उम्मेदवारकै कारण पराजय

८ पुस । संबिधान सभा चुनावमा पार्टी उम्मेदवारलाई हराउन सकृय रहेको आरोप लगाउ“दै नेपाली का“ग्रेस धनुषा,क्षेत्रीय समिति ४ नम्बरले कार्वाहीका लागि सिफारिस गरेकाहरु मध्ये केहिले उम्मेदवारकै कारण पराजय भएको जनाएकाछन ।
नेकाका पूर्ब नगर सभापति श्रीराम साहको अग्रसरतामा १४ जनाले हस्ताक्षरगरि केन्द्रिय सभापति सुशिल कोइरालालाई पठाएको पत्रमा पार्टी संस्थापन पक्षका नेता,कार्यकर्ताहरुलाई उपेक्षा गरिएको, चुनावका लागि उठाइएको चन्दा खर्च नगरिएको लगायतका कारण चुनावमा पराजय भोग्नु परेको उल्लेख छ ।
    कोइरालालाई स्पष्टिकरण
नेका धनुषा क्षेत्रिय समिति ४ नम्बरले पार्टी उम्मेदवार रामसरोज यादवलाई हराउन सकृय भूमिका निर्वाह गरेको आरोप लगाइएको केन्द्रिय सदस्य एवं समानुपातिक तर्फको उम्मेदवार रहेकी श्रीमती लिला कोइरालालाई स्पष्टिकरण सोधिएकोछ ।स्रोतका अनुसार श्रीमती कोइरालालाइ ४८ घण्टा भित्र जवाफ दिन भनिएकोछ । संबिधान सभा चुनावमा पार्टी उम्मेदवार बिरुद्ध लागेका समानुपातिक उम्मेदवारहरुलाई कार्वाहीको पहिलो सूचीमा राखी छानबिन गरिने केन्द्रिय समितिको निर्णय रहेकोछ र्।कोइरालामाथिको आरोप साबित हुने संभावना बलियो रहेको जनाउ“दै स्रोतले भने–आरोप पुष्टि भए उनको नाम समानुपातिक सभासदबाट हटाइनेछ ।
कोइराला पक्षबाट श्रीमती कोइराला, आनन्दप्रसाद ढुंगाना, पुष्पलता लामा, मोहन माथेमा,तुलसा आचार्यको नाम प्रस्तावित छ ।मधेशी नेता कार्यकर्ताहरुको नाम समावेश गरिएको छैन ।


समानुपातिक तर्फको सभासद चयन हुने बेला बिमलेन्द्र निधिको निर्देशनमा संस्थापन पक्षका नेता,कार्यकर्ताहरुमाथि कपोलकल्पित आरोप लगाइ पार्टीमा फेरी गुट उपगुट सृजना गर्ने प्रयास गरिएको पत्रमा उल्लेख छ ।

नेता निधि समानुपातिक तर्फको सभासद चयन गर्ने संसदीय समितिमा छन ।संसदिय समितिलाई नै समानुपातिक सभासद चयन गर्ने अधिकार केन्द्रिय समितिले दिएकोछ ।श्रीमति कोइरालालाई सभासद बन्न निधिको सहयोग आवश्यक पर्ने देखिन्छ ।

उनीहरुले गैरराजनीतिककर्मीहरुको पार्टीमा प्रोत्साहित गर्न र संगठनलाई नै भताभु· पार्ने प्रयास स्वरुप १८ जनामाथि कार्वाही गरिएको आरोप लगाएकाछन
क्षेत्रिय समितिका सभापति हरिशंकर साहले कार्वाही माग गरेपछि आरोपितहरुले सफाइ दिएकाछन ।केन्द्रिय सभापति सुशिल कोइरालालाइ पठाइएको पत्रमा लिला कोइराला लगायतको हस्ताक्षर रहेको छैन ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic