धनुषालगायत तराईका ६ जिल्लाको शिक्षास्तर नाजुक

प्रारम्भिक बाल कक्षालाई प्रभावकारी बनाउन तथा विद्यालय जान नसकेका सबै बालबालिकालाई लाई विद्यालय प्रवेश गराउने वातावरण तयार गराउन सञ्चारकर्मीको भूमिका विषयक अन्तरत्रिया कार्यक्रम सुरु भएको छ ।

युनिसेफ नेपालको सहयोगमा मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौडामा शनिबार सुरु भएको अन्तरक्रिया आईतबार पनि चल्नेछ । कार्यक्रममा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी छ जिल्लाबाट तीन जना सञ्चारकर्मी र एक जना जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि सहभागी भएका छन् ।
ती मध्ये धनुषाबाट जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति एंव युनिसेफ नेपालका सम्पर्क अधिकृत रत्नेश्वरलाल कर्ण, नागरिक दैनिकका सुरेश यादव, मिथिलाञ्चल एफएमबाट हरिवंश यादव र जनकपुर टुडेबाट जितेन्द्रप्रसाद सिंह सहभागी भएका छन् ।

क्षेत्रीय शिक्षा निर्देशक चुडामणि पौडेलको अध्यक्षतामा आयोजित अन्तरक्रियामा निर्देशनालयका सुकदेव नेपाल र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रताप विष्टले सहजीकरण गरेका थिए । शिक्षाको गुणस्तर र विद्यालय बाहिर रहेको बालबालिकाको संख्या आधारमा देशभरिमै पछाडी रहेका यी जिल्लाहरुको शैक्षिक स्तर उकास्ने उदेश्यले अन्तरक्रिया आयोजना गरेको निर्देशक पौडेलले बताए ।

उनले चालु आर्थिक वर्षमा सञ्चालित अनौपचारिक शिक्षा कार्यक्रमबाट कम्तीमा एक जिल्लाका पाँच गाविसलाई पुर्ण साक्षर गाविस घोषणा गर्न तथा जिल्ला शिक्षा कार्यालयहरुलाई मिडियामैत्री बनाएर सञ्चालन गर्न सहभागी प्रतिनिधि मार्फत जिल्ला शिक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic