पेट्रोल बमका घाइतेको मृत्यु

काठमाडौं, (नेस) बाराको कलैयाबाट काठमाडौं आउँदै गरेको बसमा पेट्रोल बम प्रहार गर्दा घाइते भएका एक यात्रुको उपचारका क्रममा मंगलबार निधन भएको छ। गत कात्तिक २८ गते राति बाराको कलैयाबाट काठमाडौंतर्फ आइरहेको ना४ख ९८३६ नम्बरको बस हेटौंडाको बसामाडीमा आइपुग्दा अज्ञात समूहले बोतलमा पेट्रोल राखी प्रहार गर्दा घाइते भएका बारा कलैया नगरपालिका–७ का राकेश यादवको शिक्षण अस्पताल महाराजगन्जमा उपचारकै क्रममा निधन भएको थियो।
चुनाव बहिष्कारको नारा दिएर कात्तिक २५ देखि मंसिर ५ गतेसम्म नेपाल बन्दको आयोजना गरेको नेकपा–माओवादीका कार्यकर्ताले नै उक्त बम प्रहार गरेको आशंका प्रहरीले गरेको छ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic