गगनले धाँदली गरेको भन्दै पासाङद्वारा अदालतमा उजुरी

काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले धाँदली गरेर चुनाव जितेको भन्दै एमाओवादीका उम्मेदवार नन्दकिशोर पुन पासाङले बिहीबार संविधानसभा अदालतमा उजुरी दिनु भएको छ ।
gagan-and-pasangधाँदली गरेर आफूलाई हराइएको भन्दै पुनले उजरीमा थापालाई सभासदको सपथ नगर्न नगराउन अन्तरिम आदेश र काठमाडौं ४ मा पुनः निर्वाचनको माग गर्नु भएको छ । उजुरीमा ४२ हजार २ सय २३ मत खसेको भनिएपनि ४५ हजार ३ सय ८१ गनाणा गरि परिणाम घोषणा गरिएको, केही बुथमा खसेको भन्दा बढी, केहीमा कम मत गणना भएको, विभिन्न केन्द्रको मतपेटिकामा लेखिएको मतदान केन्द्रको नाम नै फरक रहेको बाकसको मत गणना गरिएको दावी गर्नु भएको छ ।
काठमाडौं ४ बाट विजयी थापाले २२ हजार ३ सय ३६ मत पाउनु भएको थियो भने तेस्रो स्थानमा रहेका एमाओवादी उम्मेदवार पासाङको मत ६ हजार ४ सय ६२ थियो ।
बिहीबार नै दोलखा १ मा विजयी एमालेका पावर्त गुरुङले धाँदली गरेको भन्दै कांग्रेसका जिपछिरिङ लामाले उजुरी दिनु भएको छ । गुरुङले १२ हजार २ सय ९८ मत पाउनु भएको थियो भने लामाको मत ९ हजार ७८ छ ।
मोरङ ४ मा विजयी एमाओवादीका शिवकुमार मण्डलविरुद्ध कांग्रेसका गयानन्द मण्डलले पनि उजरी दिनु भएको छ । निर्वाचनमा मण्डल सबैभन्दा कम ८ मत अन्तरले विजयी हुनु भएको थियो । शिवकुमारले ९ हजार ३ सय ६० मत पाउनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गयानन्दको मत ९ हजार ३ सय ५२ थियो ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic