पराजित अध्यक्षहरुको प्रतिनिधित्व श्रीमतीले गर्ने

दोस्रो संबिधान सभा चुनावमा प्रत्यक्ष तर्फ नराम्ररी पराजित भएका मधेश केन्द्रित दलहरुको भागमा समानुपातिक तर्फपनि अपेक्षित रुपमा कमै सिट परेकोछ । “read more” समानुपातिक तर्फ सिट कम भएपछि सभासद बन्नेहरुमा तछाडमछाड सुरु भएकोछ ।तीन हजारमत आएको जिल्लाको एउटै क्षेत्रबाट आधा दर्जन बढी मानिसहरुले सभासदका लागि दाबी गरेकाछन ।
हुनत केहि दलका पराजित अध्यक्षहरुले आफ्ना श्रीमतीलाई सभासद बनाउने पहिलो प्राथमिकतामा राखेकाछन ।एउटै सिट पाएका दलका अध्यक्षले पनि पत्नीको नाम अगाडी सारेकाछन ।
धनुषा जिल्लाबाट दर्जनको हाराहारीमा समानुपातिक सभासदको सूचीमा नाम राखेको राष्ट्रिय मधेश समाजवादी पार्टीको धनुषा जिल्लामा कुल ६ हजार ३१ मत परेकोछ ।तर निर्वाचन क्षेत्र नम्बर ४ बाट मात्र उदयकान्त ठाकुर, डा.हरिबंश झा, डा. अभाष लाभ, काली साह, दिनेश साह, सुजित साह लगायत छन ।उक्त क्षेत्रमा समानुपातिक तर्फ २ हजार ३ सय १७ र प्रत्यक्ष तर्फका उम्मेदवारलाइ मात्र ७ सय ६६ मत परेको थियो ।

उम्मेदवार रहेका मनोज चौधरीले आफ्नो दलको मत समानुपातिक तर्फका उम्मेदवारहरुले अन्यत्र खसाल्न लगाएको आरोप लगाउ“दै जिल्लाबाट सभासदका लागि कसैलाई सिफारिस नगर्र्ने जनाए।पार्टीले पाएको ३ सिट मध्ये एकजना निर्जला राउत निश्चित नै छ
मधेशी जनअधिकार फोरम नेपालको अवस्थापनि धनुषामा दयनिय देखियो ।कुनै उम्मेदवारले जमानत जोगाउन सकेन ।समानुपातिक तर्फको मतपनि अत्यन्त कम रहेकोछ ।कूल ११ हजार ४ सय ६५ मत आएको धनुषालाई फोरम नेपाललेपनि प्राथमिकतामा राखेको छैन ।यद्यपी फोरम नेपाललाई समानुपातिक तर्फ ८ स्थान मिलेकोछ
तराई मधेश लोकतान्त्रिक पार्टीले एकजना डा.विजय कुमार सिंहलाई समानुपातिकमा दिने निश्चित प्रायःछ ।उनी धनुषाको ४ मा अत्यन्त सकृय थिए ।समानुपातिक र प्रत्यक्ष दुबै तर्फ सर्बाधिक मत आएको निर्वाचन क्षेत्र नम्बर ५ बाट बिन्देश्वर यादव र महिला तर्फ इन्द्रा झाको नाम समेत प्रस्तावित रहेकोछ ।समानुपातिक तर्फ तमलोपाको भागमा ७ सिट परेकोछ ।

फोरम लोकतान्त्रिकबाट समानुपातिकमा सुनित दास लगायत आधा दर्जन महिला नेतृहरुको नाम प्रस्तावित भएपनि सिट संख्या घटेकोले सभासद हुने संभावना कम रहेको बताइन्छ ।यद्यपी जिल्ला अध्यक्ष उमाशंकर अरगडियाले सभासद बनाउने प्रयास जारी रहेको बताए ।लोकतान्त्रिकले  तराई केन्द्रित दलहरु मध्ये समानुपातिक १० सिट पाएर सबै भन्दा ठूलो दल बनेकोछ ।प्रत्यक्षमा ४ सिट रहेकोछ । सदभावना पार्टीले समानुपातिक तर्फ ५ सिट पाएकोछ ।सदभावनाका महासचिव मनिष कुमार सुमनले जनाए अनुसार पार्टी केन्द्रिय समितिले समानुपातिक तर्फको निर्णय गर्ने उल्लेखगर्दै उनले दुई जना महिला र तीन पुरुषलाई चयन गरिने संभावना रहेको बताए ।

पुरुष तर्फ सहअध्यक्ष लक्ष्मणलाल कर्ण, महासचिव मनिषकुमार सुमन र उपाध्यक्षद्वय नरसिंह चौधरी र विश्वनाथ चौधरी मध्ये एक अथवा पार्टीलाई चुनाव लगायत अन्य कार्यक्रमहरुमा आर्थिक सहयोग गर्ने दाताहरु मध्येको संभावना रहेको जनाउ“दै स्रोतले महिला तर्फ पार्टी अध्यक्ष राजेन्द्र महतोकी पत्नी शैल कुमारी देवी निश्चित रहेको बताए ।
एक जना महिलाको निश्चित भइनसकेपनि राजनीतिक सकृयता, पार्टीमा लगानी,जातिय समिकरण लगायतका अधारहरुमा छनौट गरिने स्रोतको कथन छ ।धनुषाबाट  पनि आधा दर्जन व्यक्तिको नाम समानुपातिक तर्फ राखिएकोछ ।
फोरम गणतान्त्रिकको भागमा एकमात्र स्थान परेकाले अध्यक्ष राजकिसोर यादव आफनी पत्नी सरिता यादवलाई सभासद बनाउने भएकाछन 

तराई केन्द्रित दलका नेताहरु सत्तामा पुग्दा अकुत सम्पत्ती कमाएको र नेता कार्यकर्ताको उपेक्षा गरेको आरोप लागेको बेला चुनावमा नराम्ररी पराजय भोग्नु परेपनि समानुपातिक तर्फ पाउने सिटमा आफ्नी श्रीमती, छोरा, भतिजाहरुलाई प्राथमिकतामा राखेको आरोप लाग्न थालेकोछ ।
संघीय सदभावनाले समानुपातिक तर्फ पाएको १ सीटमा अध्यक्ष अनिल झाकी पत्नीले प्रनिधित्व गर्ने भएकी छिन् ।

धनुषाबाट सर्बाधिक सभासद नेपाली का“ग्रेसबाट बन्ने भएकाछन ।स्मृतिनारायण चौधरी, महेन्द्र यादव, भोला पजियार, लिला कोइराला, आनन्दप्रसाद ढुंगाना, पुष्पलता लामा, लक्ष्मी भण्डारी, सरस्वती चौधरी, मिनाक्षी झा सभासद हुने प्रायःनिश्चित छ ।दलितबाट रामवरण पासमान र प्रमिला दासको समासद बन्ने अवसर मिल्न सक्छ ।रामसुन्दर महरा संस्थापन पक्षबाट दलित सभासद हुने संभावना बलियोछ ।किसोरी साह भने सिफारिसमा पर्ने संभावना समाप्त भइसकेकोछ ।

एमाओवादीबाट अधिवक्ता रामसिंह यादव,देवसागर दास र एमालेबाट शितल झा र रामऔतार पासमानको नाम निश्चित जस्तै छ ।एमालेका नेता रघुबी र महासेठ र श्रीप्रसाद साहबीच चुनावमा हराउने आरोप प्रत्यारोपको कारण महासेठ पक्षबाट सिफारिसमा रहेकाहरु सभासद बन्ने ‘टाउको सुची’मा नपर्ने निश्चित छ ।निर्वाचन आयोगले समानुपातिक सूची फाइनल गर्न सात दिनको समय तोकेकोछ ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic