भवनका लागि १० करोड, सल्लाहकार चयन
१ माघ, काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी दुई वर्षका लागि विस्तृत कार्ययोजना तय गर्दै कार्यन्वयनका लागि समयसीमासमेत तोकेको छ ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को ४० औं बैठकले एनआरएनको इतिहासमै सम्भवत पहिलोपटक यस्तो विस्तृत कार्ययोजना पारित गरेको हो ।
जसअन्तरगत केही टास्कफोर्सलाई स्थायी प्रकारका समितिमा रुपान्तरण गरिएको छ भने नयाँ परियोजनाहरु सम्पन्न गर्न समितिहरु गठन गरिएको प्रवक्ता मन केसीले जानकारी दिए । एनआरएन अध्यक्ष घलेले निर्वाचनकै बेलादेखि एनआरएनमा संरचनागत सुधार र समिक्षा गर्ने एजेण्डा उठाउँदै आएका थिए ।
गैरआवासीय नेपाली संघका निर्धारित लक्ष्य प्राप्तिका लागि यो बैठकले जिम्मेवार निकाय र समयसीमा समेत तोकिएको छ ।
गैरआवासीय नेपाली संघलाई संस्थागत र दिगो बनाउन नीतिगत दस्तावेज तयार पार्ने, विभिन्न टास्कफोर्स समितिहरुलाई आत्मनिर्भर बनाउने, भवन निर्माण गर्ने, संस्थालाई आर्थिकरुपले सक्षम र दिगो बनाउन सन् २०१४ को मध्यसम्म उठन बाँकी शुल्क असुल गर्ने, नेपाली नागरिकताको निरन्तरताका लागि लविङ गर्ने, बैदेशिक रोजगार परोपकारी कोषलाई प्रभावकारी कार्यन्वयन गर्ने, नेपालको बृहत्तर समूदायको हितलाई ध्यानमा राख्दै परोपकारी कार्यलाई तिब्रता दिने, एनआरएन सदस्यता अभियानलाई तिब्रता दिँदै बलियो गैरआवासीय नेपाली संजाल निर्माण गर्ने लगायतका कार्ययोजना तय गरेको छ ।
नेपालमा प्रत्यक्ष बैदेशिक लगानी र गैरआवासीय नेपालीको लगानी भित्राउन लगानी परियोजनाहरुलाई प्रर्बद्धन गर्दै सन् २०१५ को मध्यसम्ममा गैरआवासीय नेपालीको लगानीलाई गुणात्मकरुपले बृद्धि गर्ने कार्ययोजना तय गरिएको छ ।
एनआरएन भवनका लागि १० करोड
वैठकले काठमाण्डौमा एनआरएन भनव निर्माणका लागि १० करोड रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । यसका लागि अध्यक्ष एवं भवन निर्माण कार्यदलका संयोजक शेष घलेले सम्भावित उपयुक्त जग्गा हेर्ने काम भइरहेको जानकारी दिनुभयो ।
वैठकमा उपाध्यक्ष भवन भट्ट र टीवी कार्कीले आ–आफ्नो क्षेत्रको कार्यबिबरण पेश गर्नुभएको थियो भने महासचिव कुमार पन्तले संस्थागत प्रतिबेदन र कोषाध्यक्ष बद्री केसीले आर्थिक बिबरण र बजेट पेश गरेका थिए । महिला संयोजक सपिला राजभण्डारी, युवा संयोजक डा. राजेन्द्रप्रसाद पराजुली, क्षेत्रीय संयोजकहरु– बिष्णु हमाल, गंगा राई, अर्जुन श्रेष्ठ, हिक्मत थापा, चन्द्र रोकाहा र नवराज गुरुङले आ–आफ्नो क्षेत्रका गतिबिधि समेटिएको रिपोर्ट पेश गरेका थिए ।
सल्लाहकार र युवा उपसंयोजक चयन
सल्लाहकार र युवा उपसंयोजक चयन
बैठकले विभिन्न क्षेत्रका १६ जनालाई सल्लाहकार चयन गरेको छ । जसअनुसार डा. हेमराज शर्मा(युरोप), मेजर डमर घले (युरोप), दिलकुमार गुरुङ(युरोप), रतन झा(अमेरिका), दीपक खड्का(ओसियाना), नरेन्द्र भाट(मध्यपूर्व), तेन्जी शेर्पा(नेपाल), सुरज बैद्य(नेपाल), बिश्वकान्त मैनाली(नेपाल), लोकभक्त राना(नेपाल), कुलचन्द्र गौतम(नेपाल), राम खरेल(अमेरिका), डा. देवकाजी डंगोल(मध्यपूर्व), शशि पौडेल(युरोप), श्री नापित(ओसियाना) र युवराज गुरुङ(युरोप) चयन हुनुभएको छ । युवा उपसंयोजकमा अष्ट्रेलियाका कृष्ण गिरीलाई चयन गरिएको छ ।
वैठकमा संस्थाको बिधानअनुसार बिभिन्न क्षेत्रबाट अन्तराष्ट्रिय समन्वय समितिको सदस्यमा मनोनित गर्ने सदस्यका बारेमा छलफल भएको थियो । अफिस बियररको आगामी बैठकले मनोनित सदस्यको टुंगो लगाउने निर्णय भएको छ ।
क्षेत्रीय सम्मेलन जापानमा
बैठकले गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन सन् २०१४ मा जापानमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनको स्थान र मिति निर्धारण गर्ने जिम्मा एसिया प्यासिफक क्षेत्रीय संयोजक र उपसंयोजकलाई दिएको छ ।
एनआरएनएको युरोप क्षेत्रीय वैठक जुन महिनाको ७ र ८ तारिखमा स्पेनको बार्सिलोनामा र मध्यपूर्व क्षेत्रीय वैठक मे महिनामा बहराइनमा आयोजना गर्ने निर्णय गरेको छ ।
२०७० माघ २ गते ७:२४ मा प्रकाशित
रामेछापबाट प्रतिनिधित्व गर्ने तीनजना सभासदहरुलाई एक वर्षको समयसीमा नुभली संविधान लेख्न भन्दै घडी र कलम प्रदान गरिएको हो ।
राजनीतिककर्मी नारायणबाबु श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रममा सभासदहरु कमला सुवेदी घिमिरे, आङटावा शेर्पा र श्यामकुमार श्रेष्ठलाई सञ्चारमन्त्री माधवप्रसाद पौडेलले कलम र घडी प्रदान गरेका खबर अन्नपूर्ण पोष्टमा छ ।
रोजगारीका लागि गएकामध्ये ३२९ जना नेपाली मलेसियामा जेल जीवन विताइरहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले मलेसियाली सरकारसँग जेलसजाय भोगिरहेका नेपालीको तथ्यांक मागेको थियो । दूतावासले छिट्टै नेपाली रहेका जेलमा गई उनीहरुको जानकारी लिने भएको छ ।
दूतावासले मलेसियाली सरकारसँग जेलसजाय भोगिरहेका नेपालीको तथ्यांक मागेको थियो । दूतावासले छिट्टै नेपाली रहेका जेलमा गई उनीहरुको जानकारी लिने भएको छ ।
राजदूत निरञ्जनमानसिंह बस्न्यातले भने, ‘छिट्टै उनीहरुको अवस्था बुझेर सम्भव भएकालाई सक्दो चाँडो घर फर्काउन पहल थाल्नेछौं ।’
मलेसियामा गम्भीर अपराधदेखि चोरी मुद्दासएकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपाल अहिले स्कटल्याण्डसँग भिडिरहेको छ । यसअघिका लगातार दुई खेल हारेको नेपालका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न आज जित्नै पर्ने दबाव छ ।
क्विन्सटाउनमा टस हारेर व्याटिङ थालेको स्कटल्याण्डले यो समाचार तयार पार्दासम्म ३८.२ ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको छ । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मी र सागर पुनले समान १–१ विकेट लिए ।
कमलेश मण्डल
जलेश्वर, १ माघ ।
पतिले खान लाउन नदिएको भन्दै सोनमा ३ कि २० वर्षिया सिमा खातुनले न्यायका लागि प्रहरीमा उजुरी हालिन । पटक पटक मांनसिक र शारीरिक यातनादिँदै आएका पति मोदसिर मोमिनले आपूmलाई खानलाउन नदिएको भन्दै ३ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेको हो ।
गाउमा पटक पटक पंचायत गरेपनि त्यहँबाट न्याय नपाएपछि बाध्य भएपछि प्रहरीमा उजुरी हालेको सिमाले बताइन । प्रहरीले मोमिनलाई पक्राउ गरि प्रहरी परिसर मै दुवै वीच सहमति गराई घर फर्काएका थिए ।
त्यस्तै खुटापिपरादी ८ की सम्पतिया देवी यादवले बच्चा नजन्माएको आरोप पति पूलकित यादवले लगाँउदै पटक पटक मानसिक यातना दिन थालेपछि पति विरुद्ध उनले प्रहरीमा उजुरी हालिन ।
पतिले आपूm बच्चा नजन्माएको आरोप लगाउँदै अर्को विवाह गरी छुटै बस्दै आएको र आपूmलाई बास्ता समेत नगरेकोले खानलाउन पाउ भनी प्रहरीमा उजुरी हालिन तर हालसम्म आपूmले न्याय पाएन ।
उजुरी हालेपछि पतिले झन कुटपिट गर्न थालेपछि आपूm बाध्य भएर माइत मा बस्दै आएकी बताइन । सिमा र सम्पतिया मात्र होइन जिल्लामा ४२ जना महिला हिंसा बाट पीडित भएको हो । महिला हिंसाका घटना बृरिुभएपछि महिला हिंसासम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन नहँुदा महिलामाथि हुने हिंसामा खासै कमी आउन नसकेको महोतरीमा सक्रिय महिला अधिकारकर्मीहरुले बताएका छन् ।
महिला अधिकारकर्मी रंजिता झाले लैरु्गिक हिंसाविरुद्ध सरकारले ऐन, कानुन, नीति र कार्ययोजना मात्र बनाउनेभन्दा पनि कार्यान्वयनको पाटोलाई विशेष चासो दिनुपर्ने आवश्यकता रहेको भन्नु भयो ।
महिलामाथि हुने कुनै पनि हिंसा महिला मात्रको नभई सिरु्गो समाजमाथिको हिंसा भएको बताउँदै उनले महिलाको पुरुषप्रतिको विश्वास र निर्भरताका कारणले गर्दा पनि उनीहरुमाथि हिंसाजन्य घटनाहरु हुने भएकाले यसतर्फ महिला स्वयम् सचेत हुनुपर्ने बताईन ।
महिला अधिकारकर्मी रेखा झाले महिलाको पक्षमा आवाज उठाउदा डर, त्रास देखाउने, राजनीतिक दलहरुले पीडकलाई संरक्षण दिने र प्रहरी प्रशासनले उजुरी दर्ता गर्न नमान्नेजस्ता समस्या रहेको बताईन ।
महोतरीका प्रमुख जिल्ला अधिकारी राम प्रसाद थपालियाले महिला, पुरुष सबैको समन्वय र सहयोगबाट मात्रै नयँ संविधानमा महिलाको अधिकार सुनिश्चित हुने विचार व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासरु्घका जिल्ला सभापति हरि प्रसाद मण्डलले महिला हिंसा र विभेदको अन्त्यका लागि सचेतना कार्यक्रमलाई ग्रामीण तहसम्म अभियानका रुपमा लग्नुपर्ने बताउनुभयो ।
महोतरीका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले मुलुकमा दिगो शान्ति स्थापनाका लागि समाजबाट महिला हिंसा र विभेदलाई अन्त्य गर्नुपर्ने र यसका लागि सम्बन्धित निकायहरुबीच समन्वयात्मक सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अधिकारकर्मी श्याम सुन्दर प्रसाद साहले महिलामाथि हुने हिंसाको अन्त्यका लागि सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा लानुपर्ने आवश्यकता रहेको बताए ।
चालु आवको साउन महिना देखि पुस मसान्त सम्ममा ४२ जना महिना हिंसा बाट पीडित भएको जिल्ला प्रहरी कार्यालय महोत्तरी महिला सेलले जनाएको छ । हिंसाबाट पीडित महिलाहरु ले सवै भन्दा बढी आफना पति बाट हिसिंत भएको देखाइएको छ । महिला सेलका अनुसार महिला हिंसा बाट पीडित ३१ जनाले आफना पति विरुद्ध उजुरी हालेका छन भने ५ जना देवर विरुद्ध र आठ जनाले सासु ससुरा विरुद्ध उजुरी हालेका छन् ।
कमलेश मण्डल
जलेश्वर, १ माघ , ३० पुस ।
सशस्त्र लुटेराहरुको समूहले महोत्तरीमा एक यात्रु बसमा लुटपाट गरेको छ । काठमाडौंबाट सिन्धुलितर्फ गइरहेको ना ४ ख १५०१ नम्बरको बसमा पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने महोत्तरी र सर्लाहीको सिमामा मंगलवार विहान लुटेराहरुको समूहले चालकलाई नियन्त्रणमा लिई लुटपाट गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक झाले बताउनु भयो ।
लुटेराहरुले बसका यात्रुहरुलाई पेस्तोल र खुकुरी देखाउदै यात्रुहरुबाट ६ तोला सुनका गरगहना, १६ थान मोबाइल र १ लाख ५० हजार रुपैयाँ नगद,२०तोला चादीका गरगहना गरी ५ लाख रुपैया मुल्य बराबरको समान लुटी लगेको प्रहरीले जनाएको छ । काठमाडौंको कलंकीमा चार जना र हेटौडामा ५ जना लुटेरा गरी ९ जना लुटेराहरु सिरहाका मिरचैया जान बसमा चढेका थिए । लुटेराहरुले सर्लाहीको फुलजोर चोक नजिक बसका चालकलाई नियन्त्रणमा लिई बसभित्रै फायर गर्दै लुटपाट सुरु गरेका थिए । फायरले बसको छतमा प्वाल समेत परेको छ ।
लुटेराहरुले लुटपाट गरेपछि महोत्तरीको माइस्थान २ स्थित विश्वाकर्मा चोकमा योर्ली जंगल तर्फ भागेका थिए । सर्लाही सिमा देखि बर्दिवाससम्मको जंगली क्षेत्रमा सशस्त्र प्रहरीको २ वटा सुरक्षा पोष्ट र नेपाल प्रहरीको २ सुरक्षा पोष्ट रहेको छ ।सर्लाहीको फुलजोर र महोतरीको बाकेमा नेपाल प्रहरी, सागरनाथ बन विकास परियोजनाको जंगल नजिकको लचका र लक्ष्मीनिया चोकमा सश्स्त्र प्रहरीको क्याम्प रहेको छ । फुलजोर देखि विश्वकर्माचोक सम्म २४ किलोमीटर क्षेत्रभित्र लुटपाट भएको थियो । बसमा ३५ जना सवारी रहेका थिए । आठ जना लुटपाट र एक जनालुटेराले आफै बस चलाएका थिए ।लुटेराहरुले फुलजोर देखि सशस्त्र प्रहरीबल छिन्नमस्तागण माईस्थानसम्ममा बसमा सवार यात्रुलाई कुटपिट गरेका थिए ।उनीहरुले ४० मिनेट सम्म बसमा लुटपाट गरेका थिए ।
लुटेराहरुले बसका चालक सिन्धुली घर भएका हरिकृष्ण कुमार श्रेष्ठसहित चार जनालाई कुटपीट गरेका थिए । घाइते चालक र अन्यको उपचार बर्दिवास स्थित अस्पतालमा भइरहेको छ । प्रहरीले अनुसन्धानका लागि मोटर साईकलसहित एक जनालाई पक्राउ गरेको रअन्य लुटेराहरुको खोजवीन भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक झाले बताउनु भयो ।
गृहमन्त्री भारतमा
काठमान्डौ, १ माघ ।
भारत भ्रमणमा रहनु भएका परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेले आजबाट उच्चस्तरीय भेटवार्ता सुरु गर्दै हुनुहुन्छ ।
उहाँले आज नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्दै हुनुहुन्छ । भारतीय विदेशमन्त्री सल्मान खुर्सिदको निमन्त्रणमा घिमिरे नेतृत्वको टोली हिजो नयाँदिल्ली गएको थियो । घिमिरेको सम्मानमा खुर्सिदले हैदरावाद हाउसमा आजै दिवाभोजको आयोजना गर्नु भएको छ ।
भारतीय गृहमन्त्री सुशीलकुमार सिन्धे र विदेश सचिव सुजाथा सिंहसँग भेटवार्ता गरी मन्त्री घिमिरे नेतृत्वको टोली भोलि स्वदेश फर्किने छ ।
आज माघ १ गते अर्थात, माघे सक्रान्ति पर्व नेपालीहरुले हर्षोल्लासका साथ मनाउँदै छन् ।
जाडोबाट मुक्तहुने पर्वको स्वरुप माघे सक्रान्तिमा घ्यू, खिचडी, तील, तरुल सखर खण्डका परिकार खाने प्रचलन छ ।
आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मकर संक्रान्तिका रुपले पनि चिनिन्छ ।
मकर सङ्क्रान्ति स्नान गर्न जनकपुरको गंगासागर, धनुषसागर, दशरथ तलाउ, अरगजा पोखरी लगायत देशका विभन्न ठाउँमा रहेका नदी, तलाउ जलायशयहरुमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ ।
माघे सक्रान्ति सबै हिन्दू नेपालीहरुले नेपालीले मनाउने गरिएपनि जाति विशेषमा यस्को छुट्टै महत्व छ । थारु समूदायले माघे सक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउछ्न, मगर र नेवारी समूदायमा पनि यसको छुट्टै महत्व छ ।
तराईका आदिवासी थारुहरुले माघे सक्रान्तिमा वर्ष दिनको योजना बनाउने र आफ्नो समूदायको प्रमुख व्यक्ति चुन्ने पनि गर्छन् । यसैगरी मगर समुदायमा आफ्ना पुर्खाको स्मरण गरिन्छ ।
जाडोबाट मुक्तहुने पर्वको स्वरुप माघे सक्रान्तिमा घ्यू, खिचडी, तील, तरुल सखर खण्डका परिकार खाने प्रचलन छ ।
आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मकर संक्रान्तिका रुपले पनि चिनिन्छ ।
मकर सङ्क्रान्ति स्नान गर्न जनकपुरको गंगासागर, धनुषसागर, दशरथ तलाउ, अरगजा पोखरी लगायत देशका विभन्न ठाउँमा रहेका नदी, तलाउ जलायशयहरुमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ ।
माघे सक्रान्ति सबै हिन्दू नेपालीहरुले नेपालीले मनाउने गरिएपनि जाति विशेषमा यस्को छुट्टै महत्व छ । थारु समूदायले माघे सक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउछ्न, मगर र नेवारी समूदायमा पनि यसको छुट्टै महत्व छ ।
तराईका आदिवासी थारुहरुले माघे सक्रान्तिमा वर्ष दिनको योजना बनाउने र आफ्नो समूदायको प्रमुख व्यक्ति चुन्ने पनि गर्छन् । यसैगरी मगर समुदायमा आफ्ना पुर्खाको स्मरण गरिन्छ ।
जनकपुरधाम, ३० पुस ।
गाविसको हिसाबकिताब स्पष्ट नरहेको भन्दै स्थानीयहरुले धनुषाको तुल्सियाही जब्दी गाविस कार्यालयमा सोमबारदेखि अनिश्चितकालीन रिले अनसन सुरु गरेका छन् ।
गाविस सचिव चुल्हाई चौधरीले सोमबार गरेको परिषद्को आय–व्यय प्रष्ट नगरेको भन्दै राजनीतिक दलका प्रतिनिधि, युवा लगायत सरोकारबालाहरुले बेलुका ४ बजेदेखि रिले अनसन थालेका हुन् ।
गाविस सचिव चौधरीले पेश गरेको हिसाब किताब, पेश्की दिएको व्यक्तिको नाउ“ सार्वजनिक नगरेको तथा गाविसको बजेट समेत हिनामिना गरेको आशंकामा अंजय ठाकुरको अगुवाईमा अनिश्चितकालीन रिले अनसन थालेको हो ।
सामुदायिक मेलमिलाप समितिका स्थानीय सचिव सन्तोष कुमार महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका अब्दुल मनान, एमाओवादीका परमेश्वर ठाकुर, सद्भावनाका रामनन्दन महतो, मधेशी जनअधिकार फोरम, नेपालका जयनारायण यादव, वडा नागरिक मंचका लालबाबु महतो, शम्भु साह त्रिशुली युवा क्लबका प्रदिप यादव लगायत २५ जना गाविस सचिव चौधरी र प्राविधिक सहायक बैजनाथ यादव विरुद्ध रिले अनसनमा बसेका हुन् ।
गाविसको हिसाबकिताब स्पष्ट नरहेको भन्दै स्थानीयहरुले धनुषाको तुल्सियाही जब्दी गाविस कार्यालयमा सोमबारदेखि अनिश्चितकालीन रिले अनसन सुरु गरेका छन् ।
गाविस सचिव चुल्हाई चौधरीले सोमबार गरेको परिषद्को आय–व्यय प्रष्ट नगरेको भन्दै राजनीतिक दलका प्रतिनिधि, युवा लगायत सरोकारबालाहरुले बेलुका ४ बजेदेखि रिले अनसन थालेका हुन् ।
गाविस सचिव चौधरीले पेश गरेको हिसाब किताब, पेश्की दिएको व्यक्तिको नाउ“ सार्वजनिक नगरेको तथा गाविसको बजेट समेत हिनामिना गरेको आशंकामा अंजय ठाकुरको अगुवाईमा अनिश्चितकालीन रिले अनसन थालेको हो ।
सामुदायिक मेलमिलाप समितिका स्थानीय सचिव सन्तोष कुमार महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका अब्दुल मनान, एमाओवादीका परमेश्वर ठाकुर, सद्भावनाका रामनन्दन महतो, मधेशी जनअधिकार फोरम, नेपालका जयनारायण यादव, वडा नागरिक मंचका लालबाबु महतो, शम्भु साह त्रिशुली युवा क्लबका प्रदिप यादव लगायत २५ जना गाविस सचिव चौधरी र प्राविधिक सहायक बैजनाथ यादव विरुद्ध रिले अनसनमा बसेका हुन् ।
टुडे समाचारदाता
जनकपुरधाम, १ माघ ।
महोत्तरी जिल्लाको धमौरा गाविस वडा नम्बर ६ बस्ने ४० वर्षिय परभंस यादव गएराती देखि अपहरणमा परेकाछन ।
भाई ललित यादवको बिहाको निम्तो छिमेकी गाउ“ पर्सा देवाडमा बस्ने बहिनीलाइ दिएर भाञ्जी समेत फर्किरहेका यादवलाई रामगोपालपुर–लोहारपट्टी सडक खण्डको धमौरा–७बाट अज्ञात समुहले अपहरण गरेको परिवारजनले मंगलबार प्रहरीलाई जनाएकाछन ।
उनीस“गै रहेकी भाञ्जी नितु कुमारी यादवलाई परभंसको घर नजिक रातीमै छाडिएको र उनले चढेको मोटरसाइकल ज.२ प १२१८ नम्बरको मोटरसाइकल घटनास्थलमा नै छाडिएको अवस्थामा बिहान परिवारजनले फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकोछ ।
भाञ्जीलाई घर छाडेर परभंस अन्त कतै गएको हुन सक्ने आशंकामा परिवारजनले राती सोधखोजमा चासो नदेखाएको तर बिहान समेत सम्पर्कमा नआएपछि सा“झ प्रहरीलाई जानकारी गराइएको परिवारजनले जनाएकाछन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले यादवको खोजी भइरहेको जनाएकोछ ।तर उनको अवस्था अझै अज्ञात रहेकोछ । माघको पहिलो हप्तामै ललित यादवको बिहा हुने निश्चित भइसकेको अवस्थामा दाजु परभंसको अपहरणले परिवारमा चिन्ता र त्रास छाएकोछ ।
पुष २१ गते ÷महोत्तरीको बर्दिबास र गौरीबास गाविस आगामी फागुन १६ गतेसम्ममा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुने भएका छन् । यस अघि दुबै गाविसलाई सन् २०१३ अर्थात् यहि पुस १७ गते भित्रमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने भनिएको थियो । तर घोषणा अनुसार काम नहुँदा निर्धारित समयमा दुबै गाविस खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुन सकेनन् । दुबै गाविसमा गठित गाबिस स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आग्रहमा रेडक्रस सोसाइटीले खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अबधि दुई महिना थप गरेको हो । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नलाई सम्बन्धित गाविसका सबै घरमा शौचालय निर्माण भएको हुनु पर्ने प्राबधान छ । निर्धारित समयमा सबै घरमा शौचालय निर्माण नभएकाले सन् २०१३ भित्रमा गौरीवास गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न नसकिएको गौरीवास गाविसका सचिब ओम प्रकाश खड्काले बताउनु भयो । गौरीवास गाविसमा अब करिब ५० वटा घरमा मात्र शौचालय निर्माण हुन बाँकी छ । बर्दिवास गाविसमा भने अझै २ सय ७३ घरमा शौचालय निर्माण हुँन वाँकी रहेको रेडक्रस सोसाईटी महोत्तरीका सामाजिक सहजकर्ता पुरुषोत्तम प्रसाईंले जानकारी दिनुभयो । बर्दिवास गाविसको वडा नम्बर १ मा मात्रै सबै घरमा शौचालय निर्माण भएका छन् । बाँकी सबै वडाका केही घरमा शौचालय निर्माण हुँन बाँकी रहेको सहजकर्ता प्रसाईंको भनाई छ । बर्दिवासको वडा नम्बर २ मा २६ वटा, वडा नम्बर ३ मा ५३ वटा, ४ मा ४४ वटा, ५ मा ४० वटा, ६ मा ५३ वटा, ७ मा ८ वटा, ८ मा ५ वटा र ९ नम्बर वडामा ४४ वटा घरमा शौचालय निर्माण गर्न वाँकी छ । शौचालय निर्माण गर्न नसक्ने आर्थिक अबस्था भएका परिवारलाई निर्माण सामग्री सहयोग गरेर भएपनि समयमै शौचालय निर्माण गर्ने योजना गौरीवास र बर्दिवास गाविस कार्यालयले बनाएका छन् । जिल्ला रेडक्रस महोत्तरीले जिल्लाको दुई गाविस बर्दिवास र गौरीवासलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको थियो । कार्ययोजना अनुसार दुबै गाबिसमा काम नभएकाले घोषणा गर्न नसकिएको बताईएको छ ।
पुष २१ गते÷महोत्तरीको नैनी गाविस ७ बाट राजस्व चुवाहट गुल्मले शनिवार बिहान ४३ किलोग्राम गाँजा वरामद भएको छ । सीमामा हुने तस्करी नियन्त्रणको लागी महोत्तरीमा सशस्त्र प्रहरी सम्मिलत राजस्व चुवाहट गुल्मको गस्ती टोलीले उक्त गाँजा बरामद गरेको हो । चारवटा पोका बनाएर भारत तर्फ निकासी गर्न लैजादै गर्दा गाँजा बरामद भएको राजस्व चुवाहट गुल्मले जनाएको छ । गुल्मको गस्ती टोलीलाई देख्न साथ पोका छोडेर केही ब्यक्ती भागेको र शंखाको आधारका चेकजाँच गर्दा सो पोकामा गाँजा भेटिएकोे सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक भुवनेश्वर चौधरीले बताउनुभयो । बरामद भएको गाँजा गुल्मले जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको छ भने गाँजा बरामदको सम्बन्धमा अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिनुभएको । जिल्लाको बिभिन्न नाका हुदै गाँजा भारत तर्फ निकासी हुनेगरेको छ । महोत्तरीको बिभिन्न स्थान तथा मकवानपुर, पर्सा, रौतहटमा उत्पादन हुने गाँजा प्रहरी प्रशासनकै मिलेमतोमा भिट्टामोड नाका हुदै भारत तर्फ निकासी हुने नाकामा बसोबास गर्नेहरुले बताएका छन् ।
पैगम्बरको जयन्ती मनाइयो
मो.इन्तेखाव आलम
जनकपुरधाम, १ माघ ।
हरेक वर्ष झै पैगम्बर हजरत मोहम्मद सल्लालाहो अलौहे व सलमको जन्मदिनको अवसरमा इद मिलादुन नवी मनाइदैछ ।पैगम्बर हजरत मोहम्मद सल्लालाहो अलौहे व सलमको जन्म ५७९इस्वीमा अरबको मक्कामा भएको हो ।
इस्लामी तारेखको अनुसार यस वर्ष १४ जनवरीको उनको जयन्ती मनाइएकोछ ।पैगम्बर हजरत मोहम्मद सल्लालाहो अलौहे व सलम इस्लाम धर्मको सबै भन्दा महान नवी र आखिरी नबि हो ।
उनी स“धै सत्य वचन बोलेको र सत्यको साथ दिएको विश्वास छ ।उनको जन्म भएको बेला अरब मुलुकहरुको समाजिक अवस्था अत्यन्त खराब रहेको बताइन्छ ।महिलाहरुलाई सम्मान थिएन ।छोरीलाई जिउदै माटोमा गाडिन्थ्यो ।आपसी सदभाव र भातृत्व समाप्त भइसकेको थियो ।
तर यस्ता समाजिक कुरितीहरुर्लाइ समाप्त पार्न उनी लागि परेका थिए ।उनकै पहलमा अरब मुलुकमा महिलामाथि हुने अपमान, समाजिक सदभाव र भातृत्वको विकास भएको बताइन्छ ।
इद मिलादुन नवीको अवसरमा दुनिया भरीका मुसलमानहरुले रोजा, नमाज, कुरान, तेलावत, जुलुस आदी कार्यक्रमहरु आयोजना गर्छन ।
यसैबीच सर्लाहीमा पनि मुस्लिम समुदायले मोहम्मद सल्लाहो वसलमको १४३५ औं जन्म दिन भव्य रुपमा मनाएका छन् ।
प्रत्येक वर्ष उर्दु महिना १२ रविउल अव्वलको मनाइने जन्मदिन सर्लाही सदरमुकाम मलंगवालगाायत सुन्दरपुर, लक्ष्मीपुर, बैलवासलगायतको स्थानहरुमा विभिन्न कार्यक्रम गरि मनाइएको हो ।
बिहानैदेखि मुुसलिम समुदायको महिला तथा पुरुषहरु मदिना नामको झण्डा लिएर रुयालीली तथा मदिनाको नाम लिदै रुयाली निकाली मोहम्मद सल्लाहो वसलमको जन्मदिन मनाइएको छ ।
त्यस्तै सदरमुकाम मलंगवामा रहेको मदरसाबाट मुुसलिम समुदायको महिला तथा पुरुषहरुको सहभागितामा बाजागाजाको साथ मदिना नामको झण्डा लिएर रुयाली निकाली नगरपरिक्रमा गरिएको थियो ।
यसैगरि मुस्लिम धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४८८ औं जन्मजयन्तीका महोतरीमा विभिन्न कार्यक्रम गरी मंगलवार मनाईएको छ ।
हजरत मोहम्मदको जन्मजयन्तीकै अवसरमा जलेश्वरमा शान्ति रयालीको आयोजना गरियो ।
र्यालीले जलेश्वर नगरपालिकाको विभिन्न भागको परिक्रमा गरेका थिए ।मटिहानी, जलेश्वर, सुगा, प्रकौली, सुरयाही जलेश्वर लगायत दर्जनौ गाउका करिब पँचहजार संख्यामा मुस्लिम समुदायका छात्र छात्रा, महिला, बालबालिका, नागरिक समाज, शिक्षकहरुको सहभागीता रहेको थियो । त्यस्तै मुस्लिम समुदायका युवाहरुले मंगलबार नै जलेश्वरमा मोटरसाईकल र्याली समेत निकालिएको छ
गरिबी किशोर किशोरीको विकासको बाधक
रामहृदय यादव
जनकपुरधाम, १ माघ ।
धनुषा जिल्लाका किशोरकिशोरीहरुको विकासका मुख्य बाधकका रुपमा बालविवाह, दाइजो प्रथा, लैंगिकविभेद र अशिक्षा रहेको विश्लेषण गरिएको छ । भावी योजनामा किशोर र किशोरीको विकासका अवरोधलाई न्युनीकरण गर्ने उद्देश्यले जिल्लाको उमाप्रेमपुर, लक्ष्मीनिवास र धवौली गाविसमा गरिएको सर्वेक्षण अनुरुप सो विश्लेषण गरिएको हो । महिला तथा बालबालिका कार्यालय धनुषा र युनिसेफ नेपालद्धारा विभिन्न समुह गठन गरी स्थानीय तहमा अन्तरसम्वाद गरी विश्लेषण गरिएको छ ।
मंगलवार जनजकपुरमा आयोजित अन्र्तक्रिया कार्याक्रममा उक्त तथ्य प्रस्तुत गर्दै सहभागीहरुले अभिभावकको शिक्षाप्रति चासो नभएको कारणले पनि किशोर र किशोरीहरु विकास सन्दर्भमा अन्यौलमा रहेको बताए । कार्यक्रममा नेपालको कुल जनसंख्याको २२ प्रतिशत किशोर किशोरीहरुको संख्या रहेको तथ्यांक प्रस्तुत गरिएको छ । जसमा १५ देखि १९ वर्ष मुनिको विवाहित महिलाको संख्या २८.८ प्रतिशत र १५ देखि १७ वर्ष मुनिको १७ प्रतिशत आमाहरु रहेको बताइएको छ ।
दसदेखि चौध र पन्ध्रदेखि उन्नाइस वर्षका किशोर र किशोरीहरुमा गरिएको छलफलका आधारमा उनीहरुमा कुलत, सामाजिक विकृति र पारिवारिक आर्थिक अवस्थाको पीडा अधिक देखिएको सहभागीहरुले बताए ।
विद्यालय बालमैत्री नभएको, अभिभावकमा आफै सबैकुरा जान्ने गरेको अहरु्कार, जुवातास, छोरीलाई घरको व्यवहारिक काममा लगाउने तर पढाउनमा उदासिनता देखाउने प्रवृति पनि किशोर र किशोरीको विकासको बाधक देखिएको तथ्य पनि सहभागीहरुले औल्याए । कतिपय किशोरका बहिनीको विवाहमा दाइजो दिएका कारण अभिभावकलाई ऋणको भार भई किशोरलाई उचित शिक्षा दिलाउन नसकेको, किशोरीलाई अधिक पढाएमा दाइजोको समस्या उत्पन्न हुने, किशोरीलाई घरबाट टाढा निस्कन नदिने र दौत्तरी सम्बन्ध पनि उनीहरुको विकासको अवरोधक भएको सहभागीहरुले चर्चा गरे ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख वीणा श्रेष्ठले सोचको गरिबी र मुल्यमान्यताप्रति अन्धविश्वास पनि किशोर र किशारीको विकासको अवरोधका रुपमा रहेको भने ।
युनिसेफ नेपालका चन्दा सुब्बाले भौगोलिक विकटता पनि विकासको बाधक रहेको प्रसंग उल्लेख गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनाली, स्थानीय विकास अधिकारी गुरु प्रसाद सुवेदी, जनकपुर नगरपालिकाका कार्यकारी प्रमुख जगन्नाथ लामिछाने लगायतको उपस्थिति थियो ।
टुडे समाचारदाता
जनकपुरधाम, १ माघ ।
धनुषाको ठिल्ला यदुवा गाविसका प्राविधिक सहायक सहित तीन जना हतियारसहित पक्राउ परेका छन् । ठिल्ला यदुवा गाविसमा कार्यरत्त प्राविधिक सहायक धनुषाको गाविस मखनाहा–९ लवटोली बस्ने ३० वर्षिय भरत यादव मंगलबार बिहान हतियारसहित पक्राउ परेका हुन् ।
उनी लामो समयदेखि ठिल्ला यदुवा गाविसको प्राविधिक सहायकमा कार्यरत्त रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार दिउ“सो पत्रकार सम्मेलनको आयोजना गरी प्राविधिक सहायक यादवले लामो समयदेखि हातहतियार ओसारपसार तथा बेचविखन गर्दै आएको जनाए ।
प्रहरी उपरिक्षक उत्तम राज सुवेदीका अनुसार उनले भूमिगत संगठनसहित अपराधिक क्रियाकलाप गर्ने अन्य व्यक्तिहरुलाई पनि हातहतियार उपलब्ध गराउदै आएका थिए ।
मंगलबार बिहान जिल्ला प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले धनुषाको मखनाहा–९ लवटोलीबाट भरत यादवसहित गाविस सतोखर–२ कुसमाहा बस्ने ४० वर्षिय गंगा प्रसाद यादवलाई पक्राउ गरेको हो ।
यसअघि प्रहरीले सोमबार अखिल तराई मुक्ति मोर्चा (गोइत समूह) का केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज दिपक भनिने ३५ वर्षिय रघुनाथ यादवलाई पक्राउ गरिएको थियो । उनले दिएको बयानको आधारमा प्राविधिक सहायक यादवसहित अन्य एक जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक सुवेदीले बताए ।
आपूmलाई धनुषा जिल्ला इन्चार्ज बताउने रघुनाथ यादवले गएको चैत महिनामा जिल्ला विकास समितिमा बम विष्फोट गराएको, २०६९ साउन १६ गते जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा बम राखेको तथा जनकपुर नगरपालिका वडा नम्बर–८ आ“खा अस्पतालदेखि बलवाटोल जानेबाटोमा तयारी बम राखेको घटनाको मुख्य आरोपी समेत रहेको रघुनाथ यादव एकपटक प्रशासनको सम्पर्कमा आएका थिए । अवोपरान्त अपराधिक क्रियाकलाप नगर्ने भन्दै उनी प्रशासनको सम्पर्कमा आएको र पछि फेरी भूमिगत भएको प्रहरी उपरिक्षक सुवेदीले जनाए ।
तीन वटै घटनाको अनुसन्धान पूरा भइसकेको र प्रविण भन्ने मनोज कुमार साह, अर्जुन सिंह भन्ने अजित कुमार सिंह र रोशन भन्ने विकी साह र सोभित भन्ने सानु कुमार साहले पुर्पक्षको लागि कारागाज चलान भइसकेको छ भने रघुनाथ यादव फरार थिए । रघुनाथलाई सोमबार जिल्ला प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले धनुषाको प्रखे महुवा–४ स्थित भारतीय सीमाबाट नेपालतर्पm आउदै गरेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्राविधिक सहायक भरत यादव र गंगा प्रसाद यादवले रघुनाथ यादवलाई हतियार उपलब्ध गराउदै आएको थियो । यिनीहरुको साथबाट कटुवा पेस्तोल थान ६, सो मा प्रयोग हुने गोली ५ राउण्ड, मोबाइल थान ३, सीमकार्ड थान चार, भारतीय नम्बर बीआर ५०–९१७४ नम्बरको मोटरसाइकल, दिपक यादवको नाममा रहेको भारतीय ड्राइभिङ लाइसेन्स, फुड सप्लीमेण्ड कम्पनीको आई कार्ड एक थान र हाते घडी थान एक बरामद गरिएको छ । तीनै जना विरुद्ध मंगलबार हातहतियार तथा खरखजाना मुद्धा गरी आवश्यक अनुसन्धान थालिएको छ ।
रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले फिफा बालोन डि’ओर जितेका छन् । जुरिचमा भएको कार्यक्रममा फिफले मान्यता दिएका देशका फुटबल कप्तान, प्रशिक्षक र पत्रकारहरुको मतका आधारमा रोनाल्डो उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले २००८ पछि पहिलो पटक बालोन डि’ओर जित्ने क्रममा चार पटकका विजेता बार्सिलोनाका लिओनल मेस्सी र वार्यन म्युनिखका फ्रांक रिबेरीलाई पछि पारे ।
रोनाल्डोले १३६५ अंक पाएका छन् भने मेस्सीले १२०५ र रिबेरीले ११२७ अंक पाएका छन् । जसमा १८४ प्रशिक्षक, १ १८४ राष्ट्रिय कप्तान र १ सय ७३ पत्रकारले मतदान गरेका थिए । उनीहरुले मनोनयनमा परेका तीन खेलाडीलाई ५, ३ र १ अंक दिए ।
पुरस्कार घोषणापछि मञ्चमा सम्बोधनका लागि आएका रोनाल्डो निकै भावुक भएका थिए । ‘सबैभन्दा पहिले आफ्नो क्लब र राष्ट्रिय टोलीका सबै सदस्यलाई धन्यवाद दिन्छु । उनीहरु सबैको प्रयास विना यो सम्भव थिएन’ गहभरी आँसु पार्दै उनले भने–‘म निकै खुसी छु । यो पुस्कार जित्न निकै मुश्लिक छ ।’
उनले आफूसँग जोडिएका सबैलाई धन्यवाद दिँदै आफ्नो पत्नी, छोरा र साथीहरुलाई सम्झिए । सन् २०१३ मा उत्कृष्ट प्रदर्शन गरेका क्रिष्टियानो रोनाल्डोले ५६ खेलमा ६६ गोल गरेका थिए । रोनाल्डोले प्ले अफमा स्वीडेनविरुद्ध ह्याट्रिक गर्दै पोर्चुगललाई विश्वकपमा पुर्याएका थिए ।
चार पटकका विजेता मेस्सी भने चोटका कारण धेरै समय मैदानबाहिर रहे, जसका कारण उनलाई मुख्य दावेदार मानिएको थिएन । रिबेरीले गत सिजन वार्यन म्युनिखलाई च्याम्पियन्स लिगसहित ५ उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलका थिए ।
जर्मन गोलरक्षक नदीन आंगरर महिला उत्कृष्ट फुटबलर घोषित भइन् भने पुस्कार गोल अवार्ड जाल्टन इभ्राहिमोभिचले जिते । युद्धग्रस्त देशमा खेललाई बढवा दिएकोमा अफगानिस्तान फुटबल संघलाई फेयर प्ले पुरस्कार प्रदान गरिएको छ ।
नेपाल टेलिकमले नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमलाई एक वर्षसम्म प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्वन्धी सम्झौतामा मंगलबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुसार नेपाल टेलिकमले एकवर्षसम्म नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजकको रुपमा रहेर सहकार्य गर्नेछ । प्रायोजन वापत नेपाल टेलिकमले नेपाल प्रहरीको पुरुष फुटबल टिमलाई १६ लाख र र महिला फुटवल टिमलाई छ लाख गरी जम्मा २२ लाख रुपैयाँ उपलब्ध गराउने छ ।
यस्तै टेलिकमको होडिङ बोर्ड, व्यानर, वाल पेन्टिङ तथा विज्ञापनमा पुलिसका खेलाडीहरुलाई स्थान दिनेछ । विगत ३ वर्षदेखि नेपाल टेलिकमले नेपाल प्रहरीको पुरुष फुटबल टिमको प्रायोजन गर्दै आएकोमा यस वर्षदेखि महिला फुटवल टिमलाई समेत प्रायोजन गरेको छ ।
टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले प्रहरी महानिरीक्षक अर्याललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरे ।
युरोपियन एनआरएनहरुले परोपकारी राहतकोष संकलन गर्नको लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेका छन् । प्रवासमा रहेर कामको ब्यस्त जिवनशैली हुँदा हुँदै पनि आपत विपत परेको बेला र भैपरी आउने समस्याहरु समाधानका लागि राहत पुर्या उने उद्देश्यले बेल्जियम र पोर्चुगलमा राहत कोषको स्थापनार्थ सांगीतिक कार्यक्रमहरु भएका छन् ।
गैहृ आवासिय नेपाली संघ बेल्जियमले सुरुवात गरेको परोपकारी राहत कोषका लागि गरिएको सांगितिक कार्यक्रम मार्फत २७ हजार युरो संकलन भएको छ । संघका केन्द्रिय अध्यक्ष शेष घलेको उपस्थितिमा गरिएको उक्त कार्यक्रममा अध्यक्ष घले, संघका बेल्जियम अध्यक्ष प्रेम गुरुङ, संघका युरोपियन संयोजक अर्जुनकुमार श्रेष्ठको विशेष सहयोग रहेको छ ।
त्यसैगरी आइतबार पोर्चुगलको लिस्वनमा पनि नेपालीहरुलाई भैपरि आउने समस्याहरु समाधानकालागि राहतकोष संकलन गर्ने उद्देश्यले एक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
गैहृ आवासिय नेपाली संघ पोर्चुगलको आयोजनामा भएको उक्त सांगितिक कार्यक्रममा हमाल परिवारबाट सबैभन्दा बढी २२ सय २२ युरो २२ सेन्ट प्रदान भएको छ ।
यस्तै गैरआवासिय नेपाली संघ युरोपका संयोजक अर्जुन कुमार श्रेष्ठले ५ सय ५०, एनआरएन पोर्चुगलका अध्यक्ष एवं ब्यवसायी रमेश कुमार गुरुङले ५ सय १, कुमार श्रेष्ठले ५ सय ५, ब्यवसायी एवं जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले १ सय ५० लगायत अन्य थुप्रै व्यक्तिहरुबाट आर्थिक सहयोग उपलब्ध भएको छ ।
‘पोजेटिभ स्टेप’मा मिस मंगोल
संचारकर्मी अशोकप्यासी राइ यतिबेला बृत्तचित्र निर्देशनमा व्यस्त छन् । मिस मंगोल नेपाल २०१३ का विजेताले ताप्लेजुङ जिल्लाको मेहेले गाविस वाड नम्बर ९ मा अवस्थित किराँत राई विद्यालयको भवन निर्माण सहयोगार्थ संचालन गरेको अभियानमा यो बृत्तचित्र केन्दत छ ।
राइका अनुसार विजेताले विद्यालय भवन निर्माण गर्नको लागि गरेको यस अभियानबाट स्थानीयवासी उत्साहित छन् । दशैंअघि राजधानीमा वृहत सांगीतिक कार्यक्रम आयोजना गरी अभियानको थालनी गरिएको थियो । यो अभियान भवन निर्माण पुरा नभएसम्म जारी रहने मिस मंगोल नेपाल २०१३ मुस्कान लिम्बुले बताइन् । अहिले तीन कोठे भवन निर्माण कार्य भइरहेको छ ।
यो कमेडी चलचित्र ‘छ एकान छ’ ले देशभरका करिब ७० वटा हलबाट कमाएको ग्रस कलेक्शन हो । शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको यो सिनेमाले आइतबार र सोमबार भने चर्को कमाई गरेन । शुक्रबार देशभरबाट सिनेमाको कमाइ १८ लाख छ । यस्तै शनिबार निक्कै लोभलाग्दो व्यापार गर्दै ‘छ एकान छ‘ ले ३० लाख कमाएको छ । दुई दिनमा ४८ लाख कमाएको सिनेमाले आइतबार र सोमबार ओपनिङ डेको जत्तिको व्यापार पनि गर्न सकेन ।
यो सिनेमाले आइतबार र सोमबार १७ लाखको व्यापार गर्दै ४ दिनमा ६५ लाखको ग्रस कलेक्शन गरेको छ । सोमबार उपत्यका बाहिर सिनेमाको व्यापार केही कमजोर देखिएको छ । सोमबार सिनेमाले मोफसलका हलमा २ लाख ८८ हजारको व्यापार गरेको छ । यसरी हेर्दा ‘छ एकान छ’ले काठमाण्डौका मल्टिप्लेक्सको महंगो टिकटको फाइदा उठाएको देखिन्छ ।
वुधबार सार्वजनिक बिदा परेकाले पनि देशभरबाट नै यसको व्यापार उकासिने विश्वास गरिएको छ । सिनेमाले एक सातामा ८० लाख ग्रस कलेक्शन गर्ने छनक देखाएको छ । यदि सिनेमाले एक सातामा ८० लाखको व्यापार गरेको खण्डमा निर्माताको हातमा ३० देखि ३२ लाख पर्नेछ । निर्माणपक्षले ५० लाख लागेको बताउँदै आएको यो सिनेमालाई नेपालबाट मात्र लगानी उठान दोश्रो सातामा राम्रै कमाइ गर्नुपर्ने हुन्छ ।
तर ‘छ एकान छ’ ले निर्माताको गोजीमा सबै ओभरसिज कमाइ भने राखिदिने छ । यो बर्ष प्रदर्शनमा आएका सफल र निर्माता बचाउँने सिनेमाको सूचिमा ‘छ एकान छ’ पनि पर्ने लगभग निश्चित छ ।
केकी र बाबु बोकेर राजेश पूर्वमा
देशभरका अन्य स्टेशन भन्दा पूर्वमा राम्रो प्रतिक्रिया आएपछि चलचित्र ‘बितेका पल’का निर्माता राजेश घतानी कलाकार बोकेर त्यता लागेका छन् । नायिका केकी अधिकारी, नायक बाबु बोगटीका साथमा उनी पूर्व लागेका हुन् । सिनेमाका कलाकारले दर्शकसँगै बसेर सिनेमा हेर्नेछन् । वुधबार बिदाको दिन चलचित्रका कलाकारले विर्तामोडको अन्नपूर्ण टाकिज, दमकको दमक चित्र मन्दिर र धरानको गणेश टाकिजमा दर्शकसँगै सिनेमा हेर्नेछन् । दर्शकसँग सिनेमा हेर्न नव कलाकार अभिनाश गुरुङ पनि सहभागी हुनेछन् । पूर्वमा राम्रो व्यापार गरिरहेको यो सिनेमाले कलाकारको साथ पाउने भएपछि झनै गतिलो कलेक्शन गर्ने आशा गरिएको छ ।
पप्पु भन्छन्, ‘नेफ्टा अवार्डलाई सहयोग नगर्ने कुरै छैन’
२०७० पुष ३० गते १५:५० मा प्रकाशित
नेपाल चलचित्र प्राविधिक संघ र सुवास इन्टरटेन्मेन्टले मलेसियामा माघ १७ गते आयोजना गर्न लागेको ‘छैटौ नेफ्टा अवार्ड‘को लागि राज्य स्तरबाट सहयोग नभएको गुनासो आइरहेको छ ।
विदेशमा एउटा चलचित्र सम्बन्धी संस्थाले गर्न लागेको अवार्ड कार्यक्रममा चलचित्र बिकास बोर्ड मौन छ । नेपाली सिनेमाको बिकास र विस्तारका लागि नेपाल बाहिर हुन लागेको अवार्डलाई राज्यको तर्फबाट हौशला मिल्नु पर्ने तर्कहरु पनि नआएका होइनन् ।
यस बिषयमा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैत्ता ‘पप्पु’ पनि जानकार छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले बोर्डले सहयोग नगर्ने भन्ने त कुरा नै नभएको भन्दै चाडै नै निर्णय गरिने जनाएका छन् । बोर्डमा यतिबेला सदस्य नभएकाले पनि निर्णय लिन गाह्रो भएको उनको भनाई छ । केही रकम बोर्ड अध्यक्ष आफैले निर्णय गर्न सक्छन् । तर ठूलै रकम सहयोग गर्नु परेको खण्डमा बोर्ड अध्यक्षले बैठक बोलाउनु पर्ने हुन्छ ।
बोर्डमा सहयोगका लागि निवेदन आएको भन्दै पप्पुले प्राविधिक संघलाई सहयोग गर्न आफूहरु तयार भएको बताए । केही दिनमै सदस्यहरुको नियुक्ती हुने भन्दै उनले त्यस लगतै निर्णय गरेर सहयोग गर्ने जनाएका छन् ।
३० पुस, काठमाडौं । नेपाल बैंकर्स एशोसिएसनका पदाधिकारीहरुले सुरक्षित कारोवार ऐन तत्काल लागू गर्न सरकारसँग आग्रह गरेका छन् । एशोसिएसनका पदाधिकारीहरुले अर्थमन्त्री शंकरप्रसाद कोइरालासंग भेट गरी बैंकिङ सेवालाई सहज र विवादमुक्त बनाउन ऐन आवश्यक भएको बताए ।
बैंक सञ्चालकहरुले वर्षेनी सात अरबभन्दा बढी राजश्व बुझाउने वाणिज्य बैंकहरुलाई सरकारले सम्मान व्यक्त गरेर ओझेल परेको छवि सुधार्न मद्दत गर्नुपर्ने बताए ।
सो अवसरमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उत्तरार्द्धमा सरकारले कुनै नीतिगत निर्णय गर्न नसके पनि भएको कानुनले निर्देशित गरेका विषयलाई गम्भीर भएर लागू गर्ने आश्वासन दिए ।
उनले कर्जा सूचना केन्द्र वा सरोकारवाला निकाय मार्फत बैंकर्सहरुका समस्या समाधान गरिने वचन दिए ।
अर्थ सचिव शान्तराज सुवेदीले वाणिज्य बैंकका साझा मुद्दाका विषयमा आफू गम्भीर रहेको र समाधानका लागि तत्काल प्रयास थाल्ने बताए ।
-भरतमोहन अधिकारी, पूर्वअर्थमन्त्री एवं एमाले नेता
कम्युनिष्ट नेता मनमोहन अधिकारीका सहोदर भाइ भरतमोहन अधिकारी एमालेको पहिलो नौ महिने सरकारमा अर्थमन्त्री थिए । पटक-पटक अर्थमन्त्री बनिसकेका अधिकारी दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट सभासद चुनिएका एमालेका ज्येष्ठ सभासद हुन् । संविधानसभा निर्वाचनमा एमालेको आर्थिक कमाण्ड सम्हालेका अधिकारीसँग अनलाइनखबरले उनीमाथि लाग्ने गरेका व्यक्तिगत आरोप, एमालेको चुनावी खर्च र संविधान निर्माणका आधार आदि विषयमा कुराकानी गरेको छ ।
आफू कम्युनिष्ट भए पनि गान्धीबाट प्रभावित बताउने अधिकारीले आफू पैसा कमाउन राजनीतिमा नलागेको र अहिलेसम्म काठमाडौंमा डेरामै बस्दै आएको बताएका छन् । युवाहरुलाई उनको सल्लाह छ- पैसा कमाउने भए राजनीतिमा नलाग, उद्योग, या कृषि व्यवसाय गर ।
मारवाडी समुदायका व्यापारीसँग तपाईंको नजिकको सम्बन्ध छ रे नि ?
-बिराटनगरका गोल्छा परिवारसँग मेरो सम्वन्ध बालकालदेखिकै हो । तर, व्यापारीसँग सबैभन्दा कम सम्बन्ध राख्ने मान्छे मै हुँ । मलाई कुनै लोभ छैन, लोभ भएदेखि मैले व्यापारीसँग सम्बन्ध राख्थें । अहिले पनि म एउटै घरमा १५ वर्षदेखि भाडामा बसिरहेको छु ।
पैसा कमाउन मैले राजनीति गरेको होइन । युवापुस्तालाई पनि म त्यही भन्छु । पैसा कमाउने हो भने उद्योग खोल्दा, व्यापार गर्दा खोल्दा राम्रो हुन्छ ।
पैसा कमाउन हिँडेको भए मैले आरामले कमाउने थिएँ । उहिले काठमाडौंमा दुई तीनसय रुपैयाँ प्रतिआना जग्गा पाइन्थ्यो, मैले कलेज पढ्दा ट्युसन पढाएरै मासिक ५/७ सय कमाउँथे । पैसाको पछि लाग्ने भए मैले व्यापारीहरुसँग मिलेर दुई नम्बरी काम गर्नै पर्दैनथ्यो, सहजै कमाउने थिएँ । म कम्युनिष्ट भए पनि गान्धीलाई मान्ने मान्छे हुँ । म पाँचपटक अर्थमन्त्री भइसकेको मान्छे । मन्त्री पदबाट बाहिरिएपछि फर्केर आउने यही डेरामा हो । त्यसैले राजनीतिलाई पैसा कमाउने माध्यम बनाउनु देशमाथि खेलवाड गर्नु हो ।
भनेपछि तपाईमाथि लगाइएको आरोप निराधार रहेछ हैन ?
-तपाईले मेरो बारे कुनै केस सुन्नुभएको छ ? ज्ञानेन्द्र शाहको शासनमा शाही आयोग गठन गरेर पनि मलाई फसाउने प्रयास भयो । यदि म पैसाको पछि लागेको भए त मलाई त्यतिखेरै फसाइजान्थे नि । म उमेरले ७७ वर्षको भइसकें, मैले सम्पत्ति कमाएर काठमाडौंमा घर बनाएको भए यतिखेरसम्म कसरी लुक्न सक्थ्यो र ? यदि मैले सम्पत्ति लुकाएको कसैले देखाउन सक्छ भने म दण्डित हुन तयार छु । मैले त्यस्तो गरेको भए त जीवनमा देखिनुपर्यो नि । कि भरतमोहनले स्वर्गमा लैजानका लागि यो सब गरिरहेको छ भन्नुपर्यो । म त ७७ वर्षको भैसकें । ०५१ सालदेखि २१ वर्ष म मन्त्री भैराखेको छु ।
तर, तपाईंमाथि अर्को आरोप छ कि तपाईंले छोरीहरुका नाममा कलंकीमा, कुपन्डोलमा घर बनाउनुभएको छ रे ?
-मेरा छोरीहरु आफैं आत्मनिर्भर छन् । सबैले जागिर खाएर महिनाको लाखभन्दा बढी कमाइरहेका छन् । उल्टै उनीहरुले मलाई खर्च पठाइदिने गरेका छन् । उल्टै म छोरीहरुसँग निर्भर छु, अनि मैले कसरी सम्पत्ति कमाएको आरोप लाउन मिल्छ ? मेरा छोरीहरुलाई मेरा विदेशी मित्रहरुको सहयोगमा पढाएको हुँ ।
मैले पार्टीमा इमान्दारितापूर्वक काम गरेको हुनाले मलाई फाइदा भयो । छोरी पढाउन मलाई बाहिरबाट सहयोग भयो । मेरी जेठी छोरीलाई इण्डियामा ज्योति बसुले पढाए । ऊ एमबीबीएस भई, एमडी भई । अहिले सिक्किममा प्रफेसर छे, दुलाहा इञ्जिनियर छन्, उनीहरुले ८/१० लाख महिनाको कमाइराखेका छन् ।
माइली छोरीलाई चीन सरकारले पढाइदियो । अहिले ऊ काठमाडौंमा छे, उसले आफैं मासिक ४/५ लाख रुपैयाँ कमाउँछे । ज्वाइँ कृष्ण आचार्य आफैं पनि घरानाका हुन् । कान्छी छोरी दुबईमा छे, उसले पनि महिनाको ४/५ लाख रुपैयाँ कमाउँछे । उनीहरुले बरु मलाई सहयोग गरिराखेका छन् । अस्ति छोरीले मलाई बर्थडेमा मोबाइल किनेर ल्याई । योभन्दा बढी के भन्ने मैले ? एकदिन म यातायात मन्त्री हुँदा के आयो भने सिलगढीमा भरतमोहनले सिक्किममा रहेकी छोरीका नाममा दुई सयवटा ट्याक्सी चलाइरहेको छ भन्ने प्रचार भयो । यो अलि कति डाह र ईष्र्या पनि हो ।
नेपालका नेताप्रति जनतामा किन यति साह्रो नकारात्मक सोच आएको होला ?
-हिन्दूस्तानमा नेताहरुलाई पूज्ने गरिन्छ, तर नेपालमा भने जनताले नेताहरुलाई गाली मात्रै गर्छन् । हाम्रो देशमा पनि त छन् नि २० वर्षसम्म जेल बसेका नेता । वास्तवमा हाम्रो राजनीति विविध कारणले दुषित भएको छ । राजनीतिलाई सेवाका लागिमात्र प्रयोग नगरी कमाइको माध्यम बनाइँदा नेताहरु जनताका नजरमा गिरेका हुन् ।
प्रशंग बदलौं, एमालेले दोस्रो संविधानसभा चुनावमा कति पैसा संकलन गर्यो ?
-हामीले झण्डै ७ करोड रुपैयाँ संकलन गरेका थियौं । यसपालि ६ करोड ८० लाख रुपैयाँ चुनावमा खर्च गरेका छौं ।
एमालेले चुनावमा पारदर्शीरुपमा पैसा उठाएन भन्ने छ नि?
-हामीले पारदर्शीरुपमा पैसा उठाएका हौं । रसिद वितरण र बैंकमा खाता खोलेर हामीले पैसा संकलन गरेका थियौं । हामीले संकलन गरेको सबै रकमको हिसाव किताव जनताले बुझ्ने गरी हामी सार्वजनिक गर्छौं । हाम्रो आम्दानी र खर्च विवरण चाँडै निर्वाचन आयोगमा बुझाउन लागेका छौं । एमालेको आर्थिक विभाग प्रमुख भएकाले दाबाका साथ भन्छु, अन्य पार्टी भन्दा पारदर्शिताको सवालमा एमाले एक कदम अगाडि छ ।
हामीले चन्दा संकलन गर्दा मेरो हस्ताक्षर भएको रसिदबाहेक अन्य कुनै वितरण गरिएको छैन । त्यसैले पार्टीमा आएको चन्दा दुरुपयोग नभएको कुरामा तपाईंहरु ढुक्क भए हुन्छ ।
चुनाव पछाडि मैले पार्टीका नेताहरुलाई प्रष्ट भनिदिएको छु, यसपटक आर्थिक सहयोग उठाउँदा बेथिति भएको कुरा । संस्थागतभन्दा बढी नेता कार्यकर्ता र उम्मेदवारले पनि व्यक्तिगत पहलमा चन्दा उठाउँदा एमालेमा आर्थिक अराजकता भएको कुरा पार्टीले गम्भीरतापूर्वक लिएको छ । अहिले एमालेलाई जनताले माया गरेर जसरी एक सय ७५ सिट ल्याएको त्यसलाई कायम गर्ने हो भने हामीभित्रका विकृतिलाई हटाउनै पर्छ । अरुभन्दा राम्रो भए पनि हामी पूरै चोखा छौं भन्ने होइन, त्यसैले देश सुधार्छु भन्ने पार्टीले पहिले आफ्नो घरको विकृति बढार्ने हिम्मत गर्नु जरुरी छ ।
राज्यलक्ष्मी गोल्छालाई कसरी सभासद बनाइयो ?
०६४ सालमा हामीले विनोद चौधरीलाई ल्याएका थियौं । योपटक पहिलो सदनमा आइसकेकालाई नदोहोर्याउने भनेपछि राज्यलक्ष्मीलाई ल्याएका हौं ।
राज्यलक्ष्मी उद्योगी परिवारकी महिला हुन्, त्यसमाथि एकल महिला पनि । उनलाई सभासद बनाउने कुरा झलनाथ खनाल र विद्या भण्डारीले प्रसताव गर्नुभएको हो । उनलाई एमालेले पैसाको सौदाबाजी गरेर सभासद बनाएको होइन । उनको सकृयता र सामाजिक पृष्ठभूमिको मूल्याङ्कन गरेर ल्याइएको हो ।
रामकुमारी झाँक्रीलाई किन ल्याउनुभएन त ?
-रामकुमारी झाँक्रीलाई हामीले गुल्मी १ बाट प्रत्यक्षमा चुनाव लड्न भनेका थियौं । रामकुमारी झाँक्रीलाई मैले मात्र होइन, पार्टीले पनि माया गरेको छ । रामकुमारीलाई नल्याई राज्यलक्ष्मीलाई ल्याइयो भन्ने कुरा सर्वथा गलत हो । रामकुमारीजी १३ जना जनजाति महिलाको कोटामा हुनुहुन्थ्यो भने राज्यलक्ष्मी मधेसीको कोटामा त्यसैले यी दुईलाई दाँज्नु मुर्खताबाहेक अरु केही होइन ।
रामकुमारीजत्तिकी खारिएकी राजनीतिक युवाले एकपटक सभासद नहुँदैमा निराश र आक्रोशित हुनुहुन्न । सबैको पालो आउँछ, उहाँले पनि पार्टीमा सकृय भएर लाग्नुभयो भने अर्कोपटक पालो आइजान्छ नि । रामकुमारीजीले मगर जातिबाट आएर जनआन्दोलनमा देखाउनुभएको बहादुरीको पार्टीले उच्च मूल्यांकन गरेको छ । त्यसैले अहिलेको मौका आएन भनेर उहाँले यसलाई जीवनकै अन्तिम अवसर भनेर निराश हुनु बेठीक हो ।
तर, राज्यलक्ष्मीबाट मोरङका केही नेताले पैसा लिएको चर्चा छ नि ?
मैले अघि नै भनिसकें, हाम्रा नेता कार्यकर्ता सबै चोखा छन् भन्ने होइन । योपटक पनि गम्भीर समस्या आएकै हो । हामीले योपटक गरेका कमजोरी सच्याएर जानैपर्छ । नत्र पार्टी विकृतिको दलदलमा फस्छ । पार्टीको चन्दा कसले उठाउने ? त्यो नियम बन्नुपर्यो । यदि पार्टी अध्यक्ष वा अरु कसैले व्यक्तिगतरुपमा चन्दा उठाएको पाइए कारवाही गर्नुपर्छ । देश बनाउने भनेर लागेको पार्टीले आफूमा विकृतिको डंगुर राखेर बस्दा कसरी देशको उभो लाग्ला । त्यसैले यसतर्फ हामी गम्भीर हुनैपर्छ ।
तपाई ०४७ सालको संविधान निर्माण पनि संलग्न हुनुहुन्थ्यो, योपटक संविधान निर्माणमा तपाईंको भूमिका कस्तो रहन्छ ?
-०४७ सालको संविधान वामपन्थी, राजावादी र कांग्रेसीहरु मिलाएर बनाइएको हो । ०४६ सालको जनभावनालाई संस्थागत गर्ने गरी ०४७ सालको संविधान निर्माण गरिएको हो । ९ जनाको समिति रहेर पनि हामीले सहमतिका साथ त्यो संविधान बनाएका थियौं । ०४७ को संविधान वामपन्थीहरुको प्रमुख पहलमा बनेको हो । संविधानका केही विषयमा असहमति भए पनि त्यो बेला राजाका अधिकार खोसेर जनतालाई सार्वभौम बनाउने गरी हामीले संविधान जारी गरेका थियौं । बामपन्थी, राजवादी र कांग्रेस मिलेर पनि बन्छ ? भन्ने अवस्थामा हामीले मिलेर संविधान बनाएका थियौं ।
बामपन्थीहरुको आलोचनात्मक समर्थन र राजावादीहरुले नोटअफ डिसेन्ट लेखे पनि हामीले संविधान भने जारी गरेका थियौं । हामीले बनाएको संविधान दुनियाँले स्वीकारेका थिए । राजाले पनि त्यही संविधानलाई सहर्ष स्वीकारेका थिए । त्यसैले अहिले पनि सहमतिका साथ अघि बढे संविधान जारी हुन सक्छ ।
अहिलेको संविधान कसरी लेख्ने त ?
-अब लेखिने संविधानले गणतन्त्रलाई संस्थागत गर्न सक्नुपर्छ । ५० वर्षदेखि जनताले लोकतन्त्रका लागि गरेको बलिदानलाई अब संस्थागत गर्नु जरुरी छ । अब लोकतन्त्रलाई कसैले चलाउन नसक्ने गरी संविधान लेख्नु जरुरी छ । दोस्रो, संविधानसभाको निर्वाचनबाट जनताले जातीय संघीयता, एक मधेस एक प्रदेशजस्ता मुद्दा अस्वीकार गरेको अवस्था छ । जहाँबाट यी नारा उठाइयो, त्यहीँका नागरिकले जातीयताको विपक्षमा मत प्रकट गरेको अवस्था छ । जनतमलाई लिएर संघीयता बनाइनुपर्छ, साझा जातीय पहिचानलाई स्थापित गर्नुपर्छ । स्थानीय निकायलाई शक्तिशाली बनाएर अघि जानुपर्छ । अहिलेको लोकतन्त्र ०४७ सालको जस्तो होइन अब त समावेशी हुनुपर्छ ।
लोकतन्त्र संस्थागत गर्न के गर्ने ?
-राजनीतिक अधिकारमात्र भएर अब पुग्दैन । सुकुम्बासी, हलिया र कृषकहरुको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि ल्याउने संविधान हुनुपर्छ । जनताले अब आर्थिक समृद्धि चाहेका छन्, यो संविधान र गणतन्त्रले घरको जीवनस्तर राम्रो होस् भन्ने जनचहानाको संवोधन गर्न सक्नुपर्छ । अब त्यसतर्फ नजाने हो भने लोकतन्त्र दिगो हुन सक्ने आधार छैन ।
भनेपछि असहमतिका बावजुद संविधान जारी गर्ने होला होइन ?
-संविधानका मूलभूत कुरामा सम्झौता गर्न सकिन्न । जनताले अस्वीकार गरेका एकल जातीय पहिचान र एक मधेस एक प्रदेशलाई स्वीकार्न सकिन्न । नयाँ संविधान जारी गर्दा मोहन वैद्यहरुलाई पनि समेटेर लानु आवश्यक छ । सबैलाई समेटेर संविधान जारी गर्न सकिन्छ । पहिलो संविधानसभामा सहमति नजिक पुगेका बुँदाहरुलाई दोस्रो संविधानसभामा छलफल गरेर अघि बढ्नु जरुरी छ ।
सभासद भएपछि व्यक्तिगतरुपमा तपाईं अहिले के गर्दै हुनुहुन्छ ?
-मैले संविधानसभामा गएर त्यहाँ पहिलो संविधानसभाले बनाएका अवधारणापत्रको अध्ययन गर्दैछु । योपटक संविधान बनाउन सबैले मेहनेत गर्नु आवश्यक छ । सहमतिबाटै संविधान बनाउनपर्छ, यदि बनेन भने बहुमतीय प्रणाली त छदैंछ ।
हतारमा अघि बढ्नु हुन्न । पहिलो संविधानसभाले बनाएका अवधारणापत्रलाई संविधानसभामा छलफल गराएर अघि बढ्न सकियो भने सहमतिको नजिक पुग्न सकिन्छ । संविधानसभा आएका नयाँ दलका साथीहरु र संविधानसभा बाहिर भएका साथीहरुको भावनालाई सम्वोधन गर्न सकेमा हाम्रा नाति पुस्तासम्मले संविधानका लागि झगडा गरिरहनुपर्दैन ।
एकवर्षमै संविधान बन्नेमा तपाईं ढुक्क हुनुहुन्छ ?
-चुनाव भएकै दुई महिना भइसकेकाले अब कम्तिमा पनि हाउस शुरु भएको वर्ष दिनमा चाँहि संविधान बनाइसक्नुपर्छ । यदि त्यसो हुन सकेन भने केही महिना समय थपेर जनताको संविधान बनाइनु नै अबको अन्तिम विकल्प हो । यसपटक सबैको बुद्धि पलाएकाले संविधान बन्ने कुरामा म ढुक्क छु ।
३० पुस, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार करिब एकघण्टा लगाएर राजनीतिक प्रतिवेदन वाचन गरे । पार्टीको हेटौडा महाधिवेशनले खारेज गरिसकेको पूर्वपोलिटब्यूरो सदस्यहरुको बैठकमा अध्यक्ष प्रचण्डले करिव २० पृष्ठ लामो राजनीतिक प्रतिवेदन पढेर सुनाएका हुन् ।
‘संविधानसभाको निर्वाचन- २०७० को समीक्षा र पार्टी पुनःनिर्माणको ऐतिहासिक आवश्यकता सम्बन्धमा राजनीति र संगठनात्मक प्रस्ताव शीर्षकको उक्त प्रस्ताव प्रचण्डले पढेर सुनाएको प्रवक्ता अग्नि सापकोटाले बताए ।
एकीकृत नेकपा माओवादीभित्र पूर्वपोलिटब्यूरो नामको संरचना खडा गरेर केन्द्रीय समितिलाई बाइपास गरिएको गुनासो केही केन्द्रीय सदस्यहरुले गर्दै आएका छन् । हेटौडा महाधिवेशनले विघटन गरिसकेको पोलिटब्यूरोलाई असन्तुष्ट केन्द्रीय सदस्यहरुले ‘मरिसकेको पोलिटब्यूरो’को संज्ञा दिँदै आएका छन् ।
एक पूर्वपोलिटब्यूरो सदस्यले अनलाइनखबरसँग भने, ‘अध्यक्षले प्रतिवेदनको पूरै पाठ पढेर सुनाउनुभयो, हामीले आफ्ना कुरा बुधबार राख्छौं, त्यसपछि शीर्षनेता बोल्नुहुनेछ ।’ उनका अनुसार प्रचण्डको प्रतिवेदनमा अध्यक्षबाटै आत्मालोचना गर्नुपर्ने, तलदेखि सम्मेलन गर्दै विशेष मधहाधिवेशनसम्म जाने, सरकारमा सहभागी नहुने, केन्द्रीय समिति ९९ सदस्यीय बनाउने, जनताको वीचमा जाने लगायतका विषयहरु परेका छन् ।
प्रवक्ता अग्नि सापकोटाका अनुसार प्रचण्डको प्रतिवेदनमा संविधानसभाको निर्वाचन ०७० को समीक्षा गरिएको छ । साथै प्रतिवेदनमा पार्टी निर्माण बारे, सहिद तथा बेपत्ताहरु परिवारबारे, पार्टी पुनःनिर्माण बारे आदि उपशीर्षकहरु रहेको सापकोटाले जानकारी दिए । अध्यक्षको प्रतिवेदनमा पार्टी शुद्धीकरण र सुदृढीकरण एवं नेताहरुको दैनिक आचरण कस्तो हुने भन्ने पनि उल्लेख छ ।
प्रचण्डको प्रस्तावमा कार्यकर्ताको परिभाषा र कार्यविभाजन, कार्यकर्ता व्यवस्थापन, पार्टी एकता र पार्टी पुननिर्माणको प्रक्रिया लगायतका विषयमा नयाँ ढंगले सुरुवात गर्नुपर्ने उल्लेख रहेको प्रवक्ता सापकोटाको भनाइ छ ।
सापकोटाका अनुसार विहीबार औपचारिकरुपमा केन्द्रीय समितिमा पेस हुने प्रतिवेदनमा बुधबारदेखि सबै पूर्वपोलिटब्यूरो सदस्यले आफ्ना टिप्पणी राख्नेछन् । पूर्वपोलिटब्यूरो सदस्यले आफ्ना धारणा राखिसकेपछि कार्यालयका तर्फबाट पोष्टबहादुर बोगटी, नारायाकाजी श्रेष्ठ, बाबुराम भट्टराई र प्रचण्डले धारणा राख्ने एमाओवादी प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।
मंगलबार पेरिसडाँडामा पूर्वपोलिटब्यूरोको बैठक बस्नुअघि सानेपास्थित भट्टराई निवासमा शीर्षनेतावीच छलफल भएको थियो । सो छलफलले पूर्वपोलिट ब्यूरोस्तरमा प्रतिवेदनमाथि छलफल सकेरमात्रै केन्द्रीय समितिमा लैजाने सहमति भएको अर्का एक नेताले अनलाइनखबरलाई बताए ।
ज्ञानेन्द्र खड्का
३० पुस, काठमाडौं । नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं आर्थिक विभाग प्रमुख भरतमोहन अधिकारीले नेकपा एमालेजस्तो पारदर्शी पार्टी नेपालमा अरु नभएको बताएका छन् ।
कसैले पैसा कमाउने भए राजनीतिको साटो कृषि व्यवसाय या उद्योग गरे हुने अधिकारीको सुझाव छ । पैसा कमाउनका लागि राजनीतिमा लाग्नेहरुकै कारण नेपालमा नेताप्रति जनताको वितृष्णा बढेको अधिकारीको बुझाइ छ ।
‘पैसा कमाउन मैले राजनीति गरेको होइन । युवापुस्तालाई पनि म यही भन्छु, पैसा कमाउने हो भने उद्योग खोल्दा, व्यापार गर्दा राम्रो हुन्छ,’ अधिकारीको थप भनाइ छ, ‘मलाई कुनै लोभ छैन, लोभ भएदेखि मैले व्यापारीहरुसँग सम्बन्ध राख्थें ।’
कलंकी नजिकै निवासमा एमाले नेता अधिकारीले अनलाइनखबरसँग भने -’अहिले पनि म एउटै घरमा १५ वर्षदेखि भाडामा बसिरहेको छु । म कम्युनिष्ट भए पनि गान्धीलाई मान्ने मान्छे हुँ । पाँचपटक अर्थमन्त्री भइसकेको मान्छे, मन्त्री पदबाट बाहिरिएपछि फर्केर आउने यही डेरामै हो । राजनीतिलाई पैसा कमाउने माध्यम बनाउनु देशमाथि खेलवाड गर्नु हो ।’
‘तर, तपाईको सम्बन्ध मारवाडी समुदायका व्यापारीसँग बढी छ भन्ने सुनिन्छ नि ?’ अनलाइनखबरको यस्तो प्रश्नमा अधिकारीले बिराटनगरका गोल्छा परिवारसँग आफ्नो सम्बन्ध पुरानो रहेको र बिराटनगरमै जन्मे- हुर्केकाले मान्छेहरुले त्यस्तो भन्ने गरेको स्पष्टीकरण दिए । तर, आफू कम व्यापारीसँग सम्बन्ध भएको नेतामा पर्ने उनले बताए ।
आफू डेरामै बसेपछि राजधानीमा छोरीलाई घर बनाइदिएको आरोप छ नि भन्ने अर्को प्रश्नमा अधिकारीले आफ्ना तीनवटै छोरीले मासिक लाखभन्दा माथिको आम्दानी गर्ने गरेको र आफूलाई समेत खर्च दिने गरेको बताए ।
दिल्लीमा लामो समय उपचार गरेर, मुटुको शल्यक्रियासमेत गरेर फर्केका, नाताले मनमोहन अधिकारी भाइ पर्ने ७७ वर्षीय अधिकारीले भने, ‘अहिले म पूर्णरुपमा स्वस्थ छु, डाक्टरले पनि मलाई सक्रिय रहनू भन्ने सल्लाह दिएका छन् । सभासदमा नाम परेपछि त झन् एक वर्षमा संविधान कसरी बनाउने भनेर म अझ सक्रिय भएको छु ।’
०४७ सालको संविधान निर्माणमा वाममोर्चाका तर्फबाट भाग लिएका अधिकारीले सबैलाई मान्य हुने संविधान जारी गर्न नसकिने तर, सबैका भावना समेटिने संविधान करिब डेढ वर्षमा जारी गर्न सकिने बताए ।
हाम्रो परिवार पुख्र्यौली थलो रोल्पाबाट दाङको टिकरी झरेको हो । वैशाख १ गते म त्यहीँ जन्मिएँ । टिकरी विकट गाउँ थियो, स्कुल जान नै दुई/तीन घन्टा हिँड्नुपर्थ्यो । त्यसैले बुबाले हामीलाई स्कुल जान घोडा किनिदिनुभएको थियो । दाइ र म त्यही घोडा चढेर स्कुल जान्थ्यौँ । पछि टिकरीको सम्पत्ति पनि बेचेर हामी स्कुलनजिकै भएको दाङकै दोगरीमा सर्यौँ ।
स्कुलमा पढ्थेँ, गाउँथेँ अनि खेलकुदमा पनि सक्रिय थिएँ । वीरेन्द्र रनिङ सिल्ड प्रतियोगितामा स्कुललाई सबैभन्दा बढी गोल्डमेडल दिलाउने खेलाडी म नै हुन्थेँ । स्कुलमा मात्र होइन, दाङभरि नै म सहभागी नभएको कार्यक्रम नै हुँदैनथ्यो । र, जहाँ गए पनि मेडल जितेरै र्फकन्थेँ । खेलकुद, गायन तथा नृत्यमा जितेको कचौरा, गिलास र थालले टिनको एउटा बाक्सा नै भरिएको थियो । ०४४ सालमा महेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी पास गरेँ । महेन्द्र बहुमुखी क्याम्पसमा पोलिटिकल साइन्स लिएर ग्रयाजुएसनसम्म पढेँ ।
त्यसबेला लभ गर्ने वातावरण थिएन
घरमा बुबा हार्मोनियम बजाएर भजन गाउनुहुन्थ्यो । दाइ, म, भाइ र बहिनी बुबाले भजन गाउँदै जसोजसो भन भन्नुहुन्थ्यो त्यसैत्यसै भन्थ्यौँ । हामी लोकभजन मात्रै गाउँथ्यौँ । पूजाहरूमा पनि मैले गाउनैपथ्र्यो । पूजा हुने घरका मान्छे मलाई लिन कुरेर बसिरहन्थे । घरबाट पठाउन मान्दैनथे, तर उनीहरू कुरिरहन्थे । पूजामा भजन सकिएपछि छोरेटी/छोरेट्टा -भनाभन गरेर युवायुवतीले गाउने दोहोरी गीत) सुरु गरिहाल्थ्यौँ । त्यसबेला लभ गर्ने, घुम्ने ठाउँ अथवा वातावरण नै थिएन ।
नाइटबसमा मेरो गीत घन्कियो
रेडियो नेपालले प्रजातन्त्र दिवसका उपलक्ष्यमा अधिराज्यव्यापी खुला लोकगीत प्रतियोगिता गथ्र्यो । ०४४ सालमा त्यही प्रतियोगितामा भाग लिन हामी दाङबाट एउटा टिम नै आएका थियौँ, गोविन्द आचार्य दाइको नेतृत्वमा । मादल बजाउने मान्छेले अलिकति ताल बिगारिदिए, त्यसैले हामी सेकेन्ड भयौँ । नन्दकृष्ण जोशी दाइ फस्ट हुनुभयो । त्यो प्रतियोगितामा मैले र मेरी बहिनी प्रज्ञाले दोहोरी गाएका थियौँ । हामी सेकेन्ड भयौँ, तैपनि म्युजिक नेपालले हामीलाई एल्बम अफर गर्यो । १४ सय रुपैयाँमा पहिलो एल्बम ‘राप्तीको झरना’ गर्यौँ । हामी दाङ जाँदा नाइट बसमा हाम्रै गीत बज्थ्यो, सबै यात्रु हामीतिर हेर्थे । हामी पनि खुसीले मख्ख पर्थ्यौं ।
वक्तृत्वकलामा जापान गएँ
सन् १९९२, म कलेज पढ्दै थिएँ । रेयुकाईले वक्तृत्वकलामा उत्कृष्ट हुने प्रतियोगीलाई जापान पठाउने समाचार गोरखापत्रमा पढेँ । दाङमा रेयुकाईको शाखा थिएन, काठमाडौं शाखाबाट म प्रतिस्पर्धी बनेँ । काठमाडौं शाखामा २८ प्रतिस्पर्धी थियौँ । २८ बाट नौ र नौबाट एकजना छानिनुपथ्र्यो । पहिलो नौमध्ये म छैटौँ पोजिसनमा आएँ । र, अर्को चरणमा फस्ट भएँ । त्यसपछि देशैभरिका अन्य शाखाबाट पनि छानिएर २७/२८ जनाबीच प्रज्ञा प्रतिष्ठानमा फाइनल प्रतियोगिता गरियो । म नै फस्ट भएँ र जापानको ओसाकामा ४७ देशबीच हुने प्रतिस्पर्धामा मैले नेपालको प्रतिनिधित्व गरेँ । नेपालको झन्डासहित ढाकाको साडी र चौबन्दी चोली लगाएर मैले स्पिच दिएकी थिएँ । ४७ प्रतिस्पर्धीमध्ये मेरो स्पिच ‘एक्सिलेन्ट’ भयो । २७ दिनको भ्रमणपछि उत्कृष्ट बनेर नेपाल फर्किएँ । त्यतिवेला राइजिङ नेपालमा अन्तर्वार्ता आयो । रेडियो नेपालमा समाचार बज्यो ।
यसरी छिरेँ रेडियो नेपाल
मेरो भाइ सिद्धार्थ वनस्थलीमा पढ्थ्यो, म पनि काठमाडौं आउन चाहन्थेँ । तर, बुबाले मान्नुभएको थिएन । ‘तिमीले यहीँ (दाङमै) स्कुल चलाऊ, शिक्षिका बनेर गाउँको सेवा गर र बचेको समयमा राजनीति गरेर यहाँबाट माननीय बन्नुपर्छ,’ उहाँ बारम्बार भनिरहनुहुन्थ्यो । तर, सबैले चिन्ने कोमल वली बन्न मलाई काठमाडौं आउनु नै थियो ।
रेडियोसँग म बढी फेमिलियर थिएँ । बुबा हरदम रेडियो सुन्नुहुन्थ्यो । बिहान ५ बजेदेखि आँगनको पीपलबोटमा रेडियो झुन्डेर बजिरहन्थ्यो । भजन होस् या दुर्गानाथ शर्मा, प्रवीण गिरी वा कृष्ण ताम्राकारका समाचार हुन्, बजिरहेकै हुन्थ्यो । राति ११ बजेपछि मात्रै रेडियो बन्द हुन्थ्यो । रेडियोमा सुनेकै आवाजहरूको म क्यारिकेचर गर्थेँ । स्कुल, कलेजमा ‘यो रेडियो नेपाल हो, अब कृष्ण ताम्राकारबाट समाचार सुन्नुहोस्’ भनेर उहाँकै क्यारिकेचर गरेर समाचार पढ्थेँ । त्यसैले पनि मेरो मन रेडियोमा थियो । मेरो ध्याउन्न सधैँ रेडियो नेपाल वा नेपाल टेलिभिजनभित्र छिरेर कहिले काम गर्न पाउँला भन्ने मात्र थियो । त्यहीवेला रेडियोले वान्टेड गर्यो, चैतमा मैले दरखास्त हालेँ । ०५० वैशाख १ गतेदेखि रेडियो नेपालमा काम गर्न थालेँ ।
दरबारबाटै स्कुलको फी आउँथ्यो
तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको तुलसीपुरमा सवारी थियो । त्यतिवेला मैले सानोमा बुबाले सिकाउनुभएको एउटा गीत गाउँदै राजारानीलाई नाच देखाएकी थिएँ । प्रस्तुति सकिएपछि रानी ऐश्वर्यले मलाई स्टेजमा बोलाएर आफूनजिकै राखेर ‘तिमी कति कक्षामा पढ्छौँ ?’ भनेर सोधिबक्स्यो । मैले ६ कक्षा पढ्छु भनेँ । ‘तिमी राम्रो पढ्नु, म काठमाडौंबाट तिमीलाई पैसा पठाइदिन्छु,’ भनेर हुकुम भयो । त्यसपछि त सिडिओ कार्यालयमार्फत मेरो पढाइका लागि दरबारबाट पैसा आउन थाल्यो । दरबारबाट पैसा आउन थालेपछि मलाई गाउँमा हेर्ने दृष्टिकोण नै परिवर्तन भयो ।
मलाई दरबारबाट महिनाको १ सय ५० रुपैयाँ आउँथ्यो । स्कुलको फी मासिक २२ रुपैयाँ थियो, एसएलसी दिँदासम्म बढेर ४७ रुपैयाँ पुगेको थियो । मैले ६ कक्षादेखि १० कक्षासम्म दरबारको छात्रवृत्तिमा पढेँ ।
कलेज पढ्न थालेपछि एकचोटि राजारानीको हातबाट टीका थाप्न गएँ । दरबारमा टीका थाप्नेको भीड थियो, मेरो पालोमा मैले राजालाई ‘मलाई सरकारबाट छात्रवृत्ति बक्स भा’थ्यो, त्यही छात्रवृत्तिमा पढेकी हुँ, मेरो नाम कोमल वली हो, दाङबाट आएकी हुँ’ भनी टीका थापेर फर्केँ ।
मैले रेडियो नेपालमा काम गर्न थालिसकेकी थिएँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राजा वीरेन्द्रको राज्याभिषेकको सिल्भर जुब्ली मनाउने कार्यक्रम थियो । त्यो कार्यक्रममा नेपाली उद्घोषिका म थिएँ । राजारानीको उपस्थितिमा कल्चरल ग्रान्ड प्रोग्राम थियो । कार्यक्रम सकिएपछि राजालाई भेट्ने लाइन थियो, मेरो पालोमा राजा वीरेन्द्रले भन्नुभयो, ‘तिमी कोमल वली होइन, पहिला टीका लाउन आथ्यौ नि, दाङकी होइनौँ ?’ त्यतिवेला राजाको मानसपटलमा मेरो त्यतिचाहिँ चिनाजानी रहेछ भन्ने थाहा पाएँ ।
धीरेन्द्रलाई ‘चौकीदार’ भनेर दोहोरी गाएँ
एथलेटिक्सतिर मैले पाकिस्तान, बंगलादेश, भारतमा भएको साफ गेम, सोल ओलम्पिकसहित नेपालको तर्फबाट पाँचवटा अन्तर्राष्ट्रिय खेल खेलेँ । तर, कहिले पनि अधिराजकुमार धीरेन्द्र शाहलाई भेट्ने चान्स पाइनँ । ०४१ मा रंगशालामा भएको दोहोरी प्रतियोगितामा हामी नै फस्ट भएका थियौँ, तर त्यहाँ धीरेन्द्र सरकारलाई दोहोरी सुनाउन पाएका थिएनौँ, पुरस्कारचाहिँ उहाँकै हातबाट लिएका थियौँ ।
०४२ सालमा वीरगन्जमा भएको दोहोरी प्रतियोगितामा मेरो र प्रजापति पराजुलीको कम्पिटिसन परेको थियो । गुन्युचोली, गालामा फूल, रातो लिपिस्टिक, गाजल, टीकामा सजिएर गाउन बसेकी थिएँ । धीरेन्द्र सरकार पनि मञ्चमै आसीन हुनुहुन्थ्यो ।
दोहोरीको मिठास
दोहोरी गाउँदा मेसो मिल्दै गयो भने मिठास आउँदै जान्छ । दोहोरी गाउने मान्छे मन पर्यो झन्झन् भन्न मन लाग्छ । मन नपरेको मान्छेसँग त गाउनै मन लाग्दैन । अनुहार नै हेर्न मन लाग्दैन । अधिराजकुमार नै अगाडि बस्नुभएको थियो । उहाँलाई देखेरै रमाइला गीत गाउँदै हामी मजा लिइरहेका थियौँ ।
सायद दरबारको छात्रवृत्तिमा पढेर होला, ममा अलिकति अहम् थियो । केटालाई अलिकति डोमिनेटेड गरेर आक्रमण गर्ने किसमका गीत गाउँथेँ । हाँसीहाँसी रमाइलो तरिकाले जवाफ दिन्थेँ । तत्कालीन सदस्यसचिव शरतचन्द्र शाहले भन्नुहुन्थ्यो रे, ‘धीरेन्द्र सरकार मेरो दोहोरी फर्काउने पालो आएपछि अब यसले के जवाफ दिन्छे भनेर तीन/चारचोटि त जुरुकजुरुक उठेर यताउता सर्थे रे ! मैले जवाफ फर्काइसकेपछि सहन नसकेर फेरि उठ्थे रे !’
मैले प्रजापतिलाई लास्टमा यही नै हान्छु र जित्छु भनेर दुइटा लाइन साँचेरै राखेकी थिएँ । लास्ट स्ट्यान्डमा आइसकेपछि मैले त्यही लाइनले प्रजापतिलाई हानेँ, जुन यस्तो थियो :
मलाई लग्यौ भने हुनेछ धेरै नै मार
लग्नै सक्दैनौ किनभने अगाडि बस्या छ चौकीदार
लास्टमा ‘चौकीदार’ भनेपछि चाहिँ धीरेन्द्र सरकारले ‘ओहो सी इज भेरी ट्यालेन्टेड’ भन्नुभयो रे । मलाई कन्फिडेन्स थियो, अधिराजकुमारलाई व्यंग्य गर्दा केही फरक पर्दैन भन्ने । धीरेन्द्र सरकारले मेरो तारिफ गरे पनि अरूले भने कोमल वलीले धीरेन्द्र सरकारलाई ‘चौकीदार’ भनी भनेर ठूलो मुद्दा बनाए । साँझको पार्टीमा राजाकै मान्छेहरूले ‘कस्ती रहिछ त्यो राप्तीबाट आएकी कोमल वली भन्ने त, चौकीदार बनाइदिई नि त अधिराजकुमारलाई’ भने रे !
मैले गोल्डमेडल जितेँ । धीरेन्द्र सरकारकै हातबाट मैले मेडल थापेँ । त्यसपछि उहाँ (धीरेन्द्र सरकार)सँग मेरो कहिल्यै भेट भएन ।
गोजीमा गाँठ र मनमा आँट भा’को केटो माग्न आयो
क्याम्पस पढ्दै गर्दा मेरो स्कुलकी साथीको बिहे थियो । उसको बिहे हेरेर मलाई पनि बिहे गर्ने इच्छा जाग्यो । त्यही वेला मलाई हेर्न घरमा केटा पनि आयो । केटा ह्यान्डसम थियो, धनी पनि । यति राम्रो थियो कि, एकदमै मनपर्यो मलाई । उसलाई देख्नेबित्तिकै मैले बिहेको सपना देखिसकेकी थिएँ, मेरो परिवारले पनि उसलाई मन पराएको थियो ।
बुबाले मलाई सोध्नुभयो, ‘केटा हामीलाई एकदम मनपर्यो, तिमीलाई पनि मनपरेजस्तो छ । तिम्रो बिहे यही केटासँग गरिदिने हो । तर, एकचोटि सोच तिमी कोमल वली बन्ने कि धनी घरकी बुहारी ? भोलि बिहान जवाफ देऊ, तिमीले जे भन्छौ त्यही गरिदिन्छौँ’ भनेर बुबा हिँड्नुभयो ।
केटो आफूलाई कस्तो मनपरेको छ । ठूलो डिसिजन लिनुपर्ने थियो मैले । छटपटी चलेर राति ढिलासम्म निदाउन सकिनँ । बिहान उठ्नेबित्तिकै बुबालाई भनेँ, ‘म बिहे गर्दिनँ ।’ त्यसपछि पनि मलाई माग्न कति आए कति, मैले अहिले बिर्सिसकेँ पनि तर सुरुमा माग्न आउने त्यो केटोको भने अझै पनि याद आउँछ ।
दुई वर्ष लभ चलेको प्रेमीले ‘किस’ पनि गरेन
०६४ सालमा सोचेँ, अब बिहे गर्छु । ऊ अमेरिकामा थियो । टाढाबाट नाता पनि पथ्र्यो । चिनजान पुरानै थियो, दुई वर्षयता हामी धेरै नै नजिकिएका थियौँ । फोनमा गफिन्थ्यौँ, जीवनलाई कसरी अगाडि बढाउने भनेर छलफल गथ्र्यौँ । मलाई भेट्न ऊ वर्षमा दुईपटक नेपाल आउँथ्यो । त्यतिवेलाको अफेयर रमाइलो थियो, हामी बिहे गर्ने निर्णयमा पुगिसकेका थियौँ ।
कन्सर्टहरूमा म रमाइलो गर्छु । त्यहाँ आएका केटाहरूलाई स्टेजबाटै ‘आई लभ यु’ भन्छु, सँगसँगै उनीहरू पनि ‘आई लभ यु टु’ भन्छन् । ‘मसँग बिहे गर्न चाहने गोजीमा गाँठ भाको, मनमा आँट भाको केटा कोही छ’ भनेर सोध्छु । पोइल जान पाम… भनेर गाउँछु । त्यस्तो भिडियो युट्युबमा आएका हुन्थे । ऊ अमेरिका फर्केपछि ती भिडियोहरू हेरेछ । त्यसपछि त एकदम शंकास्पद कुरा गर्ने, घोचपेच गरेर बोल्न थाल्यो । फोनमा पनि राक्षसीपना प्रदर्शन गर्न थाल्यो । पत्रिकामा छापिएका अन्तर्वार्ताबारे पनि तर्क मात्रै गथ्र्यो । बिस्तारै-बिस्तारै झगडा पनि गर्न थाल्यो, तर त्यस्ता कुराको म वास्ता गर्दिनथेँ । पाइला-पाइलामा प्रश्न सोध्थ्यो । म भने उसको बानीदेखि आजित हुन थालिसकेकी थिएँ । मलाई अलिअलि टेन्सन हुन थाल्यो । भेटै कम भयो भने पनि ‘ठीकै छ’ भन्ने लाग्न थालिसकेको थियो ।
उसलाई त मेरो नामसँग पनि ‘इगो प्रोब्लम’ हुन थाल्यो । फोन बिजी हुँदा पनि प्रश्न गथ्र्यो, राति अबेर हुँदा पनि प्रश्न नै गथ्र्यो । हामी सँगै याक एन्ड यती, अन्ना गएर कफी पिउँथ्यौँ, ब्रेकफास्ट, खाना खान्थ्यौँ । त्यहाँ मलाई चिन्ने र मैले चिनेका धेरै मान्छे भेटिन्थे । उनीहरू बोल्न आएपछि मलाई त्यहीँ छाडेर केही नभनी हिँडिदिन्थ्यो । मलाई सबैले चिन्थे, उसलाई कसैले पनि नचिन्ने । सायद उनलाई त्यसमा ‘प्रोब्लम’ थियो ।
केटा साथीहरूलाई ‘उहाँ मेरो साथी (फिहान्से)’ भनेर चिनाउँथेँ, तर ऊ हातै मिलाउँदैनथ्यो । उनीहरू बोल्न आए पनि ऊ कुरै नगर्ने । सायद उसलाई शंका लाग्थ्यो- त्यो मान्छे मेरो पहिलाको ब्वाइफ्रेन्ड हो भनेर । त्यति लामो समय हामीबीच अफेयर चल्यो, तर उसले एकपल्ट पनि मलाई ‘हग’ गरेन । एकपल्ट पनि मेरो ओठमा ‘किस’ गरेन । ऊ नजिकै बस्दैनथ्यो । म आफैं ऊ नजिक टाँसिएर बस्थेँ, ‘के छ त हालखबर’ भनेर सोध्थेँ । अचम्म, त्यसमा पनि उसले शंकाको नजरले हेथ्र्यो, ‘अहो ! यो त अरूसँग पनि यसरी नै बस्छे होला’ भनेर । उसको साइकोलोजी मैले बुझिहाल्थेँ । त्यसपछि म आफैं सतर्क हुन्थेँ । केटीहरू आफ्नो ब्वाइफ्रेन्डसँग लपक्क टाँसिएर बसे भने केटाहरूलाई नकारात्मक सोच पैदा गर्दो रहेछ ।
अंकमाल गर्नु, ‘किस’ खानु अहिले सामान्य कुरा हो । साथीभाइ भेट्दा पनि ‘हग’ गर्छन्, ‘किस’ खान्छन् । त्यो त प्रेम अभिव्यक्ति गर्ने माध्यम नै हो नि । त्यहीमाथि केटाहरू केटीको अलि नजिक आउन खोज्छन् । तर, ऊ त्यस्तो केही नगर्ने भन्यो। सोच्थेँ- किन ऊ मेरो नजिक आउन खोज्दैन ? कतै ममा केही कमजोरी छ कि ? पछि त मलाई ऊमाथि नै शंका लाग्न थाल्यो । ‘पक्कै यो केटोमा केही कमी छ’ जस्तो लाग्न थालेको थियो । होइन भने त्यति लामो प्रेमसम्बन्ध चल्दा पनि कुनै केटाले आफ्नो गर्लफ्रेन्डलाई अंगालो मार्ने, किस गर्ने गर्दैन ?
ऊसँगको सम्बन्धबारे मेरो परिवार र नजिकका साथीभाई सबैलाई थाहा थियो । उनीहरूलाई पनि त्यो केटो मेरा लागि ‘फिट’ छैन भन्ने लागेको रहेछ । दिदीहरू भन्थे, ‘यो मान्छे तिम्रो लागि एकदम फिट छैन । मान्छे राम्रो छ, तर तिम्रो विचार, तिम्रो शैली कुनैमा पनि त्यो फिट हुँदैन । धनसम्पत्ति भएर के गर्छौ ? तिम्रो योसँग जिन्दगी चल्दैन, बिहे नगरी नछाड्ने हो भने यस्तो मेन्टालिटी बनाएर बिहे गर्नु कि योसँग बिहे गर्छु अनि, बच्चा पाएर डिभोर्स गर्छु ।’ सुरुमा दिदीहरूका कुरा नराम्रा लाग्थे । तर, उनीहरूले ठीकै भनेका रहेछन् ।
दक्षिणकालीमा कसम खुवायो-अरूसित प्रेम थियो कि थिएन ?
ऊ काठमाडौँ आएको वेला दिदीहरूसँगै हामी दक्षिणकाली दर्शन गर्न गएका थियौँ । मन्दिरअगाडि पुग्नेबित्तिकै उसले मलाई सोध्यो, ‘दक्षिणकालीको अगाडि छौं, लौ भन मबाहेक तिमीले अहिलेसम्म अरू कसैलाई प्रेम गरेकी छैनौ ?’ मन्दिरअगाडि उसले कसम खुवाउने ढंगले त्यस्तो प्रश्न गरेपछि मेरो रिसले सीमा नाघ्यो । कुनै पनि महिलालाई उसको स्वाभिमान वा प्रतिष्ठामाथि प्रश्न गर्नुहुँदैन । यदि कुनै केटीमाथि विश्वास छैन भने ऊसित प्रेमको हात नै नबढाऊ । र, विश्वास छ भने त्यस्ता कुनै प्रश्न नगर ।
स्कुल जीवनदेखि नै प्रेम गर्ने प्रेमीहरू कति हुन्छन् ? कति लभलेटरहरू आए होलान्, कतिले त मेरो हातै समाउन आए होलान् । कतिसँग म नजिक पनि भएँ हुँला । सुन्दरी छु, मेरो मनभित्र पनि चाहना छ । मलाई मान्छेहरूले मन पनि पराउँछन् । मन नपराए त म वैराग्य भइहाल्छु नि । एउटा सच्चा प्रेमीले त ‘मेरी प्रेमिकालाई लाखौँ मान्छेले मन पराओस्, हरेक मान्छेले छुन चाहोस्’ भनेर पो सोच्नुपर्यो नि ! एउटाले मात्र हेरेर त उसकी प्रेमिका कसरी लोकपि्रय हुन सक्छे त ?
उसको प्रश्नले मलाई साह्रै दुःखी बनायो । ‘तिम्रो दरिद्र मानसिकता ! तिमी एक्काइसौँ शताब्दीको पुरुष हुनै सक्दैनौँ एउटी महिलालाई मन्दिरको अगाडि यस्तो प्रश्न गर्न सक्ने । तिम्रो अहंकारी भावना, तिम्रो पुरुषत्व, तिमीलाई सधैँभरि बधाई छ । तिमी जिन्दगीमा कहिल्यै सुखी हुने छैनौ’ उसलाई यति भनेर म त्यहीँबाट फर्किएँ । त्यही दिन नै ऊसँगको मेरो अन्तिम दिन भयो । ऊप्रतिको मेरो माया सिसा फुटेझैँ एकैछिनमा झर्यामझुरुम भयो ।
त्यसपछि पनि उसले फोनमा माफी माग्दै धेरैपटक फकाउन खोज्यो । ‘सरी, मबाट गल्ती भयो । तर, तिमीले ‘हो प्रेम थियो’ भनेको भए पनि फरक पर्दैनथ्यो । त्यसरी हाम्रो प्रेम नै ‘इन्ड’ भन्नुपर्ने कुरा के थियो र !’ भन्दै ऊ पटकपटक माफी माग्थ्यो । तर मैले उसको वास्तै गरिनँ । त्यसपछि एक/दुईवटा कार्यक्रममा टाढैबाट देखेँ, तर भेटघाट र बोलचाल भएन ।
रारामा हनिमुन मनाउने सपना अधुरै
जब म गहिरो प्रेममा थिएँ, त्यतिवेला सोच्थेँ- ‘हनिमुन त जरुर रारा तालको किनारमा मनाउँछु ।’ तालको किनारमा राराकी अप्सरा बनेर श्रीमान्सित दिनभरि बिताउने मन थियो । तर, त्यो सपना नै रह्यो । पछि, म एक्लै रारा पुगेँ । त्यहाँ पुगेपछि सोचेँ, ‘वास्तवमा म हनिमुनमा आउनलाई बनेकै रहेनछ रारा, म एक्लै आउनलाई बनेको रहेछ ।’ यदि म हनिमुनका लागि रारा पुग्दा बोटिङ गर्ने वेला उसले (श्रीमान्) ‘यस्तो नगर’ भन्थ्यो होला । ‘दिनभरि कति बसेको, हिँड’ भनेर कर गथ्र्यो होला ।
म पूरै दिन राराको किनारमा बसेर कविता लेखेको छु । राराको वरिपरि घुमेको छु । इट वाज भेरी वन्डरफुल मुमेन्ट इन माई लाइफ । हनिमुनमा फलानो ठाउँ जान्छु भनेर कसैले नसोच्नु, त्यो पूरा हुँदैन । भइसकेपछि सोच्नु, हुनेभन्दा पहिला नसोच्नु । सोचेका कुरा केही पूरा हुँदैन । कर्ममा विश्वास गर्ने, जे अगाडि आउँछ त्यो गर्ने हो ।
अहिले पनि प्रेममै छु
प्रेमविना मान्छेको जीवन नीरस हुन्छ । प्रेमले जीवनमा रस भरिदिन्छ । एकछिन कुरा गर्दा पनि आनन्द आउँछ । दुःख बिसाउन पाइन्छ । परिवारका सदस्यले गर्ने प्रेमभन्दा पनि एउटा साथीको प्रेम धेरै आवश्यक छ । म पनि अहिले प्रेममै छु । प्रेम चरम उत्कर्षमा पुगेपछि बिहे गरौँला नि ! तर, अहिल्यै बिहेबारे योजना बनाएकी छैन । बिहे नगर्ने निर्णयमै पनि पुगेकी होइन ।
विश्वास गर्नुस्, कुमारी नै छु
हरेक मान्छेमा शारीरिक आवश्यकता हुन्छन् । सेक्स (फिजिकल रिलेसन)का लागि बिहे जरुरी छैन । तर, मेरो दृष्टिकोणमा दुईजनाबीच बिहे भएपछि मात्रै यस्तो सम्बन्ध राख्नु राम्रो । प्रेममा हुनासाथ शारीरिक सम्बन्ध पनि हुन्छ भन्ने होइन । म बिहे नगरी प्रेममा सम्बन्ध (फिजिकल रिलेसन) राख्न सक्दिनँ । प्यास लागे न पानी खाने हो । प्यास नलागेको मान्छेले पानी खोजेर त हिँड्दैन नि ।
समाज मोडर्न हुँदै गइरहेको छ । तर, हाम्रो संस्कृति, संस्कार परिवर्तन भएको छैन नि । म इमानदारीपूर्वक भन्छु- ब्वाइफ्रेन्ड बनाएर, शारीरिक सम्बन्ध राखेर बिहे नगर्ने मान्यताको मान्छे म हुँदै होइन । मेरो त ‘क्लियर कट’ कुरा छ, म ब्वाइफेन्ड बनाउँदै, फेर्दै हिँड्दा पनि हिँड्दिनँ । मेरो त्यस्तो क्यारेक्टर पनि छैन । संयुक्त फेमिलीमा बस्छु । विश्वास गर्नुस्, म अझै कुमारी छु । र, गर्वका साथ भन्छु- म संस्कारी र सुसंस्कृत छोरी हुँ ।
श्रीमानमा हुनुपर्ने सबै गुण राजेश हमालमा छन्
राजेश हमालसित ‘राजनीति’ फिल्ममा सँगै काम गरेँ । उहाँसँग मेरो जोडी बाँधिएको हेर्ने इच्छा धेरैले सुनाउँछन् । सुटिङमा हामीबीच कार्यक्रममा जाने कुरा हुन्थे । कार्यक्रमबाट फर्किँदाका घटनाबारे कुरा हुन्थे, राजनीतिका कुरा हुन्थे । तर, हाम्रोबारे चलेका हल्लाको कुरा कहिल्यै भएनन् । बरु, अरूचाहिँ त्यही कुरा गरेर जिस्काउँथे । एउटा श्रीमान्मा हुनुपर्ने धेरै गुण राजेश हमालमा देख्छु । उनी राम्रा छन् । सुपरस्टार छन् । सबैतिर नाम छ । तैपनि, म उनलाई मेरो अपोजिटमा कदापि देख्न सक्दिनँ ।
लान पाम् भन्नेले लगेन
गीतमार्फत तिजको गीतमा नयाँ स्वाद दिन हामीले चुनौती मोल्यौँ । गीत विवादमा पर्छ भन्ने हाम्रो पूर्वानुमान थियो । त्यसैले ‘पोइल जान पाम’को ठाउँमा ‘बिहे गर्न पाम’ शब्द राख्यौँ । तर, गीतकारले शब्द फेर्न मान्नुभएन । उहाँले शब्द फेर्ने भए गीत नै दिन्न भन्नुभयो । पोइल भनेको आफूले लभ गरेको केटासँग जाने भन्ने कुरा त हो नि, जे पर्लापर्ला भनेर रिस्क मोलेँ ।
गीत सबैबाट रुचाइएपछि सुमन बुढा भाइले ‘पोइल जान पाम भन्नेलाई मैले लान पाम’ भन्ने गीत गाए । त्यो गीतको विरोधमा अदालतमा मुद्दा नै हाल्ने तयारीसमेत भएको थियो । पछि मुद्दाले वैमनस्यता र झगडा बढाउँछ भन्ने सोचेर म अदालत गइनँ ।
पछि सुमनले पनि भेट हुँदा माफी मागेँ । ‘हजुरलाई अगाडि राखेर सोध्न सकिनँ । भेट्न सकिनँ । कुरा गर्ने हिम्मत पनि भएन । मबाट गल्ती भएको भए माफी चाहन्छु,’ उसले माफी माग्यो । त्यसपछि ऊसँग लामो समय भेट भएन । एक दिन मैले आपै“m फोन गरेर उसलाई बोलाएँ । ऊ डराउँदै आयो । पूरै नर्भस थियो, उसलाई सजिलो होस् भनेर मैले खुलेर कुरा गरेँ, जिस्किएँ पनि । मैले रमाइलो गर्दै ‘पोइल लाने हो त’ भनेर जिस्किएँ । ‘पाए त हजुरलाई किन नलानू,’ घोप्टो परेर उसले जवाफ दियो । मैले फेरि ठट्टा गर्दै सोधेँ, ‘साँच्ची लान्छौ त, आँट छ ?’ ऊ घोप्टो परेर ‘लान्छु, लान्छु’ मात्र भनिरहन्थ्यो । तर, मलाई ऊसँग जानु थिएन ।
-प्रवीण बुढाथोकी/मिरर न्यूजबाट
उमाकान्त पाण्डे गाउंले - दुबइ , पौष २८ – यूएईमा कार्यरत नेपालीले क्यान्सर पीडित एक बालकको उपचारका लागि आर्थिक सहयोग गरेका छन । रक्त क्यान्सरका कारण मृत्यु सैयामा रहेका कास्कीको पुम्धीभुम्दीका १४ बर्षीय सतिस गुरुङलाई यूएईमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका हुन ।
रगतमा क्यान्सर लागे पछि भारतको भेल्लोर स्थित क्रिस्चियन मेडिकल कलेजमा उपचाररत गुरुङ आर्थिक अभावका कारण मृत्युका दिनको प्रतिक्षामा रहेको सामाजिक सन्जाल मार्फत जानकारी पाएपछि यहाँ रहेका नेपालीले सक्दो आर्थिक सकंलन गरेर एक लाख ६२ हजार ३ सय चालिस नेपाली रुपैया नेपाल पठाएका हुन ।
गुरुङको उपचारका लागि नेपाली १० देखी १५ लाख सम्म पैसा लाग्ने र ठुलो रकम नभएर मृत्यु सँग लडिरहेका गुरुङलाई फेवा फोर्स यूएईका अध्यक्ष समेत रहेका शेखर पौडेलको सकृयतामा आर्थिक रकम सकलन गरिएको हो । यूएईमा कार्यरत पौडेलको संयोजकत्वमा दुबइमा सतिस उपचार सहयोग समितिनै गठन गरी एक हप्ता लगाएर आर्थिक सकंलन गरिएको थियो । सहयोग सकंलन समितिमा युएइका बिभिन्न संघ सस्थाका जिम्मेवार तहका समाजसेबी गोपाल कंडेल , ज्ञानेन्द्र कार्की, दिपकराज पौडेल, राजु गुरुङ , पिताम्बर पाण्डे , राजु खड्का , भिम अधिकारी , शिब गुरुङ, जल बहादुर गुरुङ, र पुष्प अधिकारी थिए ।
उक्त समितिले यहाँ कार्यरत नेपालीबाट सहयोग रकम सकंलन गरी सो रकम नेपाल पठाउन सकेको हो ।
सतिसलाई उपचार गर्न विश्वभर रहेका नेपालीलाई सामाजिक सन्जालमार्फत एउटा समितिनै बनाएर सहयोग आह्वान गरिएको थियो । समितिको बैक खाता मा रकम पठाउन सकिने आर्थिक ब्यबस्थापन सहयोग समितिका संरक्षक राजबहादुर गुरुङले बताएका छन ।
सोही अनुरोधकै आधारमा पुम्धीभुम्दी गाविस र कास्की जिल्ला प्रशाशनको सिफारिस पत्रका अनुसार साताभरमा सकंलन गरेको रकम शनिबार दुबइमा रहेको अल अहलिया एक्सचेन्जबाट राज बहादुर गुरुङको नाममा रकम पठाइएको हो ।
तपाईंहरु पनि उनको उपचारमा सहयोग गर्न चाहनुहुन्छ भने मेट्रो डेब्लोपमेन्ट बैकको खाता न ००१००१०००००५९०-R मा रकम पठाउन सकिने फेवा फोर्स यूएईका अध्यक्ष शेखर पौडेलले जनाएका छन ।
सुदूरपश्चिम राजमार्ग क्षेत्रमा संचालित पम्पहरुले पेट्रोल र डिजेलमा मनपरी पैसा असुल्ने गरेका छन् । पम्पहरुले चालकहरुको बाध्यताको फाईदा उठाउँदै डिजेल पेट्रोलमा मनपरी पैसा असुलिरहेका हुन् । राजमार्गमा सिमित मात्रामा पम्महरु भएकाले पनि उनिहरुको मनपरी चलेको हो ।
पम्पहरुले मनपरी पैसा असुलिरहे पनि अनुगमन गर्ने निकाय भने यस सम्वन्धमा बेखबर छ । ‘फि्यूल
सकिएर सवारी चल्न छोडेपछि जति पैसा भने पनि तिर्नै पर्यो’ दिपायलका नविन रावलले भने- ‘डढेलधुराको ढुनढुनेस्थीत सहस्त्रीलिंग पेट्रोल पम्मले अन्यत्रको भन्दा ४ रुपियाँ बढी लिएर पेट्रोल बिक्री गरिरहेको छ ।’
किन महंगो गरेको भनेर पम्प सञ्चालकलाई प्रश्न गर्दा उल्टै हातपात गर्न खोजेको रावलको गुनासो थियो । भिमदत्त राजमार्गको पहाडी खण्डमा यो एक मात्र पेट्रोल पम्प हो । यहाँ १ सय ३१ म्ाा पेट्रोल बिक्री गर्नुपर्नेमा यहाँ १ सय ३५ रुपियाँ लिइन्छ ।
यस्ता पेट्रोल पम्पहरुले ग्राहकलाई बिल समेत दिने गरेका छैनन् । मनपरी अशुल्ने र कृतिम अभाव देखाउने गरेको पिडा सवारी चालकहरु सुनाउँछन् । सवारी चालक दिवस थापाका अनुसार नियमित लिने बाहेक अन्यले डिजल पाउँदैनन् । पेट्रोल पम्पहरुले फुटकर बिक्रेताहरुलाई कमिसनमा बिक्री गर्ने गरेको समेत भेटिन्छ ।
यहाँ पेट्रोल पम्प आसपासमा महंगोमा पेट्रोल बिक्री हुँदा समेत कहीँ कतैबाट रोकतोक छैन । पहाडी जिल्लाका राजमार्गहरुमा सिमित मात्रै पेट्रोल पम्प छन् । उनिहरुले फुटकर ब्यापारीलाई कमिसनमा बिक्री गर्दछन् भने पम्पमा अभाव देखाई ग्राहकमाथी लुट मच्चाउँछन् ।
अहिले फुटकरमा डिजल पेट्रोल बेच्ने पसलहरु डोटीको साझघाट, चौखुट्टे, डडेलधुरा सदरमुकाम बागबजार, गैरा र बुडर बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । उनिहरुलाई आयल निगमले बिक्री अनुमतीपत्र दिएको छैन । दिपायलस्थित जे.वी. आयल स्टोरका संचालक प्रकाश कफ्डेलले केहि पेट्रोल पम्पका कारण सबै पेट्रोल पम्प बदनाम भैरहेको बताए ।
पेट्रोल पम्पका डिजेल पेट्रोल नापजोख गर्ने भाँडाहरु समेत बैज्ञानिक छैनन् । नाप्ने भाँडाहरु कुच्चीएका देखिन्छन् । डोटीका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले आफुकहाँ गुनासो नआएको बताउँदै बुझेर कारवाही अगाडी बढाउने आश्वासन दिए ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालयले कालोबजारी हेनेर् काम सम्वन्धीत जिल्ला प्रशासन कार्यालयको भएको बतायो । निगमका क्षेत्रीय प्रमुख सरद पौडेलले भने- ‘कालोबजारी भए नभएको अनुगमन गरेर प्रशासनले लाईसेन्स खारेज गर्ने अनुमती दिएपछि हामीले खारेज गर्ने हो ।’
मुकुन्द भण्डारी
सवारीसाधन रोकेर लुटपाट गर्ने क्रम बढेपछि प्रहरीले मेची राजमार्गमा आइपी क्यामेरा राखेर सुरक्षा निगरानी शुरु गरेको छ ।
इलाम र झापाको सीमावर्ती क्षेत्रमा पर्ने सुनमाईमा प्रहरीले आइपी (इन्टरनेट प्रोटोकल) क्यामेराबाट चौबिसै घण्टा निगरानी गर्न सुरू गरेको हो ।
सुनमाईमा लुटेरा समूहले यात्रुवाहक सवारीसाधन रोकी यात्रुलाई लुटपाट गर्ने क्रम नरोकिएपछि आइपी क्यामेरा जडान गरिएको दाहालले जानकारी दिए ।
होटल एसोसिएसन, पूर्वेली ट्याक्सी व्यवसायी सङ्घ, इलाम उद्योग वाणिज्य सङ्घको एक लाख ७३ हजार रुपैयाँ सहयोगमा क्यामेरा जडान गरी प्रहरीको जिम्मा लगाइएको होटल एसोसिएसन इलामका अध्यक्ष टीका ओडारीले बताए ।
सुनमार्ईमा निर्मित पर्यटन सूचना केन्द्रमा प्रहरीले आइपी क्यामेराबाट यात्रु तथा पर्यटकमाथि हुने गतिविधिबारे नियमित अनुगमन थालेको छ । रासस
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेपालका लागि अमेरिकी राजदूत पिटर डव्लु वोडेवीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा मंगलवार विहान भएको भेटमा उहाँहरुवीच पछिल्लो राजनीतिक अवस्था, संविधानसभाको पहिलो वैठक, सरकार गठन लगायतका विषयमा छलफल भएको थियो । भेटमा राजदूत बोडेले संविधासभाको वैठक र सहमतीय सरकार गठनबारे जिज्ञासा राख्नेका थिए । ।
जवाफमा खनालले संविधानसभाको वैठक माघ ८ गते वस्ने र सहमतिका साथ दलहहरु अघि वढ्ने विश्वास दिलाउनु भएको थियो । खनालले एमाले संविधान निर्माणको काममा पूर्ण रुपले केन्द्रीत हुने र तोकिएकै समयमा संविधान जारी गर्न प्रतिबद्ध रहेको बताउनु भएको खनालका स्वकीय सचिव रामवावु अधिकारीले जानकारी दिए ।
यस्तै भेटमा अध्यक्ष खनालले मुलुकलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको दिशामा जतिसक्दो चाडो लैजान आफू प्रतिवद्ध रहेको समेत बताएका थिए । भेटमा खनालले राजदूत बोडेलाई अमेरिकाबाट नेपाललाई प्राप्त हुँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
गोविन्द ढकाल, अबुधाबी युएइ- गोरखा, गाईखुर निवासी स्वर्गीय सन्तोष मल्ल को परिवारलाई गोरखा सेवा समाज युएई क्षेत्रीय समितिले आर्थिक सहयोग उपलब्ध गराएको छ। ३२ महिना पहिले रोजगारीको सिलसिलामा युएइ को आबुधाबी ट्याक्सी ड्राइभरमा कार्यरत र बिगत ५ महिना देखि ब्लड क्यान्सरले ग्रसित मल्लको आबुधाबीस्थित खालिफा अस्पतालमा उपचारको क्रममा गत १७ डिसेम्बर २०१३ का दिन निधन भएको थियो। स्वर्गीय मल्लको बुवा, आमा, १ भाई र २ बहिनिहरु हुनुहुन्छ।
गत शुक्रबार गोरखा सेवा समाज युएई क्षेत्रीय समिति आबुधाबिको अधिबेशनमा उपस्थित सम्पूर्ण गोरखालीहरुबाट संकलन गरिएको यु ए इ दिर्हाम्स ५४५ गोरखा सेवा समाज युएई क्षेत्रीय समिति आबुधाबिका नवनिर्वाचित अध्यक्ष लिलाजंग रोकाले स्वर्गीय मल्लका भाई आनन्द मल्ल लाई हस्तान्तरण गर्नुभएको थियो।
संविधानसभा निर्वाचन बहिस्कार गरेको ३३ दलीय मोर्चाले संविधानसभाको पहिलो बैठक आयोजना भएकै दिन संविधानसभा भवन अगाडि विरोध प्रदर्शनको तयारी थालेको छ ।
नेकपा–माओवादीले नयाँ संविधानसभा विघटन हुनुपर्ने माग गरिरहेका बेला उसकै नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले भने विघटनको साटो संविधानसभालाई अस्वीकार गर्ने मध्यमार्गी नारा तय गरेको छ । ३३ दलले संविधानसभा बैठकको पहिलो दिन नै संविधानसभा भवन अगाडि विरोध कार्यक्रम गर्ने तयारी गरेको मोर्चाका नेताले अनलाइनखबरलाई जानकारी दिएका छन् ।
संविधानसभा विघटनको नारामा विवाद
हालै सम्पन्न ३३ दलीय मोर्चाको बैठकमा वैद्य माओवादीका नेताले नयाँ संविधानसभा विघटनको माग राखेर आन्दोलनमा जाने प्रस्ताव राखेका थिए । तर, ३३ दलीय मोर्चाको कार्यदलमा रहेका एक नेताले अनलाइनखबरसँग भने–‘माओवादी सचिव देव गुरुङले संविधानसभा विघटनको प्रस्ताव ल्याउनुभएको थियो । तर, सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले बहिस्कारको प्रस्ताव राख्नुभयो । पछि गुरुङले विघटनको साटो अस्वीकारको प्रस्ताव ल्याएपछि सहमति भएको छ ।’
आ–आफ्ना पार्टीको धारणालाई कायम राख्दै ३३ दलीय मोर्चामा संविधानसभा अस्वीकारको एजेण्डा लिएर आन्दोलनमा जाने नेताहरुको सहमति छ । ‘गुरुङजीहरुले संविधानसभा विघटनको पार्टीको अडान पनि कायमै छ भन्नुभएको छ’ एक नेताले भने–‘तर, ३३ दलमा संविधानसभा अस्वीकारको नारामा आउनुभएको छ ।’
बैठक शुरु भएकै दिनबाट आन्दोलनको तयारी
संविधानसभाको पहिलो बैठक नबसेसम्म सांगठनिक तयारीमा जुटेका नेताहरु अब आन्दोलनको कार्यक्रम बनाउन जुटेका छन् । ‘अस्वीकार गर्ने भनेपछि संविधानसभाको पहिलो बैठककै दिन केही न केही कार्यक्रम त गर्नैपर्छ’ कार्यदलमा रहेका नेताले भने–‘ यसका लागि छलफल गर्दैछौं ।’
संविधानसभा चुनाव बहिस्कार गरेको ३३ दलीय मोर्चाले राजनीतिक गोलमेच सभा गरेर नयाँ संविधान निर्माणमा सबैलाई सहभागी गराउनुपर्ने माग राख्दै आएको छ ।
हाम्रो नारा संविधानसभा विघटन नै हो : गुरुङसंविधानसभा चुनाव बहिस्कार गरेको ३३ दलीय मोर्चाले राजनीतिक गोलमेच सभा गरेर नयाँ संविधान निर्माणमा सबैलाई सहभागी गराउनुपर्ने माग राख्दै आएको छ ।
संविधानसभालाई अस्वीकार गर्ने या बहिस्कार गर्ने भनिसकेपछि जुन पदावलि प्रयोग गरिए पनि अन्ततः संविधानसभा विघटन हुनुपर्छ भन्ने नै स्पिरिट रहेको माओवादी सचिव गुरुङको भनाइ छ, भाषा जस्तो प्रयोग गरिए पनि संविधानसभा अस्वीकार गर्ने भनेको अन्ततः विघट हुनुपर्छ भन्ने नै हो, गुरुङले अनलाइनखरसँग भने, ‘आन्दोलनको बलले यो संविधानसभालाई विघटन गराउनेतिर नै हाम्रो जोड रहने छ’ ३३ दलीय मोर्चाको संयोजन गरिरहेका गुरुङले अनलाइनखबरसँग भने ।
दोस्रो संविधानसभाले मुलुकलाई ०५० अगाडि फर्काएको बताउँदै गुरुङले यसले मुलुकको राजनीतिमा अवरोध सिर्जना गरेको आरोप लगाए । संविधानसभाको पहिलो बैठक बस्नुपूर्व ३३ दलको बैठक बसेर आन्दालनेको कार्यक्रम तय गर्ने तयारी भइरहेको उनले बताए ।
कुनै समय सुभद्रा बजगाई ललितपुरको चापागाउँमा सडकमा पसल थापेर दैनिक गुजारा चलाउँथिन् । तर, अहिले उनको जीवनको परिभाषा फेरिएको छ । सानो पेशा व्यवासाय गर्ने भन्दै हुनेखानेहरुले सुभद्राजस्ता निम्न आयस्तरका मानिसलाई नजरअञ्दाज गरे पनि समाज परिवर्तनमा उनीहरुको महत्वपूर्ण भूमिका रहने सुभद्राले आफ्नै व्यवहारबाट प्रमाणित गरेकी छन् ।

ललितपुरको देवीचौरस्थित श्रीदेवी महिला वचत तथा ऋण सहकारी संस्था र जिल्ला भूमि अधिकार मञ्चकी अध्यक्ष बन्न सफल बजगाई सहजै सडकबाट यस स्थानमा आइपुगेकी होइनन् । जीवनमा विभिन्न आरोह–अवरोह पार गर्दै यहाँसम्म आउन सफल भएको उनको अनुभव छ ।
‘सहकारीमा आवद्ध हुनुअघि मेरो अवस्था अत्यन्त नाजुक थियो’ उनले विगत सम्झँदै भनिन्– ‘सडकमा बदाम र सुन्तला बेचेर त्यसबाट भएको आम्दानीबाट बल्ल–बल्ल परिवार पाल्नुपथ्र्यो ।’ सडक व्यापारबाट दिनमा साढे २ सयको हाराहारीमा कमाउने गरेको बताउँदै उनले उक्त पैसा घरभाडा तिर्ने, बच्चा पढाउने, खाने–लाउने गर्नुपर्ने अवस्था रहेको बताइन् ।
सुभद्राका पतिले फर्निचर उद्योगमा काम गर्ने भए पनि कमाइ राम्रो थिइन । घर परिवारले नसोधी पन्ध्र वर्षको उमेरमा विवाह गरिदिएको सम्झँदै उनले भनिन्– ‘विवाह गरेर पतिसँग आउँदा बल्ल थाहा भयो उहाँको घरबार नै रहेनछ, अनि घर नभएपछि मलाई कोठामा भित्राइएको थियो ।’ ०५८ सालसम्म आफ्नो भन्ने जग्गा जमीन र घर नभएको उनको भनाइ थियो ।
त्यसपछि ऋणधन गरी देवीचौरमा एक कठ्ठा जग्गा किनेर बसाइ सारेपछि सुभद्राको जीवनले नयाँ मोड लिन्छ । जग्गा किनेर बसेपछि ३५ हजारमा किनेको भैंसी मरिहाल्यो भन्दै उनले पुनः अर्को भैंसी ऋण गरेर किनेको बताइन् । दोस्रो भैंसीले उनलाई राम्रै आम्दानी दिएको थियो । उनी देवीचौरमा गएपछि महिला समुहमा आवद्ध हुन पुग्छिन् । महिला समुहले आफूलाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउने काम गरेको उनले बताइन् ।
तीन वर्षअघि ०६७ साउन १३ गते महिला समुहले २७ जनाबाट सुरु गरेको सहकारीमा अहिले ४ सय ७२ जना सदस्य पुगिसकेका छन् । ‘साउनमा रीता तामाङ अध्यक्ष भएर सहकारी दर्ता गरे पनि फागुनसम्म कुनै काम भएन’ उनले भनिन्– ‘झण्डै ८ महिनापछि फागुन १६ वाट कारोबार सुरु गरेका हौं ।’
महिला विकासले फागुन महिनामै बजगाईंलाई सहकारीको अध्यक्ष बनाइदिएपछि कारोबार सुरु भएको हो । सहकारीलाई सब–नेपालले भौतिक तथा प्राविधिक सहयोग गरेको छ । महिला समुहमा आवद्ध बजगाईं समुहमा काम गर्दै जाँदा अध्यक्ष बन्न सफल भइन् । त्यही समुहबाट सञ्चालन गरेको सहकारीमा उनी अहिले अध्यक्ष रहेकी छिन् । उनले सहकारीमार्फत गाउँका दिदी बहिनी तथा आमाहरुलाई सहकारीमा आवद्ध गराएको बताइन् ।
सहकारीमा काम गर्दागर्दै उनी भूमि अधिकार मञ्चमा आवद्ध हुन पगिन् । सहकारीमा महिलालाई आवद्ध गर्न खोज्दा विभिन्न अपहेलना सहनुपरेको उनको भनाइ छ । महिलालाई संगठित गरेर हिँड्दा गाउँलेहरुले उनलाई मेरी स्वास्नी भाँडी, छोरीहरु भा“डेर लगी भन्नेसम्म आरोप लगाउने गर्थे । तर, उनले हिम्मत नहारी अगाडि बढ्दै गइन् ।
फलेको रुखमै झटारो
काम गर्ने क्रममा उनलाई धेरै आरोप पनि लगाइयो । फलानासँग हिंडी, ढिस्कानासँग लसपस गरी भनेर गाउँभरि धज्जी उडाउने गरेको उनले अनलाइनखबरलाई बताइन् । ‘गाउँका विशिष्ट मान्छे भनाउँदाहरुले पनि मलाई मोसो दलेर गाउँनिकाला गर्नुपर्छ भने’ सुरुवातको संघर्ष सम्झँदै उनले भनिन्– ‘त्यो बेलामा दिनमा १० पटक रोएर काममा हिँड्थें, कतिपय बेला त मर्न पाए पनि हुन्थ्यो भन्ने जस्तो लाग्थ्यो ।’
गाउँलेले कुरा काटे पनि पति र छोराछोरीले आफ्नो अभियानलाई पुरै सहयोग गरेको उनको भनाइ थियो । उनले भनिन्– ‘सब नेपाल संस्थाले पनि काम गर्दै अगाडि बढ्न मलाई ठूलो सहयोग गर्यो ।’
एक दिन टीकाभैरवमा हिँड्दै गर्दा एकजना शुभचिन्तकले दिएको सुझावले उनलाई काम गर्न अहिले पनि ढाडस दिने गर्छ । त्यतिबेला ती शुभचिन्तकले उनलाई बहिनी, फल फलेको ठाउँमा झटारो हान्छन्, नफलेको ठाउँमा कस्ले झटारो हान्छ र ? तपाईले केही गर्नुभएको छ र पो तपाईलाई आरोप लगाइएको छ, केही नगर्ने बटुवालाई कसले आरोप लगाउँछ भनेर ढाडस दिएको शुभद्राले कहिल्यै बिर्सन्नन् ।
अहिले ती शुभचिन्तकले भनेका कुरा सम्झिएर काम गर्ने गरेको उनले अनलाइनखबरलाई बताइन् । ‘हिजो सडकमा छँदा यसले छोराछोरी कसरी पाल्छे भनेर भन्थे, आज प्रगति गर्दै जा“दा पनि इज्जत फाल्दै डलर कमाउन हिँडेकी छे भनेर आरोप लगाइरहेका छन्’ उनले विगत सम्झिइन्– ‘मलाई अहिले आएर लाग्छ, मैले सा“च्चै डलर नै कमाउन सकेकी रहेंछु ।’
तीन सय महिला कृषक बने
अहिले सहकारीबाट उनीमात्र होइन, गाउ“मै कायपलट ल्याउन सफल भएकी छिन् सुभद्रा । केही गर्न नजानेका स्थानीय ३ सय महिला सहकारीबाट ऋण लिएर कृषक बनेका छन् । उनीहरुले आफुले उत्पादन गरेको तरकारी लगन खेलसम्म बेच्न आउने गरेका छन् ।
सहकारीकै कारण अहिले गाउँमा गाइवस्तु पाल्ने, तरकारी लगाउने, कुखुरा पाल्ने काम भइरहेको छ । सहकारीबाट ऋण दिएर उनीहरुलाई कृषिमा प्रोत्साहित गरेको उनको भनाइ थियो । अहिले त्यस भेगका अधिकांश महिलाहरु आत्मनिर्भर भइसकेका छन् ।
आफूले पनि कुखुरा पाल्ने, तरकारी लगाउने, भैंसी पाल्ने गरेको बताउँदै उनले विहान एउटा क्याम्पसमा सहायकको काम समेत गर्न भ्याएको सुनाइन् । उनले सिजनमा काँक्रो लगाएर दैनिक ४/५ सय केजीसम्म बेच्ने गर्छिन् । उनलाई अहिले आफ्नो खर्च जुटाउन दायाँबायाँ सोच्नु पर्दैन । पतिले देलान् भनेर आशा पनि गर्नुपर्दैन ।
निरन्तर प्रतिवद्ध भएर काम गर्दै अगाडि बढ्दा उनी गाउँ भूमिअधिकार मञ्चमा आवद्ध हुन पुगिन् । त्यसपछि जिल्ला भूमि अधिकार मञ्चमा सदस्य भएर ५/६ महिना काम गरिन् । अहिले उनी त्यही मञ्चको जिल्ला अध्यक्ष छिन् ।
‘पहिला राम्रोसँग बोल्न नजान्ने म अहिले धेरै जान्न भइसकें’ उनले भनिन्– ‘अहिले म जिल्ला कृषि विकास, नेफस्कुन, जिल्ला बचत संघ, महिला समुह लगायत दर्जनजति संस्थामा आवद्ध छु ।’ धेरै ठाउ“मा आवद्ध भएका कारण अहिले महिनामा १० दिन पनि घरलाई समय दिन नभ्याउने उनको भनाइ छ ।
‘सडकमा व्यापार गर्ने म यहाँसम्म आइपुग्दा निकै खुसी लाग्छ । सबै जनाले मेरो कामलाई रुचाउनुभएको छ । पहिला डलर खान इज्यत फाल्दै हिँडी, परपुरुषसँग लागि भनेर आरोप लगाउनेहरु अहिले मिलेर काम गरौं भन्दै आउनुहुन्छ, उनले भनिन्– ‘म अहिले ठूलो संघर्ष गरेर यो अवस्थासम्म आइपुगें । मेरो आगामी लक्ष्य भनेको म पुगेको ठाउँसम्म देवीचौरका सबै महिलालाई पुर्याउने र आफु अझ अगाडि बढ्ने रहेको छ ।’
उनी गाउँका सबै महिलाहरुको ओठमा हाँसो ल्याउने र सबै महिलाहरुलाई भूमिमा अधिकार दिलाएर छाड्ने अठोटका साथ हि“डिरहेकी छिन् । उनका एउटा छोरा र एउटी छोरी छन् । छोरी स्नातक पढ्दै छिन् भने छोरा ९ कक्षामा पढ्छन् । पतिले उनलाई सघाउने गर्छन् ।


