टाटा मोटर्सको एस रेन्ज नेपालमा

टाटा मोटर्स कम्पनीले टाटा एसको सफलतापछि तीन नयाँ मोडेलका टाटा एक्स टु, टाटा एसएचटीटु र टाटा एस एचटीटु हाई डेक्स नेपाली बजारमा ल्याएको छ।
नेपालमा नै पहिलोपटक एकै दिन एकै समय देशका प्रमुख १० शहरबाट बिक्री शुरू गरिएको यी साना व्यावसायिक गाडीलाई नयाँ पुस्ताको गाडी न्यू जेनेरेसन एस रेन्जको नामले प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
एकै दिन एकै समयमा काठमाडौं, वीरगन्ज, नारायणगढ, बुटवल, बिर्तामोड, धनगढी, राजविराज, इटहरी, पोखरा र नेपालगन्जबाट बिक्री शुभारम्भ गरिएको यी तीनैवटै नयाँ मोडेलका गाडीको बनावट उपभोक्ताको आवश्यकताअनुसार र नेपाली बजार सुहाउँदो रहेको कम्पनीको दाबी छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले टाटा मोटर्ससँग तीन दशक लामो व्यावसायिक सम्बन्ध रहेको बताउनुभयो।
टाटा मोटर्स, इन्टरनेसनल विजनेस कमर्सियल भिइकल्सका प्रमुख, आरटी वासनका अनुसार ग्राहकलाई उत्कृष्ट उत्पादन उचित मूल्यमा प्रदान गर्ने प्रयासअनुरूप नै कम्पनीले नयाँ पुस्ताको एस रेन्जअन्तर्गत तीनवटा आधुनिक मोडेल सार्वजनिक गरेको बताउनुभएको छ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic