संविधानसभामा आउन दुवै माओवादीलाई देउवाको आग्रह

भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादी र बैद्य माओवादीलाई संविधानसभामा सहभागी भइ संविधान निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
‘लोकतान्त्रिक समाजवाद, दलीय राजनीति र युवा संलग्नता विषयक एक दिवसीय रााष्ट्रिय कार्यशालाको भक्तपुरमा मंगलवार उद्घाटन गर्दै दउवाले सबै मिलेर लोकतान्त्रिक संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो-संविधानसभा माओवादीको एजेण्डा हो । उहाँहरुले यसका लागि योगदान गर्नुभएको छ, उहाँहरुको भावनामा पनि संविधानमा समेट्नुपर्छ सहमतिको दस्तावेजको रुपमा संविधान निर्माण गर्नुपर्छ ।’
विभिन्न दलको आआˆनै राजीनितक मार्गचित्र भएपनि संविधान निर्माणमा सबै एकथलोमा आउनुपर्ने उहाँको जोड थियो । एमाओवादीले संविधानसभामा बाहिर बस्ने र नेकपा-माओवादीले संविधानसभालाई बहिष्कार गर्ने कुरा गरे पनि कांग्रेस दुवै माओवादीलाई संविधानसभामा ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic