२०७१ जेठ १५ गते १३:०८ मा प्रकाशित
१५ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन बोर्डको छवी जोगाउन सरोकारवाला पक्षहरुको पक्षको ध्यानाकर्षण गरेको छ । परिसंघले प्रेश विज्ञप्ती जारी गर्दै तत्काल विवाद सल्टाउन आग्रह गरेको हो ।
‘पर्यटन बोर्डमा आर्थिक कारोवार पारदर्शि नभएको भन्ने विषयमा उत्पन्न विवादको सम्बन्धमा परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा भनिाएको छ ।
मुलुकमा पर्यटन प्रवर्द्धन गर्ने मूख्य उद्देश्यबाट स्वायत्त निकायको रुपमा स्थापित पर्यटन बोर्डमा केही हप्तादेखि जारी विवादले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश नजाने र बोर्डको छविमा समेत प्रतिकूल असर पर्ने भन्दै परिसंघले पर्यटन व्यवसायी र सरकार दुबैलाई गम्भीर बन्न आग्रह गरेको छ । परिसंघले समस्याको समाधान सम्बादको माध्यमबाट तत्काल हुनुपर्ने बताएको छ ।
२०७१ जेठ १५ गते १६:०० मा प्रकाशित
१५ जेठ, काठमाडौं । विगतका वर्षहरुमा सरकारको आयोजना र पर्यटन व्यावसायीहरुको सक्रिय सहभागितामा मनाउँदै आएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस यस वर्ष व्यवसायीहरुले मात्र मनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले मे २९ तारिखमा सगरमाथा दिवस भव्य रुपमा मनाउँदै आएको थियो । यस पटक नेपाल पर्यटन बोर्डमा भएको आन्दोलनका कारण सरकारले सगरमाथा दिवस मनाएन । नेपालको पर्यटन इतिहासमा पहिलो पटक यस्तो घटना घटेको व्यवसायीहरुको दाबी छ ।
व्यवसायीहरुले भने सरकारको सहभागीताबीना आन्दोलनकै रुपमा सातौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएका छन् । पर्यटन क्षेत्रसँग सम्बद्ध संघ-संस्थाहरुद्धारा गठित संयुक्त पर्यटन समन्वय समितिले सगरमाथा दिवसको अवसरमा बिहीबार ठमेलदेखि भृकुटीमण्डपस्थित पर्यटन बोर्डको कार्यालयसम्म र्यालि निकाल्यो ।
र्यालीमा पर्यटन व्यवसायीहरु, पर्यटन विज्ञहरु एवं पर्यटन मजदुरहरुको बाक्लो उपस्थिती रहेको थियो । तीन हजारभन्दा बढी व्यवसायीहरु संयुक्त रुपमा विभिन्न नारा लेखिएका ब्यानरसहित र्यालीमा सहभागी भएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए । र्यालीपश्चात व्यवसायीहरुले पर्यटन बोर्डको प्राङ्गणमा भेला भई औपचारिक कार्यक्रम गरेका थिए ।
निजी तथा सरकारी साझेदारीको अवधारणामा स्थापित भएको बोर्डको हालको बनौट र यसको कृयाकलापको बारेमा विगतदेखि नै बहस हुने गरेपनि यहाँ हुने आर्थिक अनियमितता, भ्रष्टाचारको छानविन गरिनुपर्ने लगायतका मागहरु राखेर संयुक्त पर्यटन समन्वय समिति विगत ३० दिनदेखि आन्दोलत रहेको छ । आफ्ना श्रृखलाबद्ध आन्दोलनका कार्यक्रमहरु अनुसार समितिले बोर्डको प्रांगणमा २४ घण्टे धर्ना र रिले अनसन गर्दै आएको छ । आन्दोलन कै कार्यक्रम अनुरुप जेटीसीसी संग सम्बद्ध सबै संघसंस्था र व्यवसायीहरुले बोर्डका अध्यक्ष समेत रहेका पर्यटन सचिवको सार्वजनिक बहिस्कार समेत गर्दै आएका छन् ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा सन् १९५३ मा सगरमाथाको प्रथम पटक सफल आरोहण गर्न सफल ब्रिटिस एक्सपीडिसन्स टिममा सहयोगी मजुरका रुपमा गएका कान्छा शेर्पा रहेका थिए । कान्छा शेर्पा एडमण्ड हिलारी र तेन्जीङ नोर्गे शेर्पाले सगरमाथाको पहिलो सफल आरोहण गरेको टोलीका एक मात्र जिवित व्यक्ति हुन् ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघले सेभेन समिट महिला टिमलाई सात लाख नगद सहित सम्मान गरेको छ भने माउण्ट के २ आरोहण टोलीलाई ६ लाख नगदसहित सम्मान गरेको छ । विगतका बर्षहरुमा सगरमाथा आरोहीहरुलाई सम्मान गरिने गरिएको भएता पनि यस बर्ष सबै सगरमाथा आरोहण कार्यक्रमहरु रद्द गरिएका छन् ।
