कर तिरेर मुलकप्रतिको जिम्मेवारी निभाउन अर्थमन्त्रीको आग्रह

१३ मंसिर, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कर तिरेर मुलुकप्रतिको जिम्मेवारी निभाउन आमनागरिकसंग आग्रह गर्नुभएको छ । मोरङको डायनियामा नवनिर्मित छोटी भन्सार कार्यालयको उद्घाटन गर्दै मन्त्री कोइरालाले सरकारको एक्लो प्रयासले मात्र देश विकास Financeministerसम्भव नभएकाले आर्थिक क्रान्तिको महाअभियानमा सवैको सहयोग आवश्यक भएको बताउनुभयो ।
सम्पूर्ण बजेटको आधाभन्दा बढी हिस्सा आन्तरिक श्रोतबाट जुटाउनुपर्ने दायित्व रहेकाले सरकारको उपस्थिति विस्तार गरिएको बताउँदै मन्त्री कोइरालाले चुनाव गराउने दायित्व सकिए पनि आर्थिक विकासको अभियान अबको मुख्य दायित्व भएको स्पष्ट गर्नुभयो ।
उहाँले सरकारले ल्याएको बजेट त्यो अभियानको प्रस्थान विन्दु भएको बताउँदै काममा प्रक्रियागत, कानुनी र आचरणमा सुधार ल्याउन कर्मचारीहरुलाई सम्झाउनु भयो ।
अर्थ सचिव शान्तराज सुवेदी, अर्थ मन्त्रालय राजश्व प्रशासन महाशाखा प्रमुख राजन खनाल र भन्सार विभागका महानिर्देशक सूर्यप्रसाद आचार्यले सरकारी प्रक्रियालाई कर हैन, भर गर्न सल्लाह दिनुभयो ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic