चार नेपाली विद्यार्थी लन्डनमा पक्राउ

Print Friendly and PDF एक नेपाली छात्राको साथमा रहेको हाते झोला लुटिएपछि त्यो खोस्ने क्रममा लखेट्दै चोर पिटेको अभियोगमा चार नेपाली विद्यार्थीले गिरफ्तारीसहित जेल सजाय भोग्नु परेको छ । घट्ना गत २२ डिसेम्बर राती भएको हो । सेन्ट्रल लन्डनस्थित सोहोमा चालु एक जापानीज रेष्टुरेन्टमा कार्यरत नेपालीहरु कामपछि त्यहीं क्रिसमस पार्टी गरेर घर फर्कंदै थिए, एक अपरिचित व्यक्तिले नेपाली छात्राको ह्याण्ड व्याग लुट्यो । 
व्याग लुटिएपछि नेपालीको समूहले त्यो चोर लखेट्दै पिट्न थालेको र एक विदेशी युवतीले तिनलाई छुट्याउन खोज्दा युवतीलाई नै पिटेको अभियोग प्रहरीले  विद्यार्थीमाथि लगाएको छ । झगडाबीच कसैले प्रहरी बोलाइदिएपछि प्रहरी तत्काल आइपुग्दा चोर त भागिसकेको थियो तर नेपाली विद्यार्थी समातिए । गिरफ्तार विद्यार्थी छुटाउन लन्डनस्थित नेपाली दूतावासको पहल पनि काम लागेन ।
अन्ततः ति विद्यार्थीलाई प्रहरीले हातपातको अभियोगमा गिरफ्तार गरि जेल लगेर मुद्दा दायर गर्यो । समातिएका मध्ये एकजना भोलिपल्ट र तीन विद्यार्थी साता दिन पछि जेलबाट धरौटीमा रिहा भएका छन् । हाइवरी कोर्टले जनही दुई हजार पाउण्ड (करिब तीन लाख बीस हजार रुपैयां) मा ति चार जनालाई धरौटीमा रिहा गरेको हो, जसको सुनुवाइ आगामी ७ जनवरीका दिन दक्षिण पूर्वी लन्डनको क्राउन कोर्टमा हुंदैछ । यो मुद्दा हेर्न विद्यार्थीलाई सरकारी वकिल दिइएको छ । मुद्दा छिनोफानो हुन कम्तीमा तीनमहिनासम्म लाग्ने अनुमान छ । विद्यार्थीले भने आफूहरु निर्दोष रहेको दावी गर्दै अभियोग अस्वीकार गरेका छन् ।
सोलिसिटर राजु थापाका अनुसार, बेलायतको कानुनले जो कोहीमाथि हातपात गर्नुलाई गम्भीर अपराधका रुपमा लिन्छ । धरौटीमा रिहा भएपनि ति विद्यार्थीलाई सांझ ६ देखि विहान ६ बजेसम्म कतै हिंड्डुल गर्न बन्देज छ भने उनीहरुलाई विद्युतीय ट्याग लगाइएको छ । यस अवधिमा उनीहरुले आफ्नो ठेगाना परिवर्तन गर्न पाउने छैनन् भने ट्राभल डकुमेन्ट लिन र इंग्ल्याण्ड तथा वेल्स् जान पनि प्रतिवन्ध छ ।
लहैलहै र पार्टीको सुरमा आक्रामक बन्दा आइलागेको कानुनी झमेलापछि ति विद्यार्थीको अध्ययन र जागिर गुम्ने खतरा त बढ्यो नै, ति विद्यार्थीका परिवारलाई समेत चिन्तित तुल्याएको छ ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic