यूएई बाट क्यान्सर पीडितलाई आर्थिक सहयोग

उमाकान्त पाण्डे गाउंले  - दुबइ , पौष २८ – यूएईमा कार्यरत नेपालीले क्यान्सर पीडित एक बालकको उपचारका लागि आर्थिक सहयोग गरेका छन । रक्त क्यान्सरका कारण मृत्‍यु सैयामा रहेका कास्कीको पुम्धीभुम्दीका १४ बर्षीय सतिस गुरुङलाई यूएईमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका हुन । 
रगतमा क्यान्सर लागे पछि भारतको भेल्लोर स्थित क्रिस्चियन मेडिकल कलेजमा उपचाररत गुरुङ आर्थिक अभावका कारण मृत्‍युका दिनको प्रतिक्षामा रहेको सामाजिक सन्जाल मार्फत जानकारी पाएपछि यहाँ रहेका नेपालीले सक्दो आर्थिक सकंलन गरेर एक लाख ६२ हजार ३ सय चालिस नेपाली रुपैया नेपाल पठाएका हुन ।  
गुरुङको उपचारका लागि नेपाली १० देखी १५ लाख सम्म पैसा लाग्ने र ठुलो रकम नभएर मृत्‍यु सँग लडिरहेका गुरुङलाई फेवा फोर्स यूएईका अध्यक्ष समेत रहेका शेखर पौडेलको सकृयतामा आर्थिक रकम सकलन गरिएको हो । यूएईमा कार्यरत पौडेलको संयोजकत्वमा दुबइमा सतिस उपचार सहयोग समितिनै गठन गरी एक हप्ता लगाएर आर्थिक सकंलन गरिएको थियो । सहयोग सकंलन समितिमा युएइका बिभिन्न संघ सस्थाका जिम्मेवार तहका समाजसेबी गोपाल कंडेल , ज्ञानेन्द्र कार्की,  दिपकराज पौडेल, राजु गुरुङ , पिताम्बर पाण्डे , राजु खड्का , भिम अधिकारी , शिब गुरुङ, जल बहादुर गुरुङ, र पुष्प अधिकारी थिए । 
उक्त समितिले यहाँ कार्यरत नेपालीबाट सहयोग रकम सकंलन गरी सो रकम नेपाल पठाउन सकेको हो । 
सतिसलाई उपचार गर्न विश्वभर रहेका नेपालीलाई सामाजिक सन्जालमार्फत एउटा समितिनै बनाएर सहयोग आह्वान गरिएको थियो । समितिको बैक खाता मा रकम पठाउन सकिने आर्थिक ब्यबस्थापन सहयोग समितिका संरक्षक राजबहादुर गुरुङले बताएका छन । 
सोही अनुरोधकै आधारमा पुम्धीभुम्दी गाविस र कास्की जिल्ला प्रशाशनको सिफारिस पत्रका अनुसार साताभरमा सकंलन गरेको रकम शनिबार दुबइमा रहेको अल अहलिया एक्सचेन्जबाट राज बहादुर गुरुङको नाममा रकम पठाइएको हो । 
तपाईंहरु पनि उनको उपचारमा सहयोग गर्न चाहनुहुन्छ भने मेट्रो डेब्लोपमेन्ट बैकको खाता न ००१००१०००००५९०-R मा रकम पठाउन सकिने फेवा फोर्स यूएईका अध्यक्ष शेखर पौडेलले जनाएका छन ।

1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic