महासंघद्धारा कोइराला र खनालसँग भेट, विकासे मन्त्रालयमा सक्षम व्यक्ति ल्याउन सुझाव निजी क्षेत्रलाई साथमा लिएर अगाडी बढ्ने कोइराला र खनालको आश्वासन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापती सुशिल कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ । भेटवार्तामा भर्खरै सम्पन्न संविधानसभाको निर्वाचन तथा आर्थिक एजेण्डाका विषयमा छलफल भएको थियो ।
महासंघका अध्यक्ष सुरज वैद्यले संविधानसभाको निर्वाचनमा कांग्रेस र एमालेले हासिल गरेको सफलताका लागि बधाई दिनुभएको थियो । नेपाली जनताले निकै लामो समयदेखि प्रतिक्षा गरेको संविधान सबै दलहरुको पूर्ण सहभागितामा आगामी एक वर्षभित्रै आउनेमा निजी क्षेत्र विश्वस्त रहेको बताउँदै वैद्यले तत्पश्चात मुलुक आर्थिक विकासका लागि अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
Fncci-and-nc
मुलुकले छिटै नयाँ सरकार प्राप्त गर्ने र मुलुकले सही दिशा लिनेमा निजी क्षेत्र ढुक्क रहेको महासंघ अध्यक्ष वैद्यले कोइराला र खनालसमक्ष बताउनुभयो । उहाँले चुनावी घोषणापत्रमा उल्लेख गरिएका आर्थिक एजेण्डाहरुले अबका दिनमा मुख्य प्राथमिकता पाउने बताउँदै अब आउने नयाँ सरकारले अगाडी सार्ने आर्थिक एजेण्डालाई सही रुपमा अगाडी बढाउन महासंघले समेत पूर्ण रुपमा सघाउने प्रतिवद्धता जनाउनुभयो ।
अब सरकार गठन गर्दा महत्वपूर्ण मन्त्रालयहरु उर्जा, अर्थ, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, भौतिक योजना तथा निर्माण तथा श्रम मन्त्रालयहरुमा सक्षम व्यक्तिहरुलाई ल्याउनु पर्नेमा जोड दिंदै अध्यक्ष वैद्यले यसो हुन सकेमा मुलुक अगाडी बढ्ने धारणा राख्नुभयो ।
दुवै भेटवार्तामा महासंघले स्वदेशभित्रै रोजगारी सृजना, भारतसंगको व्यापार घाटा कम गर्न विद्युत निर्यात, बारामा अन्तराष्ट्रिय विमानस्थल तथा पोखरा, भैरहवा, सुदूरपश्चिममा क्षेत्रीय विमानस्थलहरुको निर्माण, मध्यपहाडी राजमार्गको निर्माण लगायतका विषयहरु अवको सरकारको मुख्य प्राथमिकता हुनु पर्नेमा जोड दियो ।
भेटवार्तामा कांग्रेस सभापती कोइरालाले निजी क्षेत्रकै नेतृत्वमा आर्थिक विकासलाई अगाडी बढाउन आफ्नो पार्टी सदैव तयार रहेको बताउँंदै निजी क्षेत्रलाई आफूले इन्जिन अफ ग्रोथको रुपमा लिएको बताउनुभयो । उहाँले आर्थिक विकासका लागि महासंघका तर्फबाट प्राप्त सुझावका लागि धन्यवाद समेत दिनुभयो । शान्ति र स्थायित्वका लागि निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिकाको उहाँले सराहना गर्नुभयो ।
Fncci-and-uml
त्यसैगरी, एमाले अध्यक्ष खनालले संविधान निर्माण प्रक्रिया सम्पन्न भएपछि दलहरुको प्रमुख एजेण्डा नै आर्थिक मुद्धा हुने र त्यसको नेतृत्व नेपाली निजी क्षेत्रले लिनेमा विश्वस्त हुन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । घोषणापत्रमा उल्लेख गरिएको आर्थिक एजेण्डालाई पहिलो प्राथमिकतामा राखेर आफ्नो दल अगाडी बढ्ने र त्यसमा निजी क्षेत्रलाई सधै एकसाथ लिएर जाने पनि बताउनु भयो ।
भेटवार्ताका क्रममा सभापति कोइराला र अध्यक्ष खनालले आर्थिक एजेण्डाहरुमा महासंघको रायसल्लाह लिएर अगाडी बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो । प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष पशुपति मुरारका, कार्यकारिणी समिति सदस्यहरु दिनेश श्रेष्ठ, ज्ञानेन्द्रलाल प्रधान, विके श्रेष्ठ, शेखर गोल्छा, ओम राजभण्डारी, शंकरप्रसाद पाण्डे तथा उद्यमी व्यवसायीहरु सहभागी हुनुहुन्थ्यो ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic