बाबुराम भन्छन्- ‘चारबुँदे सिटौलाले लेखे, हामीले हेर्‍यौं’ चारबुँदेका मस्यौदाकार सिटौला, नेपाल र आफू भएको दाबी

एकीकृत नेकपा माओवादीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार हस्ताक्षरित ४ बुँदे सहमतिको मस्यौदा माधवकुमार नेपाल, कृष्णप्रसाद सिटौला र बाबुराम भट्टराईले गरेको बताउनुभएको छ ।
baburam-bhattaraiचारबुँदे सहमतिको मस्यौदा बनाउन कृष्ण सिटौला, माधव नेपाल र बाबुराम भट्टराईलाई जिम्मा दिइएको थियो, डा. भट्टराईको स्पष्टोक्ति छ,’प्राम्भिक मस्यौदा सिटौलाले बनाउनुभएको थियो भने त्यसलाई अरु २ जनाले सामान्य परिमार्जन गरेका थिए ।’
चारबुँदे सहमतिको मस्यौदाबारे मिडियामा आफ्नो नाम नआई फरक ढंगले कुरा आएको भन्दै भट्टराईले असन्तुष्टि व्यक्त गर्नुभएको छ, ‘हिजो बुधबारका मिडियामा अलि फरक ढंगबाट कुराहरु आए, यो कुनै ठूलो कुरा होइन, तर यस्ता सानातिना कुरातिर पनि ध्यान दिए हाम्रो मिडिया अरु विश्वसनीय बन्थ्यो कि ?’ मिडियालाई डा. भट्टराईको सुझाव छ ।
मिडियाप्रति थप गुनासो गर्दै डा. भट्टराईले आफ्नो फेसबुकमा यस्तो स्टाटससमेत लेख्नुभएको छ -’सूचनाको हकलाई लोकतन्त्रको एउटा आधार स्तम्भ मानिन्छ । त्यसैले मिडिया क्षेत्रमा काम गर्ने मिडियाकर्मीहरूले कुनै समाचार सम्प्रेषण गर्नु भन्दा पहिले त्यसको सत्यतथ्य केलाउन विशेष ध्यान दिनैपर्छ । तर हामीकहाँ अक्सर हल्ला सुनेको वा अनुमान गरेको भरमा समाचार सम्प्रेषण हुने गर्दछ र एकपटक मिडियामा आइसकेपछि र त्यसलाई धेरै मिडियाले दोहोर्याइसकेपछि त्यही नै सत्युको रुपमा स्थापित हुनपुग्छ । यसले जनतालाई सूचनाको हकबाट वंचित गर्ने मात्र होइन कतिपय अवस्थामा सम्वन्धित ब्यक्ति वा संस्थालाई अपूरणीय क्षति समेत हुन पुग्छ ।’

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic