लागूऔषध बनाउने कारखानामा प्रहरीको छापा





कृष्णउदास खनाल,वीरगन्ज
जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरिया पर्साको संयुक्त टोलीले सोमबार जिल्लाको मुड्ली गाविसस्थित लागूऔषध बनाउने कारखानामा छापामारी लागूऔषध र लागूऔषध बनाउने उपकण बरामद गरेको छ।
विशेष सुराकीको आधारमा गएको प्रहरीको टोलीले सो गाविसको वडा नम्बर ३ मा सञ्चालित लागूऔषध बनाउने कारखानामा छापा मार्दा बनाउँदै गरेका ८ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही गाविसका स्थानीयहरू राजन पटेल, वैद्यनाथ राउत, खुदा आलम, द्वारिका साह, देवशंकर पटेल, रामनाथ पटेल, विनोद साह, विश्वनाथ पटेललगायत रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक कृष्ण लामिछानेले जानकारी दिनुभयो।
सो क्रममा प्रहरीले १३ किलो लागूऔषध चरेस बरामद गरेको पनि उहाँँले जानकारी दिनुभएको छ। यसरी नै प्रहरीले चरेस तथा अफिम बनाउन प्रयोग गरिने उपकरणहरू पनि बरामद गरेको जानकारी दिएको छ। छापामारीका क्रममा सशस्त्र प्रहरीको कट्टी बेस क्याम्पले पनि सहयोग गरेको थियो। बरामद लागूऔषध, उपकरण तथा पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पनि पर्सा प्रहरीले जानकारी दिएको छ।
यसैबीच पक्राउ परेकाहरूलाई सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गरेको छ। पक्राउ परेकाहरूको साथबाट बरामद उपकरण तथा लागूऔषध पनि सार्वजनिक गरिएको छ। सो ठाउँबाट उत्पादन हुने लागूऔषध नेपालको विभिन्न जिल्ला तथा भारतसहित तेस्रो मुलुकतर्फ पनि जाने गरेको पाइएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic