किस्ट र सिद्धार्थ बैंकका अधिकारीमाथि कारबाही शुरू

नेपाल समाचारपत्र,काठमाडौं
जम्को प्रकाशन प्रालिलाई दिएको ऋण प्रवाहमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका किस्ट बैंकका उच्च अधिकारीमाथि प्रहरीले कारबाही अगाडि बढाएको छ।
सो प्रालिको सञ्चालक समितिले २०६७ असार २८ गते व्यवसाय अभिवृद्धि गर्नका लागि १ वर्षका लागि १२ करोड कर्जा माग गरेकोमा सो कर्जा दिँदा पर्याप्त धितोबिना नै कर्जा लिएको र किस्ट बैंकबाट तत्काल पर्याप्त धितोबिना कारोबार हैसियतको विश्लेषण नगरी कमसल धितोको अधिक मूल्यांकन गरी बैंकको कर्जा लगानी नीतिविपरीत अधिकतम कर्जा दिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई पक्राउ गरी कारबाही अगाडि बढाएको हो।
सीमाभन्दा ज्यादा कर्जा लगानी गरेको, कर्जाको रकम परियोजनामा खर्च नगरी दुरुपयोग गरी बैंकिङ कसुर गरेको भन्दै ब्युरोले बैंकका तत्कालीन सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरूसमेत संलग्न रहेको भन्दै उक्त कार्यमा संलग्न रहेका तीन जनालाई पक्राउ गरी कारबाही अगाडि बढाएको हो। पक्राउ पर्नेमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत बालनरसिंह घर्ती, बैंकका डेपुटी मेनेजर मञ्जयराज पाण्डे, बैंकका डेपुटी जनरल मेनेजर प्रगुण श्रेष्ठ रहेका छन्।
यसै गरी प्रहरीले सिद्धार्थ डेभलपमेन्ट बैंकबाट शोभा गिरीको नाममा प्रवाह भएको ४ सय ९९ लाखको कर्जा सञ्चालक समितिको हैसियतले स्वीकृत गर्ने तथा कर्जा लगानी उपसमितिको संयोजकको हैसियतले सो कर्जा अनुमोदन गर्ने सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक मदनबहादुर बस्नेतलाई समेत पुल्चोकबाट पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic