एमालेलाई कांग्रेस नेताको चुनौति-राष्ट्रपति फेर्ने भए महाअभियोग लगाऊ

नेपाली कांग्रेसका नेता डा नारायण खड्काले राष्ट्रपति परिवर्तन गर्ने भए दुई तिहाई बहुमत ल्याएर महाअभियोगमार्फत हटाउन एमालेलाई चुनौति दिनु भएको छ ।

कुनै पनि दलले आफ्नो घोषणापत्रमा राष्ट्रपति परिर्वतनको प्रस्ताव उल्लेख नगरेको भन्दै उहाँले जनादेश राष्ट्रपति परिर्वतन गर्न नभएको बताउनुभयो । उहाँले भन्नुभयो-’जनादेश एक वर्षभित्र संविधान बनाउन हो, राष्ट्रपति परिवर्तन गर्न होइन ।’
कांग्रेस नेता खड्काले पार्टी सभापतिको नेतृत्वमा पार्टी चुनावमा गएर ठूलो पार्टी बनेकोले उहाँकै नेतृत्वमा पहिलो दावी हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’पार्टीले हारेको भए उहाँले नैतिकताको आधारमा सभापति पदबाट राजीनामा दिनु पर्दथ्यो, जितेकोले सरकारको नेतृत्वमा उहाँकै दावी पहिलो हुन्छ ।’
राप्रपा नेपालका महामन्त्री चन्द्रबहादु गुरुङले नयाँ जनादेश आएकोले राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन हुनु पर्ने भए पनि आफ्नो पार्टीको त्यसमा दावी नभएको बताउनुभयो । पार्टी सरकारमा नगई प्रतिपक्षको भूमिकामा रहने भन्दै उहाँदे भन्नुभयो-’सबै दल सरकारमा गए सर्वसत्ताबाद हुन्छ त्यसैले हामि प्रतिपक्षमा बसेर निगरानी गर्छौं ।’
केन्द्रीय समितिको बैठक बस्न ढिला हुने भएकोले वैधानिक रुपमै कार्य सम्पादन समितिको बैठकले सभासदहरुको नाम सिफारिस गरेको भन्दै उहाँले थोरै सिट र धेरै आकाक्षी नेता भएकोले केही विवाद देखिनु स्वभाविक भएको तर्क गर्नुभयो ।

 

बिज्ञापन (रेस्लीङ गेम)

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic