कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरियामा एक नेपाली कामदारको समुन्द्रमा डुबेर निधन भएको छ । रोजगार अनुमति प्रणाली अन्तर्गत  विगत चार वर्षदेखि मत्छ्य उत्पादन क्षेत्रमा काम गर्दै आएका  लमजुङका २४ वर्षीय  विकास पौडेलको मंगलवार दिउँसो ३ बजे तिर माछा मार्ने क्रममा समुन्द्रमा डुबेर निधन भएको हो ।death
कोरियाको राजधानी देखि करिब चार सय किलोमिटरको दुरिमा रहेको छल्ला नाम्दोको वन्दो समुन्द्र किनारमा  कामकै सिलसिलामा समुन्द्रमा डुबेर उनको निधन भएको हो । उनी जीन याँङ हो नामक कम्पनीको कामदारका रूपमा कार्यरत थिए । समुन्द्रभित्र पानी जहाजमा गई माछा भेला गर्ने क्रममा जालमा अल्झिएर उनको निधन भएको मालिकले बताएका छन् ।
पौडेलको शव नजिकैको अस्पतालमा राखिएको छ । पोस्टमार्टम र आवश्यक अनुसन्धानपछि पौडेलको शव नेपाल पठाईने सउलस्थित नेपाली दूतावासले जनाएको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/12/141978/#sthash.MzRqP2BC.dpuf

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic