प्राविधिक सहायक हतियारसहित पक्राउ


प्राविधिक सहायक हतियारसहित पक्राउ

टुडे समाचारदाता
जनकपुरधाम, १ माघ ।
धनुषाको ठिल्ला यदुवा गाविसका प्राविधिक सहायक सहित तीन जना हतियारसहित पक्राउ परेका छन् । ठिल्ला यदुवा गाविसमा कार्यरत्त प्राविधिक सहायक धनुषाको गाविस मखनाहा–९ लवटोली बस्ने ३० वर्षिय भरत यादव मंगलबार बिहान हतियारसहित पक्राउ परेका हुन् ।
उनी लामो समयदेखि ठिल्ला यदुवा गाविसको प्राविधिक सहायकमा कार्यरत्त रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार दिउ“सो पत्रकार सम्मेलनको आयोजना गरी प्राविधिक सहायक यादवले लामो समयदेखि हातहतियार ओसारपसार तथा बेचविखन गर्दै आएको जनाए ।
प्रहरी उपरिक्षक उत्तम राज सुवेदीका अनुसार उनले भूमिगत संगठनसहित अपराधिक क्रियाकलाप गर्ने अन्य व्यक्तिहरुलाई पनि हातहतियार उपलब्ध गराउदै आएका थिए ।

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले धनुषाको मखनाहा–९ लवटोलीबाट भरत यादवसहित गाविस सतोखर–२ कुसमाहा बस्ने ४० वर्षिय गंगा प्रसाद यादवलाई पक्राउ गरेको हो ।
यसअघि प्रहरीले सोमबार अखिल तराई मुक्ति मोर्चा (गोइत समूह) का केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज दिपक भनिने ३५ वर्षिय रघुनाथ यादवलाई पक्राउ गरिएको थियो । उनले दिएको बयानको आधारमा प्राविधिक सहायक यादवसहित अन्य एक जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक सुवेदीले बताए ।

आपूmलाई धनुषा जिल्ला इन्चार्ज बताउने रघुनाथ यादवले गएको चैत महिनामा जिल्ला विकास समितिमा बम विष्फोट गराएको, २०६९ साउन १६ गते जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा बम राखेको तथा जनकपुर नगरपालिका वडा नम्बर–८ आ“खा अस्पतालदेखि बलवाटोल जानेबाटोमा तयारी बम राखेको घटनाको मुख्य आरोपी समेत रहेको रघुनाथ यादव एकपटक प्रशासनको सम्पर्कमा आएका थिए । अवोपरान्त अपराधिक क्रियाकलाप नगर्ने भन्दै उनी प्रशासनको सम्पर्कमा आएको र पछि फेरी भूमिगत भएको प्रहरी उपरिक्षक सुवेदीले जनाए ।

तीन वटै घटनाको अनुसन्धान पूरा भइसकेको र प्रविण भन्ने मनोज कुमार साह, अर्जुन सिंह भन्ने अजित कुमार सिंह र रोशन भन्ने विकी साह र सोभित भन्ने सानु कुमार साहले पुर्पक्षको लागि कारागाज चलान भइसकेको छ भने रघुनाथ यादव फरार थिए । रघुनाथलाई सोमबार जिल्ला प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले धनुषाको प्रखे महुवा–४ स्थित भारतीय सीमाबाट नेपालतर्पm आउदै गरेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्राविधिक सहायक भरत यादव र गंगा प्रसाद यादवले रघुनाथ यादवलाई हतियार उपलब्ध गराउदै आएको थियो । यिनीहरुको साथबाट कटुवा पेस्तोल थान ६, सो मा प्रयोग हुने गोली ५ राउण्ड, मोबाइल थान ३, सीमकार्ड थान चार, भारतीय नम्बर बीआर ५०–९१७४ नम्बरको मोटरसाइकल, दिपक यादवको नाममा रहेको भारतीय ड्राइभिङ लाइसेन्स, फुड सप्लीमेण्ड कम्पनीको आई कार्ड एक थान र हाते घडी थान एक बरामद गरिएको छ । तीनै जना विरुद्ध मंगलबार हातहतियार तथा खरखजाना मुद्धा गरी आवश्यक अनुसन्धान थालिएको छ ।

1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic