गोली लागेर रगतपच्छे भएका प्रहरीले लखेटी-लखेटी समाते भारतीय सुटरलाई

प्रहरी जवान शेष समसाद पाखुरामा गोली लागेर घाइते भइसकेका थिए। उनीसँगै रहेका असई मातृका ठाकुरको कुल्हा र हात गोलीले छेडिसकेको थियो।
चारवटा हतियार बोकेका दुई सुटरलाई सामान्य राइफल र पेस्तोल बोकेका यी दुई प्रहरीले गोली लागेर घाइते हुँदा पनि साहस देखाउँदै हत्या गरेर भाग्दै गरेका दुई भारतीय अपराधीलाई पक्राउ गरे।
बुधबारको घटना हो, बारा जितपुरको। आफताब अन्सारीलाई गोली हानेर भारत छिर्न मोटरसाइकलमा भाग्दै गरेका भारत, लखनउका ३५ वर्षीय विपीन यादव र जोधपुरका रवि पाण्डेलाई यी दुई प्रहरीले कब्जामा लिएका हुन्।
भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर नेपाल भित्रिएका उनीहरु गोली हानेपछि नेपाली मोटरसाइकल कब्जामा लिएर भागेका थिए। प्रहरी सञ्चारसेटमा आएको सूचनाका आधारमा प्रहरी जवान शेष र असई ठाकुरले यी दुवैलाई आठ किमिसम्म पछ्छ्याउँदै श्रीपुर पिपरियामा नियन्त्रणमा लिएका थिए।
injred police fire to robber
दुइटा पेस्तोल बोकेर प्रहरीलाई गोली हानिरहेका पाण्डेलाई घाइते हुँदाहुँदै असई ठाकुरले अँठ्याएर एउटा हतियार खोसेका थिए। पाण्डेले दोस्रो हतियारले असई ठाकुरलाई गोली हान्न खोजेपछि पाखुराबाट रगत चुहिरहेका प्रज शेषले राइफलको कुन्दाले हानेर उनलाई नियन्त्रणमा लिएका थिए।
दुवै प्रहरी पाण्डेसँग भिडिरहेको मौका पारेर उखुबारीमा भागेका ठाकुरलाई प्रहरीको अर्को टोलीले दुई घन्टा लगाएर नियन्त्रणमा लिएको थियो। ज्यानको बाजी लगाएर भारतीय अपराधीलाई पक्राउ गर्न सफल दुवै प्रहरीको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुवैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको नागरिक दैनिकमा खवर छ ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic