बन्दुक देखाएर मतगणनामा धाँदली गरेको ८ दलको आरोप

सलमान खान
११ मंसिर, भैरहवा । रुपन्देहीका ८ राजनीतिक दलले मंसिर ४ को चुनावपछि मतगणना गर्ने क्रममा धाँदली भएको दावी गरेका छन् । सोमवार भैरहवामा पत्रकार गरेर ८ राजनीतिक दलले मतगणना गर्दा प्रशासनले दलका प्रतिनिधिहरुलाई प्रशासनले बन्दूक देखाएर धाँदली गरेको आरोप लगाएका हुन् ।
८ दलले निर्वाचन आचारसंहित अनुगमक निकाय मुकदर्शक भएको जनाउादै गाउामा पैसा, चामल र रक्सी बाँड्दा पनि निर्वाचन आयोग समेत रमिते बनाएको आरोप लगाए । पत्रकार सम्मेलनमा बोल्दै ए माओवादीका क्षेत्र नम्बर २ का उम्मेद्वार विनोदकुमार उपाध्यायले प्रशासनको आडमा मतगणनामा धाादली गरेकाले मतगणना वहिष्कार गर्नुपरेको बताउनुभयो ।
‘मतदान केन्द्रबाट मतपेटिका मूख्य निर्वाचन अधिकृतको कार्यालयमा नल्याई प्रहरी चौकीमा राखियो’, उाध्यायले भन्नुभयो, ‘मतदानपछि मतपेटिकामा बाँध्ने सेतो कपडा नभएको कुरा उठाउँदा हाम्रा प्रतिनिधिलाई बन्दुक देखाइयो ।’
राष्टिय जनमुक्तिका क्षेत्र नम्बर ३ का उम्मेद्बार झमबहादुर गुरुङले पनि चुनावमा धाँदली भएको प्रमाण फेला परेकोले छानविन हुनुपर्ने बताउनुभयो । गुरुङले रुपन्देहीको सर्यपुरा, हाटिफर्साटिकर, मधवलिलया, बगाहा, फरेना गाविसका केन्द्रहरुमा मतपेटिकाको मुचुल्का नगरी मतगणना गर्दा खसेको मत भन्दा बढी मत आएको, मत पेटिकाका सिल्ड तोडिएको अवस्थामा भेटिएकाले छानविन गर्नु जरुरी रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका देविप्रसाद चौधरी, मोहनलाल यादब, मधेसी जनाधिकार फोरम नेपालका महेन्द्र यादव, तराई मधेस सद्भावना पार्टी नेपालका उमाशंकर यादव, नेपाल सद्भावना पार्टीका हरिशचन्द्र सिंह र तराई मधेस हिमाल एकता पार्टीका महेन्द्र प्रसाद यादबसहितका उम्मेदवारहरुले आगामी दिनमा सशक्त आन्दोलन गर्ने बताएका हुन ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic