१० मंसिर, दार्चुला । सुदुरपश्चिमी जिल्ला दार्चुलामा प्रत्यक्षतर्फ उठेका ९ वटा दलका उम्मेदवारहरुको धरौटी जफत भएको छ । जिल्लामा उठेका १२ उम्मेदवारमध्ये ९ जनाले धरौटीसमेत फिर्ता लिन नसकेका हुन् । तीन प्रमुख दलहरु कांग्रेस, एमाले र एमाओवादीका उम्मेवादरले मात्र धरौटी फिर्ता पाउन सकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६६ हजार ८२ मतदाता रहेको दार्चुलामा ५२ हजार ८ सय ५३ मत अर्थात् ८१.७५ प्रतिशत खसेको छ । यो पटकको चुनावम एमालेका णेशसिंह ठगुन्नाले २० हजार ४ सय ७० मत प्राप्त गरी विजयी हासिल गर्नुभएको छ । उहााका निकटतम प्रतिद्वन्दी नेपाली कााग्रेसका दिलेन्द्रप्रसाद बडूले १९ हजार २ सय ३६ र एमाओवादीका ललितसिंह ठगुन्नाले नौ हजार १७ मत प्राप्त गर्नुभएको थियो । जमानत जफत हुने दलका उम्मदेवारहरुमा राप्रपा नेपालका मोहन देव पन्त, नेकपा (माले) का मान बहादुर बम, राप्रपाका मिनबहादुर पाल, राष्ट्रिय जनमुक्तिका वसन्त निरौला, राजमोका मनवीर दमाई, नेकाप संयुक्तका टिकेन्द्र बहादुर पाल, अखण्ड नेपाल पार्टीका देव बहादुर वम, राष्ट्रिय शिवसेनाका राम सिंह कार्की संघीय समाजवादीका ललितसिंह धामीको धरौटी जफत भएका हो । कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।
दार्चुलामा ९ दलका उम्मेदवारको धरौटी जफत
Local
Local
Label 2
Label 5
Random Post
Label 3
Powered by Blogger.


0 comments
Write Down Your Responses