वेष्ट रेमिटद्धारा ११ वित्तिय संस्थासँग रेमिट्यान्स सम्झौता

काठमाडौं । गैरआवासीय नेपालीहरुको लगानीमा स्थापित वेष्ट रेमिट नेपालले आफ्नो सेवा विस्तार गर्ने क्रममा एक दर्जनभन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुसँग रेमिट्यान्स सम्झौता गरेको छ । विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आBest-remitएको वेष्ट रेमिटले मुलुकका शहरी एवं ग्रामिण भेगका विभिन्न वित्तिय संस्थाहरुसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरिएको जनाएको छ ।
वेस्ट रेमिटले पछिल्लो समय विरेन्द्रनगरको काँक्रे विहार विकास बैंक, गोर्खाको मनास्लु विकास बैंक, बुटवलको एकता विकास बैंक, मोरङको सप्तकोसी डेभलबमेण्ट बैंक, नवलपरासीको राइजिङ डेभलवमेण्ट बैंक, मानभवन ललितपुरको सगरमाथा मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, ललितपुरको गुहृेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, काठमाडौको रिलायन्स फाइनान्स, आईसिएफसि फाइनान्स, आरम्भ सेभिङ एण्ड क्रेडिट, क्याराभान सेभिङ एण्ड क्रेडिट लिमिटेडसँग रेमिट्यान्स सम्झौता गरेको छ ।
आफ्ना ग्राहक तथा सेवाग्राहीको सहजता तथा सुविधाका लागि यो सम्झौता गरिएको बेष्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङले बताउनुभयो । उहाँले भन्नुभयो-’हुण्डीलाई निरुत्साहित गर्दै बैकिंङ च्यानलमार्फत पैसा पठाउन आगामी दिनमा अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग पनि रेमिट्यान्स सम्झौता गरी ग्राहकहरुलाई थप सहज बनाउदै लैजाने छौं ।’ उहाँका अनुसार वेष्ट रेमिटले शहरमुखी भन्दा पनि ग्रामीणभेगका जनतामा आफ्नो पहुँच पुर्‍याउँने उद्धेश्य राखेकाले त्यसतर्फ केन्द्रीत भइरहेको छ ।
यो सम्झौतासँगै विश्वका विभिन्न मुलुकवाट वेस्ट रेमिटमार्फत पठाएको रकम अब विभिन्न बैंक तथा वित्तिय संस्थाका थप ४७ शाखा, १ हजारभन्दा बढी एजेण्ट, सव-एजेण्टबाट भुक्तानी लिन सकिने छ ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic