बिग बोसमा नग्न भेटिए अरमान र तनीषा?

big
विश्वका विभिन्न देशका टेलिभिजन च्यानलका रियालीटी सो बिग बोसमा हुन हुने र नहुने सबै कुरा भइरहने गरेको पाइन्छ। थुप्रै देशका टेलिभिजन च्यानलले प्रसारण गर्ने बिग बोसमा रोमान्टिक गतिविधि हुने गरेको खुलासा हुँदै आएको छ। भारतीय टेलिभिजन च्यानलले सञ्चालन र प्रसारण गर्ने बिग बोस पनि यसबाट अछुतो छैन।
भारतीय च्यानलको बिग बोसमा हालैमात्र अरमानकोहली र तनीषा मुखर्जीलाई नग्न रुपमा भेटाइएको छ। यो समाचार सार्वजनिक भएसँगै उनीहरूले भने उक्त खबरलाई अस्वीकार गर्दै हल्लामात्रै भएको दाबी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर एक भिडियो फुटेजमा भने उनीहरू एक अर्कालाई प्रस्ताव गरिरहेको अवस्थामा देखिन्छन्। उक्त सोमा भाग लिइरहेका उनीहरू दुवैजना एक अर्कामा नजिकिँदै गरेका समेत बताइएको छ।
उनीहरू एक अर्कालाई चाहन्छन् भन्ने कुरा उनीहरूको शारीरिक हाउभाउले समेत बताएको समाचारमा उल्लेख गरिएको छ। यस्तो हर्कत उनीहरूको पहिलो चोटी भने होइन। उनीहरूको सम्बन्ध साथीको मात्रै नभएर प्रेम सम्बन्ध रहेको अधिकांशले बताउँने गरेका समाचारमा चर्चा गरिएको छ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic