नेपालमा सिमेन्ट उद्योग खोल्दै डंगोटे कम्पनी, जग्गा उपलब्ध गराउन सरकारसँग माग तीन जिल्लामा सिमेन्ट उद्योगका लागि सम्भाव्यता अध्ययन

नेपालमा सिमेन्ट उद्योग स्थापनाको अनुमति पाएको नाइजेरियाको प्रख्यात डंगोटे सिमेन्ट प्राइभेट लिमिटेडले उद्योगको लागि जग्गा दिलाइदिन सरकारसँग सहयोग मागेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केआर रावले अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग भेट गरी जग्गा उपलब्ध गराउन माग गर्नुभएको हो ।
Finance-Minister-2
उक्त कम्पनीले दाङ, धादिङ र मकवानपुरमा सिमेन्ट उद्योग स्थापनाका लागि सम्भाव्य क्षेत्र खोजिरहेको छ । रावले पूरा क्षमताको उद्योग सञ्चालन गर्न ६० मेगावाट उर्जा चाहिने र त्यसको आधा कम्पनी आपैले थर्मल प्लान्टबाट उत्पादन गर्ने सोचाई राखेको जानकारी दिँदै अपुग उर्जाका लागि विशेष ग्रीड उपलब्ध गराइदिन आग्रह गर्नुभयो । उहाँले धादिङमा उद्योग सञ्चालन गर्न खोला पार गरेर जान पुलको समस्या रहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री कोइरालाले वैदेशिक लगानीलाई आकषिर्त गर्नु सरकारको प्रमुख उद्देश्य भएको बताउँदै यो कम्पनी सञ्चालन हुँदाको समयसम्म नेपालमा उर्जाको संकट टरेर जाने विश्वास दिलाउनुभयो ।
कम्पनीको पूर्वाधार विकासमा सहयोग गर्ने सरकारी नीति नै रहेको जानकारी दिँदै उद्योगमन्त्री समेत रहेको कोइरालाले यसबारे छलफल गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले मुलुकका अन्य स्थानमा पनि लगानी प्रवर्द्धनका सम्भाव्यता खोज्न आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic