प्रहरी कार्यालय डोल्पाद्धारा हतियार सार्वजनिक

PH 3
डोल्पा /जिल्ला प्रहरी कार्यालय डोल्पाले जिल्लाका बिभिन्न स्थानबाट सुरक्षा चेकजाँचको क्रममा बरामद गरेको १४ थान घरेलु हतियार सोमवार जिल्ला प्रहरी कार्यालय डोल्पामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।शान्तिसुरक्षा कायम गर्ने क्रममा संबिधान सभा निर्वाचन २०७० पूर्व जिल्लाका कालागौडा,खदाँग,दुनैस्थित कालिका मन्दिर,सहरतारा र दुनैवजार क्षेत्रबाट सुरक्षा चेकजाँचको क्रममा बिभिन्न राजनीतिक दल सम्बद्द कार्यकर्ताहरुबाट घरेलु हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोेल्पाले जनाएको छ ।
यसराी बरामद गएिका घरेलु हतियारहरुमा तिन थान नाईनेस्टिक,तिन थान भोटे छिटिँग,एक थान फलामको रड,सात थान अत्याधुनिक खुकुरी गरि १४ थान घरेलु हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपि मोहनप्रसाद पोखरेलले बताउनु भयो ।संबिधान सभा निर्वाचन अघि नै जिल्लामा सुरक्षा चेकजाँचमा कडाई गरिएकाले मतदान हुने र त्यसपूर्व जिल्लामा कुनै पनि अप्रिय घटनाहरु नभएको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको पनि डिएसपी पोखरेलले बताउनुभयो ।डोल्पामा जिल्ला प्रहरी कार्यालयले बरामद हतियार सार्वजनिक गरेको जिल्लाकै ईतिहासमा यो पहिलो घटना हो ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic