एमाले आफ्नै नेतृत्वमा सरकार बनाउन तयारः पन्त 'कांग्रेसको सबै सर्त मानेर सरकारमा नसक्ने'

नेकपा एमालेका नेता रघुजी पन्तले शक्ति बाँडफाँडमा काग्रेससँग सहमति नभए एमाले आफ्नै नेतृत्वमा सरकार बनाउन वा प्रतिपक्षमा बस्न पनि तयार रहेको बताउनु भएको छ । कांग्रेसको सबै सर्त मानेर एमाले सरकारमा जान नसक्ने भन्दै उहाँले आवश्यकता परे राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पदका लागि उम्मेदवारी दिन समेत तयार रहेको बताउनुभयो ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा पन्तले भन्नुभयो-’राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पद कसैको विर्ता होइन । यसको फैसला नयाँ जनादेश अनुसारको संविधानसभाले फैसला गर्नुपर्छ । संविधानसभा सर्वशक्तिमान छ यसले नयाँ राष्ट्रपतिको चयनको लागि संविधान संशोधन गर्न परे पनि गर्नुपर्छ ।’ राष्ट्रपतिको विषयमा सडकमा बहस गर्नु भन्दा पनि कांग्रेस र एमाले बसेर सबैको सम्मान हुने गरी सबै विषयलाई प्याकेजमै सहमतिमा टुङग्याउनु पर्ने उहाँको भनाई छ ।
बहुमत आए जस्तो गरेर कांग्रेसले यो त्यो हुदैन भन्ने हो भने एमाले सरकारमा नजाने उहाँको चेतावनी छ । प्रमुख दलहरु मिलेर संविधान निर्माण र मुलुकलाई निकास दिउन भन्ने जनादेश भएकोले संविधान निर्माणमा सहज हुने गरी कम्तिमा पनि दुई तिहाई बहुमतको समर्थन भएको सरकार निर्माण हुनु पर्ने एमालेको धारणा रहेको पन्तले बताउनुभयो ।
जनताले केही सिटको तलमाथि बाहेक काग्रेस, एमाले र एमाओवादीलाई संविधान निर्माणको जिम्मेवारी दिएको भन्दै उहाँले परिणाम स्विकारेर संविधान निर्माणमा जनादेशअनुसारको भूमिका खेल्न एमाओवादीलाई आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic