हेलिकप्टरको हिसाबकिताब चुनावमा हेलिकोप्टरमा उड्ने को-को ?

मंसिर १४ - चुनावी प्रचारका सिलसिलामा हेलिकप्टर चढेर २७ कात्तिकमा अछाम पुगेका परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई स्थानीय जनताले हूलहुज्जत गरे। फिस्टेल एयरको हेलिकप्टर चार्टर गरेका थिए ढकालले। चुनावका दौरान मात्रै उनले हेलिकप्टर भाडाबापत करिव ५५ लाख रुपियाँ खर्चेको हिसाबकिताब निस्कन्छ। ढकाल त विगत संविधानसभामा एक मात्र सभासद् भएको दलका अध्यक्ष हुन्। चुनाव प्रचारमा उनीजस्तो हेलिकप्टरको प्रयोग ठूला दलका लगभग सबै नेताले गरे।
हेलिकप्टर कम्पनीहरूले दिएको औपचारकि जानकारी अनुसार प्रतिघन्टा उडानको नेपालीलाई १ हजार २ सय ५० अमेरकी डलर पर्छ। प्रचलित विनिमय दर अनुसार त्यो रकम १ लाख २५ हजार नेपाली रुपियाँ हो। आयोगले दिएको स्वीकृतिलाई आधार मान्दा पनि एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले टाढाको जिल्ला आउन-जान चार घन्टासम्म र नजिकका लागि दुई घन्टाको दरले हिसाब गर्दा ६५ लाख रुपियाँ खर्चेर हेलिकप्टर उडान गरे।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic