फुजेल हत्याकाण्डमा कार्यकर्ता पक्राउप्रति बाबुरामको आपत्ति आफूलाई गिरफ्तार गरेर मुद्दा चलाउन चुनौति

पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता डा. बाबुराम भट्टराईले गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा परशुराम पौडेललाई पक्राउ गरेकोमा आपत्ति जनाउनुभएको छ ।
Baburamसाथै उहाँले द्वन्द्वकालका मुद्दा ब्युँताउने हो भने तत्कालीन संयुक्त क्रान्तिकारी जनपरिषद् (समानान्तर सरकार)को प्रमुखको हैसियतले आफूलाई गिरफ्तार गरेर मुद्दा चलाउन सरकारलाई चुनौतिसमेत दिनुभएको छ ।
पौडेललाई गिरफ्तार गरेर सरकारले शान्ति सम्झौताको ठाडो उल्लंघन गरेको उहाँको आरोप छ । ‘२०५२ फागुन १ देखि ०६३ मंसिर ५ गतेसम्मका सबै त्यस्ता मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगको परिधिभित्र पर्ने प्रष्ट छँदाछँदै केही शान्ति र मेलमिलाप विरोधी तत्वहरुको उक्साहटमा आएर वर्तमान सरकारले यस्तो हर्कत गर्नु निन्दनीय छ’-भट्टराईले भन्नुभएको छ ।
अधिकारीका बाबुआमा नन्दप्रसाद र गंगामायाको आमरण अनशनलाई दुर्नियतपूर्ण भन्दै भट्टराईले आफ्नो फेसबुकमा लेख्नु भएको छ-कसैले दुर्नियतपूर्ण ढंगले भोकहड्ताल गर्‍यो भन्दैमा आयोग गठन गर्नुको सट्टा यसरी मुद्दा चलाउन थाल्ने हो भने द्वन्द्वकालका दुवै पक्षबाट मारिएका र वेपत्ता पारिएका १७ हजार परिवारले भोक हड्ताल गरे के गर्ने ? त्यसपछि शान्ति प्रक्रिया बाँकी रहन्छ ? टीआरसीमार्फत शान्ति र मेलमिलाप कायम गर्ने कि प्राचिन कालको आँखाको बदला आँखा र दाँतको बदला दाँतको जंगली सिद्धान्त अपनाउने ?’
एमाओवादी नेता भट्टराईले विगतमा भएको सहमति अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न सरकारलाई आग्रह गर्नु भएको छ ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic