कुसवाहालाई थुनामा राख्न अदालतको आदेश

क्रान्ति शाह
firoj५ पुस, वीरगञ्ज । युवा संघका तत्कालीन केन्द्रीय अध्यक्ष काशी तिवारीको हत्याको अभियोगमा पक्राउ परेका एमाओवादीका भोजपुरा राज्य समिति सदस्य एवम् समानुपातिक उम्मेदवार सियाराम कुसवाहालाई जिल्ला अदालत पर्साले शुक्रवार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला अदालत पर्साका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलाशले कुसवाहालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेश लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साले कुसवाहालाई वीरगन्ज कारागारमा राखिएको छ ।
कुसवाहालाइ बिशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गत पुस १ गते चितवनको भण्डाराबाट पक्राउ गरेको थियो । तिवारीकै हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि रौतहट प्रेमपुर गोनाहीका अमन कुसवाहालाई पक्राउ गरेको थियो ।
एकीकृत नेकपा माओवादीले भने कुसवाहाको गिरफ्तारीप्रति आपत्ति जनाएको छ । हिन्दु युवा संघका अध्यक्ष काशी तिवारीको हत्यामा कुसवाहाको कुनै संलग्नता नरहेको एमाओवादीको दाबी छ । यसबारे एमाओवादी प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘काशीप्रसाद तिवारी हत्या आरोप लगाइएको भए पनि कमरेड कुसवाहाको न त उक्त घटनामा कुनै संलग्नता छ न कुसवाहाविरुद्ध कुनै उजुरी नै परेको छ । हाम्रो पार्टी कमरेड कुसवाहालाई तुरुन्त रिहा गर्न जोडदार माग गर्दछ ।’

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic