाध्यक्ष विद्यादेवी भण्डारी, अष्टलक्ष्मी शाक्य, जयन्ती राई, कल्पना चापागाई, गरिमा साह, कमला सुवेदी, गौरी ओली, ममता गिरी, श्रीमाया थकाली, कमला महतो, रञ्जना सरकार र टुका हमाल रहनुभएको एमाले स्रोतको दावी छ । महिलाबाट सभासद बन्नुभएका अन्यमा शान्ता मानवी पनि रहनुभएको छ । त्यसैगरी विराटनगरकी उद्योगपती राज्यलक्ष्मी गोल्छा पनि समानुपातिक सभासद बन्नुभएको छ।
सबै महिला केन्द्रीय सदस्य र अन्य जिम्मेवारीमा रहेका महिलालाई सभासद बनाउँदा पनि एमालेबाट सभासद हुने महिलाहरुको संख्या भने ३३ प्रतिशत नपुग्ने भएको छ ।
बैठकले सबैको नामलाई अन्तिम रुप दिएपछि शनिबार निर्वाचन आयोगलाई सूची बुझाइने छ । शनिबार आयोगमा सो नामावली बुझाइएपछि मात्रै त्यसलाई सार्वजनिक गरिने एमाले स्रोतको दावी छ । स्थायी कमिटीले यसअघि सम्पन्न केन्द्रीय कमिटीले तय गरेको मापदण्डअनुसार समानुपातिक सदस्यका नामावली तय गरेको जनाइएको छ।
को को बञ्चित भए सभासद हुन ?
एमालेको समानुपातिक सभासदमा पार्टीका प्रभावशाली नेताहरु प्रदीप नेपाल, केशव बडाल, मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, खगराज अधिकारी, किरण गुरुङ, परशुराम मेघीगुरुङ, माधव पौडेल, बेदुराम भुसाल, भानुभक्त जैसी पर्न सक्नुभएन । अनेरास्ववियुका तीनजना पूर्वअध्यक्षहरू राजेन्द्र राई, रामकुमारी झाँक्री र ठाकुर गैरे तथा पूर्व सचिव रचना खड्काको नाम पनि सभासदको सूचिमा अटेन ।
समानुपातिकमा रहनुभएका नायक भूवन केसीलार्इ एमालेले पुनः हिस्सा बनाएको छ । काठमाडौं १ मा एमालेबाट प्रत्यक्षमा चुनाव लड्ने अन्तिम तयारीमा रहँदा टिकट खोसिएपछि उहाँलार्इ एमालेले समानुपातिकमा राखेको थियो । समानुपातिकमा परेपछि एमालेको चुनावी प्रचारमा खट्नुभएको केसी पुनः हिस्सिनुपरेको छ ।

मलेसियाली सरकारले आगामी वर्ष सन् २०१४ जनवरी १ देखि सबै कामदारका लागि न्यूनतम पारिश्रमिकसम्बन्धी नीति पूर्ण रूपमा लागू गर्ने भएको छ । स्थानीय र आप्रवासीसमेत गरी सबै कामदारका लागि गत २०१२ मा ल्याइएको यो नीति पूर्ण रूपमा लागू भएपछि यहाँ कार्यरत करिब ५ लाख नेपाली कामदारले आगामी जनवरीदेखि क्षेत्रगत आधारमा बढेको पारिश्रमिक पाउनेछन् । यो नीतिअनुसार पूर्वी क्षेत्र (साबाह, सरावक र फेडेरल टेरेटोरी अफ् लिबुवान) मा कार्यरत कामदारले ८ सय रिंगिट (२४ हजार ४ सय) र त्यसबाहेकका क्षेत्र -पश्चिमी मलेसिया/प्रायद्वीप मलेसिया) मा कार्यरत कामदारले न्यूनतम मासिक ९ सय रिंगिट (२७ हजार ५ सय) पारिश्रमिक पाउनेछन् । बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत छन् । पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ । सरकारले यो नीति घोषणा भएको झन्डै २ वर्षपछि सबै कामदार कार्यरत रोजगारदाता कम्पनीमा कडाइका साथ लागू गर्न लागेको हो । उसले नीति पूर्ण रूपमा लागू गर्न सबै रोजगारदाता कम्पनीहरूलाई यसअघि निर्देशन दिइसकेको छ ।
यसअघि ५ जनाभन्दा कम संख्यामा कामदार कार्यरत कम्पनीले अपि्रल १ सम्ममा र त्यसभन्दा बढी कामदार कार्यरत कम्पनीले डिसेम्बर अन्त्यसम्ममा छुट पाउन राष्ट्रि्रय पारिश्रमिक परामर्श परिषद् (नेसनल वेजेज कन्सल्टेसन काउन्सिल) मा आवेदन दिन पाउने प्रावधान थियो । स्रोतका अनुसार यसै वर्ष जनवरीदेखि पूर्ण रूपमा लागू गर्ने भनिएपछि विभिन्न रोजगारदाता कम्पनीहरूले ढिलोगरी लागू गर्न छुट दिन सरकारलाई पटकपटक आग्रह गरेपछि सरकारले नीतिमा संशोधन गरी ६ महिने परीक्षणकाल राखेको थियो । त्यस अवधिमा न्यूनतम पारिश्रमिक दरमा ३० प्रतिशतसम्म घटाई रोजगारदाताले कम्पनीलाई भुक्तानी गर्न सक्ने छुट दिइएको थियो । त्यसपछि विभिन्न ६ सय ३५ कम्पनीहरूले यही डिसेम्बरसम्म छुट पाएका थिए । जसका कारण यो नीति केही ठूला कम्पनीबाहेक अधिकांश कम्पनीहरूले हालसम्म पूर्ण रूपमा लागू गरेका छैनन् ।
मलेसियाली सरकारले गत २०१२ सेप्टेम्बर ६ मा उक्त आदेश कार्यान्वयनका लागि निर्देशिकासमेत जारी गरेको थियो । यद्यपि जुलाई २०१३ देखि साना कम्पनीलाई पनि लागू गर्ने भनिए पनि पछि सरकारले यही डिसेम्बरसम्म दिएको छुट अवधि सकिएकाले जनवरीदेखि कडाइका साथ लागू गर्ने सरकारी तयारी छ ।
'कामदारको गरिबीपन घटाउन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न यस नीतिले भूमिका खेल्नेछ,' मानव संसाधनमन्त्री दातो रिचार्ड रियोट जायमको भनाइ उद्धृत गर्दै समाचार एजेन्सी बर्नामाले लेखेको छ, 'आगामी वर्ष जनवरीदेखि यस नीतिको पूर्ण कार्यान्वयनले हाम्रो मुलुकको विकासमा मद्दत पुर्याउनेमा म विश्वस्त छु ।'
गत सन् २००९ को एक अध्ययनले मलेसियाको निजी क्षेत्रमा कार्यरतमध्ये ३३ दशमलव ८ प्रतिशत कामदारले मासिक ७ सय रिंगिटभन्दा कम कमाइ गर्ने गरेका छन् ।
त्यसैले न्यूनतम पारिश्रमिक नीति पूर्ण रूपमा लागू भएमा गरिबीदर घट्ने विश्वास मलेसियाको रहेको सरकारको यस नीतिबारेको एक वेभ पोर्टल (मिनिमम् वेजेज डट एमओएचआर डट जीओभी डट माई) मा उल्लेख गरिएको छ ।
अझै पनि धेरैजसो कम्पनीले विभिन्न शीर्षकमा कामदारको पारिश्रमिकबाटै रकम काट्ने गरेको भन्दै मलेसियाली टे्रड युनियन कंग्रेसले सरकार, रोजगारदाता र कामदार तीनै पक्ष सम्मिलित समितिहरू बनाई नीति पूर्ण लागू गर्न देशैभर रहेका ७२ म्यानपावर कार्यालयमा राख्नुपर्ने सुझाएको छ । त्यसो गरेमा सबै कम्पनीहरूमा लागू भए/नभएको अध्ययन गर्न सहज हुने युनियनको ठम्याइ छ ।
यो नीतिबाट लामो समयदेखि ५ सय ४६ रिंगिट न्यूनतम मासिक पारिश्रमिकमा काम गरिरहेका नेपालीसहित सबै आप्रवासी तथा स्थानीय कामदारसमेत लाभान्वित हुनेछन् । विश्व अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर साताव्यापी मनाइँदै गर्दा यता मलेसियामा कम पारिश्रमिकमा काम गरिरहेका नेपाली अब जनवरीको पर्खाइमा छन् । अधिकांश सरकारी नीतिअनुसारको पारिश्रमिक र सेवा सुविधा पाइनेमा उनीहरू आशारत रहेका छन् ।