प्रमुख अतिथि शेर्पाले कार्यक्रममा उपस्थितहरुलाई सम्बोधन गर्दै नेपालमा हालसम्म पनि पर्वतारोहीहरुको भविष्य सुनिश्चित हुने अवस्था नरहेको गुनासो गरेका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम पटक आरोहण भएको दिन सन् १९५३ मे २९ लाई सम्झना गर्दै अन्तराष्ट्रिय सगरमाथा दिवश मनाइदै अएको छ ।
२०७१ जेठ १५ गते १३:०० मा प्रकाशित
प्रकाश खालिङ
विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा मानव जातिले पहिलो पटक पाइला राखेको छ दशक पूरा भइसकेको छ । यस अन्तरालमा हजारौं स्वदेशी तथा विदेशी आरोहीहरुले सगरमाथाको सफल आरोहण गरेर विभिन्न किसिमका कीतिर्मानी राखेका छन् । सन् १९५३ मा आरोहीद्वय नेपाली नागरिक तेन्जिङनोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक सर एड्मन्ड हिलरीले एकसाथ सगरमाथाको चुचुरो चुमेयता करिब ५ हजार जनाले सगरमाथाको आरोहण गरिसकेको तथ्याङक छ । यो संख्या अझै तीब्र गतिमा बढोत्तरी भइरहेको छ । यो ६ दशकको अन्तरालमा सगरमाथाले थुप्रै इतिहास रच्यो । जसलाई सकारात्मक र
नकारात्मक दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । पछिल्लो समय सगरमाथाको सकारात्मक पक्षभन्दा पनि नकारात्मक पक्षलाई बढी प्रचारमा आउन थालेको छ । समग्रमा भन्नुपर्दा विभिन्न कारणले गर्दा सगरमाथाले जुन रुपमा विश्व समुदायलाई आफूतिर ध्यानाकषिर्त गर्नुपर्ने थियो त्यो गर्न सकेन । पटकपटक मापदण्डविपरित विभिन्न गतिविधिहरु सञ्चालन गर्नुले पनि विश्वसमुदायको सगरमाथाप्रतिको आकर्षण घट्दो छ ।
सगरमाथाको नाममा कमाउ धन्दा गर्नेहरुको बिगबिगी बढेको छ भने व्यवसायीहरुले आफ्नो स्वार्थपूर्तिका निम्ति अवैधानिक क्रियाकलापहरु सञ्चालन गर्ने क्रम पनि दिन प्रतिदिन बृद्धि भइरहेकै छ । त्यत्ति मात्रै नभएर देशीविदेशी माफियाहरुले सगरमाथालाई सकेसम्म समाप्त पार्ने चलखेल जारी राखेका छन् । सगरमाथाको वास्तविक उचाईको विषयमा उत्पन्न भएको विवाद होस् या सगरमाथाको नाममा हुने विभिन्न कुकर्तुतहरु नै किन नहुन्, ती सबै देशभित्र र बाहिरका माफियाहरुको चलखेलकै उपज हुन् । राज्य संयन्त्र फितलो हुनुले गर्दा सर्वोच्च शिखर सगरमाथा पटक पटक विवादै आएको छ । पछिलो पटक सगरमाथाको वास्ताविक उचाईबारे सन् १८५६ देखि सुरु भएको बिबाद अझै साम्य पार्न सकएकिो छैन ।
चीन र अमेरिकाले सगरमाथाप्रति आँखा गाडेका कारण उचाई विवाद साम्प पार्न नसकिएको हो । हाल नेपालले सगरमाथाको वास्ताविक उचाई ८ हजार ८ सय ४८ मिटर -२९,०२८फीट) लाई मान्यता दिदै आएको छ । १९५५ मा भारतीय सर्वेक्षण टोलीले नापेको आधारमा सो उचाई कायम गरिएको थियो । तर, अमेरिकाले सन् १९९९ मा जिपिएस -ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिबाट सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ५० मिटर निर्धारण्ँ गरेको छ । यता, चिनले भने चट्टानी उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर र हिउसहितको उचाइ ८ हजार ८ सय ४८ मिटर भनेर दुईवटा मापदण्ड राख्न सकिने प्रस्ताव अघि सारेको छ ।
त्यसैगरि, सगरमाथाको ढुंंगाबाट घडी उद्योग खोलिएको, अवैध तरिकाबाट बग्रेल्ती क्यामराहरु जडान गरिएको, सगरमाथा सफाईको नाममा करोडौंको रकम अनियमितता हुने गरेको, अवास्तविक कीतिर्मानीहरुको बिगबिगी बढेको तथा सगरमाथामा विदशी आरोहीलाई कुटिएको जस्ता घटनाहरु अहिले पनि ताजै छन् । पछिल्लो समयमा जलवायु परिवर्तनको असरले गर्दा सगरमाथा खुइलिदै गएको वास्ताविकताहरु सार्वजनिक भइरहेका छन् । सगरमाथाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रत्यक्ष वा परोक्ष रुपले नकारात्मक सन्देशहरु प्रवाह भइरहेका छन् । यी यावत समस्याहरुको कारणले सर्वोच्च शिखर सगरमाथाको महत्व विस्तारै घट्दै गइरहेको छ । यो हाम्रा लागि दुर्भाग्य हो ।
संयोग भनौ, नेपाल सरकारले सगरमाथा हिरक महोत्सव मनाइरहेको बेला इतिहासमै सबैभन्दा भयानक हिमपहिरो गएको छ । डेढ दर्जन भन्दा बढिको ज्यान लिनेगरी गएको उक्त हिमपहिरो यसवर्षको संसारकै सबैभन्दा बढि चासो र चिन्ताको विषय बनिरहेको छ । हरेक वर्षको जेठ १५ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवश मनाउँदै आइएको छ । सन् १९५३ मे २९ तारिख -जेठ १५गते)का दिन पर्वतारोहीद्वय तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेको दिनको सम्झनामा सो दिवश मनाउँदै आइएको हो । यसैबीच सातौं अन्तर्राष्ट्रिय सगरमाथा दिवश मनाइयो । सो दिवशको अवसरमा राजधानीमा आयोजित विशेष समारोहमा सरकारको उपस्थिति सुन्य रहृयो ।
शुक्रबार नेपाल पर्यटन बोर्डको प्राङगनमा आयोजना गरिएको उक्त समारोहमा न पर्यटन बोर्डकै उपस्थिति थियो । यसले पर्यटन व्यवसायी, पर्यटन बोर्ड र सरकारबीच अहिले पानी बारावारको अवस्था छ भन्ने पुष्टि गरिदिएको छ । तथापी, यसलाई पनि संयोग नै मान्नुपर्छ । जबकी, अघिल्ला वर्षहरुमा अन्तर्राष्टिय सगरमाथा दिवशको अवसर पारेर नेपाल पर्यटन बोर्ड, नेपाल सरकार, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था तथा पर्यटन व्यवसायीहरुले सामुहिक रुपमा कार्यक्रम आयोजना गर्दै आएको थिए ।
पछिल्लो एक महिनायता पर्यटन व्यवसायीहरु पर्यटनबोर्ड लक्षित निरन्तर आन्दोलनमा छन् । बोर्ड बन्द भएको पनि धेरै भइसक्यो । तर त्यसको सुनुवाई गर्नुभन्दा पनि एकले अर्कोलाई लडाउने खेलमात्रै भइरहेको छ । प्रत्यक समय आपसी आरोपप्रत्यारोप र कटाक्षमै वित्ने गर्दछ अचेल । तथापी, देशको राजनीतिक भाषणबाजीमा लाम लाग्ने मिडियाहरु पनि अहिले पर्यटन क्षेत्रको नकारात्मक समाचार सम्प्रेसनमा देखिन्छन् ।
सगरमाथाको आधार शिविरमा हिमपहिरो गएपछि आरोहण सहयोगी शेर्पाहरुले विभिन्न माग राख्दै यस वर्षलाई कालो वर्षको रुपमा घोषणा गरेका छन् । जसको प्रभावले नेपालप्रतिको दृष्टिकोण अन्तर्राष्ट्रिय बजारमा तिब्र रुपमा फैलिरहेको छ । तर, त्यसप्रति न राज्यले चासो दिएको छ न त अन्य कुनै निकायले नै । नेपालको पर्यटन सगरमाथासँग प्रत्यक्ष वा परोक्ष रुपमा जोडिएको छ । सगरमाथाकै कारण नेपाललाई संसारले चिनिरहेको छ भने अहिले पर्यटनलाई देशको आर्थिक मेरुदण्ड सम्म भन्ने अवस्थामा पुगिएको छ । तर, पर्यटन व्यवसायी तथा सम्बद्ध निकायहरुबीच सगरमाथाको संरक्षण, संवर्द्धनका निम्ति एकमत भएर अगाडि बढ्न नसक्नु भन्दा विडम्बनापूर्ण कुरा अरु के हुन सक्छ ? पर्यटन व्यवसायीहरुले आन्दोलन नरोकेसम्म वार्ता नगर्ने घोषणा गरेका पर्यटन मन्त्रीले आन्दोलन दबाउनकै लागि अन्तर्राष्ट्रिय सगरमाथा दिवशजस्तो कार्यक्रम सञ्चालनमा नेतृत्व दिन नसकेको देखिन्छ ।
करोडौंको बजेट बनाएर कार्यक्रम बनाएपनि सोचेअनुरुपको बजेट विनियोजन नभएपछि बेवास्तिएको सगरमाथा हिरक महोत्सव सुस्ताएको छ । सगरमाथाको यो ६१औं वर्षगाठसम्म आइपुग्दा झण्डै ५ हजार स्वदेशी तथा विदेशीले विभिन्न कीर्तिमान कायम गरिसकेका छन् भने यो क्रम तीब्र रुपमा बढिरहेको छ । तथ्याङकअनुसार औसतमा वाषिर्क ३ सय जनाले सगरमाथाको आरोहण गरेर फरक फरक कीर्तिमानहरु कायम भइरहेका छन् । तर राज्यले परमिट दिनेबाहेक सगरमाथाको लागि अरु काम गर्न सकेको छैन । सगरमाथा क्षेत्रमा दिन प्रतिदिन बढिरहेको चापबाट उत्पन्न हुन सक्ने नकारात्मक पक्षमा खासै ध्यान दिएको पाइदैन । देशको पर्यटनमा केही सुधार आइरहेको बेला सगरमाथामा गएको हिमपहिरोको विषय अहिले सर्वाधिक चर्चामा छ ।
हिमाल आरोहणका लागि अति उपयूक्त मौसम मानिने बसन्त ऋतुको सुरूवाती समयमै सगरमाथाको आधार शिविरमा भयानक हिमपहिरो गएपछि त्यसले संसारलाई नै तरंगित बनाइदिएको छ । घटनाका पीडितहरुले यस वर्षलाई कालो वर्षको रुपमा घोषणा गर्दै सगरमाथा नचढ्ने उद्घोष गरेका छन् । यसले विश्व बजारमा नेपालप्रतिको दृष्टिकोण एकदमै नकारात्मक हुँदै गएको छ । जसले गर्दा यहाँको देशको समग्र पर्यटन उद्योगमा दीर्घकालिन रुपमा नकारात्मक प्रभाव पार्ने सम्भावना प्रवल छ । यसतर्फ ध्यान दिइनुपर्ने टड्कारो आवश्यकता भइसकेको छ ।
घटनाका श्रृंखला
गत बैशाख ५ मा सगरमाथाको आधार शिविरमा भयानक हिमपहिरो गयो । उक्त दुखःत दुर्घटनामा परि १३ जना होनाहार शेर्पाहरुले ज्यान गुमाएका छन् भने तीन जना अझै बेपत्ता छन् । हिमपहिरोमा परि सालुखुम्बुस्थित नाँम्चे ४ का मिग्मा नुरू शेर्पा, नाँम्चेका ९ दोर्जी शेर्पा, नाँम्चे ७ का आङछिरिङ शेर्पा, नाम्चे ९ निमा शेर्पा, खुम्जुङ ९ फुर्वा अङगेल शेर्पा, खुम्जुङ २ लाक्पा तेन्जिङ शेर्पा, खुम्जुङ २ का छिरिङ वाङचु शेर्पा, ताप्लेजुङका दोर्जी खत्री, खुम्जुङ ७ का तेनदोर्जे शेर्पा, याफु ९ का पुर तेम्वा शेर्पा, मकालु ९ का आङकाजी शेर्पा, जुभिङ ५ का पासाङकर्मा शेर्पा, सोताङ ९का आशमान तामाङको मृत्यु भएको थियो । त्यस्तै नाम्चे ९ का तेन्जिङ छोटार शेर्पा, छेस्काम २ का पेमतेन्जी शेर्पा, लाप्राक ७ का आशाबहादुर गुरूङ अझै बेपत्ता छन् ।
सगरमाथामा हिमपहिरो गएको र हिमपहिरोबाट आरोहीले ज्यान गुमाएको यो नै पहिलो घटना भने होइन । हिलारी र तेन्जिङग नोर्गे शेर्पाले सगरमाथाको शिखर चुमेयता सगरमाथामा धेरैले मृत्युवरण गरिसकेका छन् । सबैभन्दा पहिले सन् १९२२ को जुन ७ का दिन ७ जनाको मृत्यु भएको थियो । बि्रटिस एक्सपिडीसन् दलमा सहभागि ती सबै भारतीय नागरिक भएको सोलुखुम्बुको फेरुचेमा निर्मित सगरमाथा पार्कमा अंकित छ । त्यस्तै, आरोहणकै क्रममा भारतीय नागरिकहरु नोर्बु, लाक्पा, पासाङ, पेमा, साङगे, दोर्जे र तेम्बा मृत्यु भएका छन् । उनीहरु बि्रटिस नागरिक जनरल चाल्र्सको नेतृत्वमा गएको जि.एल. मालोरी र हवार्ड समरभेलको आरोहण सहयोगीको रुपमा गएका थिए । त्यस्तै सन् १९७० को अपि्रल ५ मा पनि गएको हिमपहिरोमा ८ जनाको ज्यान गएको थियो । जसमा मीमा नोर्बु शेर्पा, फुदोर्जी शेर्पा, छिरीङ टर्की शेर्पा, पासाङ शेर्पा, कुङगा नोर्बु शेर्पा, कामी छिरीङ शेर्पा, र क्याक शेर्पा थिए ।
त्यस्तै सन् १९७४ मा पनि एकैपटक ५ जनाको ज्यान गएको थियो । आरोहण सहयोगीहरु लाक्पा शेर्पा, सानु वाङगेल शेर्पा, पेम्बा दोर्जी शेर्पा, ङवाङ लुटुक शेर्पा र नीमा वाङछु शेर्पाले ज्यान गुमाएका थिए । त्यस्तै सन् १९९६ कोहिमपहिरोमा परि ८ जना विदेश आरोहीले ज्यान गुमाएका थिए । सगरमाथामा सर्वप्रथम ज्यान गुमाउने नेपाली भने शम्सेर पुन रहेको इतिहास रहेको छ। । उनको सन् १९२४ मे १३ मा मृत्यु भएको थियो । शमशेर पुन बि्रटिस एक्सपिडीसन् दलमा सहभागि थिए । यी घटनाका नजिरहरुबाट राज्य र सम्बन्धित निकायहरुले पाठ सिकेर यस्ता दैवीक एवं अन्य कारणबाट हुने दुर्घटनाहरुलाई न्युनिकरण गर्न राज्यसंयन्त्रले सोच्नुपर्ने बेला आइसकेको छ ।
खालिङ नेपाल पर्यटन पत्रकार मञ्च -टिजेएफ-नेपाल)का कोषाध्यक्ष हुनुहुन्छ ।
१२ जेठ, काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले बेस ट्रान्सिभर स्टेसन (बीटीएस)हरुलाई गुगल म्यापसँग जोड्दै दूरसञ्चार सेवाको अनुगमन सहज बनाउने भएको छ । उसले सबै सेवाप्रदायकका टावरहरु भौगोलिक सूचना सिस्टम (जीआईएस) मा रुपान्तरण गरी एउटै सर्भरबाट देशभर अनुगमन गर्नेछ ।
मोबाइल/टेलिफोन सेवाको गुणस्तर अभिवृति तथा प्राकृतिक विपत्तिमा अत्यावश्यक सूचनालाई निरन्तर राख्ने लक्ष्यबमोजिम यो कार्यक्रम अघि सारिएको प्राधिकरणले जनाएको कारोबारमा खबर छ ।
प्राधिकरणले चालू आर्थिक वर्षभित्र परामर्शदाता छनोट गरी अर्को वर्षभित्र सम्पूर्ण बीटीएसलाई जीआईएसमा लैजाने तयारी गरेको छ । रुपान्तरण पछि प्राधिकरणले देशका जुनशुकै स्थानका बीटीएस ‘डाउन’ भए पनि तुरुन्त सेवाप्रदायकलाई निर्देशन दिन सक्नेछ । भौगोलिक विविधताका कारण हालसम्म दुर्गममा बीटीएस टावर बिगि्रँदा महिनौंसम्म पनि सेवा अवरुद्ध हुने गरेको छ ।
‘जीआईएस सिस्टमबाट एकारित तुरुन्तै कारबाहीको प्रक्रिाय अगाडि बढाउन सकिनेछ भने अर्कातिर सेवाको गुणस्तरमा पनि सुधार आउनेछ,’ प्राधिकरणका सहायक निर्देशक अच्युतानन्द मिश्रले् भने, ‘नेपालको समग्र दूरसञ्चार सेवाको डेटाबेस तयार गर्न परामर्शदताबाट आवेदन पनि माग गरिसकेका छौं ।
निर्वाचन आयोगले असार ८ गते हुने संविधानसभा उपनिर्वाचनमा दुई लाख ५१ हजार ३ सय ४ मतदाताका लागि १ सय ३७ मतदानस्थल र ३ सय २४ मतदान केन्द्र तोकेको छ ।
आयोगले उपनिर्वाचन हुने क्षेत्र काठमाडौं २, चितवन ४, बर्दिया १ र कञ्चनपुर ६ मा कुल दुई लाख ५१ हजार ३ सय ४ मतदाता रहेको जानकारी दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीका अनुसार उपनिर्वाचनमा मतदाताहरु मतदानकेन्द्र र मतदानस्थलमा पुगेर विद्युतीय मतदान गर्न पाउनेछन् । उपनिर्वाचनका लागि आयोगले यी क्षेत्रका मतदाता नामावली संकलन तथा अद्यावधिक, मतदाता नामावली छपाइ, निर्वाचन अधिकृत नियुक्त, अधिकृतको कार्यालय स्थापना, आचारसंहिता कायान्वयन र अनुगमनजस्ता निर्वाचनसँग सम्बन्धित काम गरिरहेको उनले जानकारी दिए ।
उपनिर्वाचनमा उम्मेद्वार मनोनयन गर्न आयोगले आइतबारको समय तोकेको छ । प्रमुख निर्वाचन आयुक्त उप्रतीले निर्वाचनको तयारीका लागि आयोग जोडतोड्का साथ जुटेको बताएक छन् ।
१२ जेठ, पाल्पा ।
चट्याङले लागेर पाल्पामा २ जनाको मृत्यु भएको छ । आइतबार साँझ परेको चट्याङले लाग्दा कचल १ मुर्छुङगाकी २७ वर्षकी भुमिकुमारी लम्तरी र २० वर्षकी उमीकुमारी लम्तरीको मृत्यु भएको हो ।
चट्याङले लागेर पाल्पामा २ जनाको मृत्यु भएको छ । आइतबार साँझ परेको चट्याङले लाग्दा कचल १ मुर्छुङगाकी २७ वर्षकी भुमिकुमारी लम्तरी र २० वर्षकी उमीकुमारी लम्तरीको मृत्यु भएको हो ।
चट्याङले लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपरारीमा ३ को मृत्यु
त्यस्तै नवलपरासीको रामग्राम नगरपालिका १ स्थित शिवशंकर इँटा उद्योगमा आइबार साँझ नै परेको चट्याङ लागेर उद्योगमा कार्यरत तीन मजदुरको मृत्यु भएको हो । चट्याङमा परी ४ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरिक्षक विष्णुहरि गौतमका अनुसार भारत उत्तरप्रदेश घर भई इँटा उद्योगमा कार्यरत कल्मा मन्सरी, रुक्सना मन्सुरी र समना मन्सुरीको मृत्यु भएको हो। चट्याङ लागेर घाइते भएका चार मजदुरको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको एसपी गौतमले जानकारी दिए ।
टुडे समाचारदाता
जनकपुरधाम, ११ जेठ ।
हरेक हप्ता गरिदै आएको गंगासागर सरसफाइ अभियानले शनिवार पनि निरन्तरता पाएको छ । जनकपुरधामको पवित्र सरोवर गंगासागर सरसफाई अभियानमा स्थानिय, विद्यार्थी, सरकारी कार्मचारी, कलाकार, पत्रकार लगायतको सहभागिता थियो । गंगासागरलाई सफा र सुन्दर बनाउने उद्देश्कासाथ सुरु भएको सरसफाइ अभियानले १२ हप्ता पुरा गरेको छ ।
उक्त समय अवधिमा गंगासागरबाट ५५ ट्रयाक्टर भन्दा बढी फोहर बढी फोहोर निकालिएको छ । गंगासागरको छेउमा विभिन्न प्रजातिको विरुवा समेत लगाइएको छ । यसैबीच शनिवारको सरसफाई अभियानमा जनकपुरका हिमाली बोडिङ स्कुलका विद्यार्थीहरुले समेत सहभागिता जनाएका थिए । विद्यालयका प्रिन्सिपल रमेश कुमार साहको नेतृत्वमा करिव ५० जना विद्यार्थी तथा शिक्षकहरु सहभागी भई गंगा सागरको सफाई गरेका थिए । विद्यालयका प्रिन्सिपल साहले गंगा सागर धरोहरको रुपमा रहेकाले सफाई नियमित सफाई गर्नुपर्ने आवश्यकता औल्याए । सफाई कार्यक्रममा हिमाली बोर्डिंग स्कूलका शिक्षकहरु सुरेन्द्र साह, विनोद साह, पशुपति यादव र फाउण्डर दिपेन्द्र साह लगायतको समेत सहभागिता थियो ।
सफाई अभियानमा हिमाली बोर्डिंग स्कूलका साथै जानकी बोर्डिङ स्कूल, मदर टेरेसा बोर्डिङ स्कूलका शिक्षक तथा विद्यार्थीहरुको समेत सहभागिता थियो । सेभ हिस्टोरिकल नाम दिइएको सफाई अभियानले सोचेभन्दा बढी सफलता पाएको अभियानकर्ताहरुको दाबी छ । नेपाल पत्रकार महासंघका सभापति रामअशिष यादवको विशेष नेतृत्वमा अभियान चलिरहेको छ । अभियानमा अंचल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक शिव लामिछाने, मानव अधिकारकर्मी बिजय दत्त, अधिवक्ता राजकुमार महासेठ, युवा नेता सरोज मिश्र, पत्रकारहरु ध्रुव कुमार झा, जीेतेन्द्र प्रसाद सिंह लगायतको सक्रिय सहभागिता रहने गरेको छ ।
गंगासागर सफाईमा जुटेका अभियानीहरु सरोवरहरुको सरसफाईबारे जनचेतना फैलाउने कार्यलाई समेत निरन्तरता दिएका छन । अभियानीहरु विभिन्न सरकारी तथा निजि विद्यालयहरुमा पुगी गंगासागर लगायतका सरोबरमा फोहर वस्तु फाल्नाले हुने असरबारे जनाकारी गराउने गरेका छन । गंगासागरमा गंगामाताको बास हुने भएकाले घरायसी फोहर पदार्थ फयाक्दा पापको भागेदारी बन्ने सरसफाई अभियानका अगुवा रामअशिष यादवको भनाई छ ।
टुडे समाचारदाता
जनकपुरधाम, १२ जेठ ।
धनुषाको नक्टाझिज श्रोत केन्द्र अन्तर्गत पर्ने ३५ वटा सामूदायिक विद्यालयले संचारकर्मी तथा सूचना अभियन्ताहरुलाई विद्यालयको आर्थिक हरहिसाब पारदर्शिताको सम्बन्धमा सूचना नदिने भएको छ । सहायक जिल्ला शिक्षा अधिकारी मिहिलाल यादवको अध्यक्षता बसेको प्रधानाध्यापकहरुको बैठकले संचारकर्मी तथा सूचना अभियन्ताहरुलाई सूचना नदिने निर्णय भएको स्रोतले जनाएको छ । नागरिकले निर्वाद रुपमा हरेक सरकारी तथा गैर सरकारी निकायबाट सूचना पाउने प्रावधान छ ।
स्रोतका अनुसार विद्यालयबाट सूचना प्राप्त गर्न जिल्ला शिक्षा कार्यालयबाट अनुमति पत्र लिएर आएमा मात्र सूचना उपलब्ध गराउने निर्णय समेत गरेको छ । उक्त बैठकको निर्णयबारे नेपाल पत्रकार महासंघलाई समेत जानकारी गराई सोही अनुरुप कार्य गर्न गराउन आग्रह गरिएको बताइएको छ । सामूदायिक विद्यालयहरुमा भैरहेको आर्थिक अनियमितता लगायतका विषयमा संचारकर्मीको माध्यमबाट समय समयमा भण्डाफोर हुने गरेकाले विद्यालयका प्रधानाध्यापकहरुले सही सूचना दिन आनाकानी गर्ने गरेको छ ।
यता जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले निर्णयबारे आफुलाई केहि जानकारी नभएको बताए । उनले सूचना पाउनु आम नागरिकको अधिकार भएको बताउदै उक्त निर्णय भ्रष्ट प्रअहरुले गरेको हुन सक्ने उल्लेख गरे ।
काशिन्द्र कुमार शर्मा
जनकपुरधाम, १२ जेठ ।
जनकपुरको धार्मिक एवम् एतिहासिक सरोवर गंगासागरमा यहि जेठ २५ गतेदेखि गंगाआरतीको आयोजना गरिने भएको छ ।
प्रसिद्ध तीर्थस्थल बनारसझैँ नित्य सांझ गंगाआरती गरिने कार्यक्रम भएको बताइएको छ ।
“सेभ द हिस्टोरिकल प्लेसेज” जनकपुरका अभियानीहरुद्धारा सो आरतीको आयोजना गर्ने बुझिएको छ ।
नगरपालिकाले नियमित रुपमा फोहोर नउठाउने र स्थानीयले जताततै फोहोर फाल्ने गरेका कारण गंगासागर लगायत अन्य पोखरी दुर्गन्धित बन्न पुगेको अवस्थामा अभियानीहरुले गंगासागरको गत तीन महिनादेखि सरसफाई गर्दै आएका छन ।
अभियानमा बुद्धिजीवी, नागरिक समाज, उद्योगी व्यावशायी, यूवा क्लब, संघसँस्था, प्रहरी तथा सेना, कलाकार, पत्रकारको सहभागीताले तीन महिना पूर्व घाटमा जताततै दिसापिसाबले भरिएको गंगासागर अहिले सफाई अभियानका कारणले स्वच्छ तथा सफा देखिन थालेको छ । अभियानी रामअशिष यादबका अनुसार, गंगासागर पोखरी भित्र पूजा सामग्री प्लास्टिक सहितका अन्य कुनै फोहोर सामग्री विसर्जन नगर्न विद्यालयदेखि जनस्तरसम्म चेतनामूलक कार्यक्रम पनि संचालन गरिएको छ ।
टुडे समाचारदाता
जनकपुरधाम, १२ जेठ ।
भारतको १५ औ प्रधानमन्त्रीको रुपमा भारतिय जनता पार्टीका नेता नरेन्द्र मोदीले आइतबार सपथग्रहण गर्ने भएकाछन ।
ुसपथग्रहणमा सहभागि हुन नेपालका प्रधानमन्त्री सुशिल कोइराला, पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ लगायत दीिक्षण एसिया(सार्क राष्ट्र)का सरकार प्रमुख अथवा राष्ट्र प्रमुख सहभागि हुने भएकाछन ।प्रम कोइराला सोमबार बिहान नया“दिल्ली जाने छन ।
भारतमा प्रधानमन्त्रीको सपथग्रहणमा पाकिस्तानी प्रधानमन्त्री लगायत सार्क देसका प्रमुखहरु सहभागि हुन लागेको यो नै पहिलो पटक हो ।
कट्टर हिन्दूवादी नेताको रुपमा परिचित प्रधानमन्त्री मोदीले चीरप्रतिद्वन्दी पाकिस्तानी प्रधानमन्त्रीलाई सपथग्रहण समारोहमा आमन्त्रण गरेर ठूलो राजनीतिक बहस सुरु गराएकाछन ।
लोकसभा चुनावमा एक्लैको बलमा भारतीय जनता पार्टीलाई बहुमत दिलाउन सफल भएका मोदीको राजनीतिक उचाई अत्यधिक बढेकोछ ।झण्डै डेढ दशकपछि कुनै एउटा दलले बहुमत प्राप्त गरेकोछ ।का“ग्रेस बाहेकको दलले एक्लै सरकार बनाउने बहुमत प्राप्त गरेको भारतीय संसदीय इतिहासमा पहिलो पटक हो ।
प्रम मोदीको सपथग्रहण समारोहमा सार्क राष्ट्रका उच्चस्तरीय नेताहरुका अतिरिक्त भारतको रेलवे स्टेशनहरुमा चिया बेच्नेहरुपनि सहभागि हुनेछन ।चिया पसलेहरुलाई विशेष रुपमा आमन्त्रण गरिएकोछ ।मोदीपनि रेलवे स्टेशनमा चिया बेच्ने गरेका थिए ।अतिथिहरुका लागि नास्ता र भोजनमा विशेष पकवानहरुको प्रबन्ध गरिएकोछ ।बिभिन्न राज्यको विशेष परिकारहरुलाई नास्ता र भोजनमा समावेश गरिएको बताइएकोछ ।
प्रधानमन्त्री मोदीको सपथग्रहणमा निवर्तमान प्रधानमन्त्री डा.मनमोहन सिंह, कांग्रेस अध्यक्ष सोनिया गांधी, उपाध्यक्ष राहुल गांधी लगायत कयौं राज्यका मुख्यमन्त्री सहभागि हुनेछन ।
सपथग्रहण समारोहमा अत्यधिक अतिथिहरुलाई सहभागि गराउन राष्ट्रपति भवनको बाहिरी परिसरमा कार्यक्रम आयोजना गरिने तयारी भएकोछ ।भारतको राष्ट्रपति भवन विशाल र सुन्दर छ ।
मोदीलाई कटटर हिन्दूबादी नेताको रुपमा आलोचना गर्नेहरुले विदेशी सहायता रोकिने गरेको नकारात्मक प्रचारलाई असत्य बनाइएकोछ ।विदेशी सहायताको खोलो नै भारततिर फर्केको संकेत देखिएकोछ ।साठी अर्ब डलरको विदेशी सहायतको घोषणा भइसकेकोछ ।
सपथग्रहण समारोह सा“झ आयोजना गरिनेछ ।राष्ट्रपतिले प्रधानमन्त्रीको सपथग्रहण गराएपछि प्रधानमन्त्रीले केहि मन्त्रीहरुको सपथग्रहण गराउनेछन ।मन्त्रीहरुको नाम टु·ो लागिसकेपनि आइतबार अबेर राती सम्म सार्वजनिक गरिएको छैन ।यस अघि भारतीय जनता पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवारको रुपमा चर्चामा रहने गरेका लालकृष्ण आडवानी र मुरली मनोहर जोशी सरकारमा जाने,नजाने टु·ो लागिसकेको छैन ।तर पचास सदस्यीय मन्त्रीमण्डलमा ३० जना कैबिनेट र २० जना राज्यमन्त्री रहने बताइएकोछ ।उत्तर प्रदेशले पा“च र बिहारले तीन मन्त्री पाउने संभावना छ ।
सपथग्रहणलाई संसारकै राजनीतिज्ञहरुले चासोका साथ हेरिरहेकाछन ।तर भारतकै केहि नेताहरुले त्यसको बिरोधमा देखिएकाछन ।पाकिस्तानमा हत्या गरिएका केहि सहिद परिवारले पाकिस्तानी प्रधानमन्त्रीको उपस्थितिप्रति बिरोध जनाइरहेका छन ।त्यसैगरि श्रीलंकाका राष्ट्रपतिको पनि भारतमा बिरोध भइरहेकोछ ।
सपथग्रहण समारोहमा सुरक्षाको कडा प्रबन्ध गरिएकोछ ।जमिनदेखि आसमान सम्म सुरक्षाको प्रबन्धलाई अत्यन्त कडा बनाइएकोछ ।समारोहमा सुरक्षा चुनौती बढेकोले बिभिन्न एजेन्सीहरुले संयुक्त रुपमा सुरक्षा प्रबन्ध मिलाएकाछन ।
टुडे समाचारदाता
जनकपुरधाम, १२ जेठ ।
मधेशसँग जोडिएका राजनीतिक मागहरुलाई लिएर एक दशक सशस्त्र संघर्Èमा रही सरकारसँग वार्ताको प्रक्रियामा आएका समूहहरु फेरी भूमिगत हुनेसक्ने चेतावनी तत्कालीन वार्ता संयोजक ज्योति झाले दिएका
छन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शान्ति मन्त्री जनार्दन शर्माको समयमा भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूह, किरा“त वर्कस पार्टीका अनन्त किरा“ती र सुमन वान्तवा, एलटिटिइका रामलोचन ठाकुर, मधेश भाईसर किलर्स लगायत ८ भूमिगत समूहका संयोजक झाले हाल उनीहरुको अवस्था अत्यन्तै नाजुक रहेको र सरकारले उनीहरुको माग तत्काल सम्बोधन नगरे पुनः भूमिगत सङघर्Èमा होमिन सक्ने चेतावनी दिएका हुन् ।
रिपोर्टर्स क्लब नेपाल काठमान्डौमा पत्रकार सम्मेलन गर्दै पूर्व संयोजक झाले सशस्त्र सङघर्Èमा रहेका एक दर्जन समूहहरुलाई राजनीतिक र सामाजिक जीवनको मूलधारमा ल्याउन विगतका सरकारस“ग भएको प्रतिबद्धतालाई अहिलेको सरकारले निरन्तरता नदिई अलपत्र पारेको आरोप लगाए ।
वार्तामा आएका सिरहा, सप्तरीका सशस्त्र सङघर्Èमा होमिएका समुहहरुलाई गैरकानुनी र गैरन्यायीक तरिकाले राज्यले उनीहरुलाई दमन गर्न थालेको आरोप लगाउ“दै उनले भने– शान्तिपूणर् तरिकाले स्वतन्त्रपूर्वक जीवनयापन गर्ने अधिकारलाई कुण्ठित गरेको छ, तत्काल उनीहरुस“ग गरेका प्रतिवद्धताहरु सरकारले पूरा गरोस् ।
पूर्व संयोजक झाले मधेशको समृद्धिको यात्रा शान्तिबाट मात्र हुने भएकाले सशस्त्र समूहस“ग गरिएका सम्झौताहरु पूरा गरी मूलधारमा ल्याई पुनस्र्थापनाका आवश्यक पहल गर्न सरकारस“ग आग्रह समेत गरे ।

