धुर्मुस बंगुर पनि पाल्छन्

चर्चित हास्यशृंखला मेरी बास्सैका कलाकार धुर्मस अर्थात् सीताराम कट्टेलले दुई वर्षअघि ललितपुरको सुनाकोठीमा बंगुरपालन थालेका छन् । ७ वटा पाठापाठीबाट व्यवसाय थालेका कट्टेलको फर्मले २ वर्षयता राजधानी र बाहिर ७ सय हाराहारी पाठापाठी बिक्री गरिसकेका छन् । उनको खोरमा पाठापाठीसहित ७० भन्दा बढी बंगुर छन् । कट्टेलले उक्त व्यवसायमा ३० लाख लगानी गरेका छन् ।
'बिदेसिन तयार भएका दर्जनौं मेरा फ्यान मेरै खोरमा हुर्के पाठा लिँदै व्यवसाय गरिरहेछन्, यो नै मेरो लक्ष्य थियो,' शनिबार र्फममा कृषि सञ्चारकर्मीहरूलाई कलाकार कट्टेलले भने, 'मैले चाहेकै अनुसार थुप्रै किसानका लागि पशुपालन प्रेरणा बनिरहेको छ ।'
प्रतिपाठा २५ देखि ३५ सयसम्म बिक्री गरेको बताउँदै उनले स्टेजमा गरिने अभिनयबाट आर्जेको रकम यसैमा लगानी गरेको बताए । झर्रो नेपाली शैलीमार्फत टेलिशृंखला मेरी बास्सैमा पृथकता प्रस्तुत गर्न सिपालु कट्टेल टेलिशृंखलाको काम अघिपछिको फुर्सदमा खोरतिरै भेटिन्छन् ।
'नेपाल एगि्रकल्चर र्फम हाउस' नामको संस्था दर्ता गरी २०६८ असारदेखि सुरु गरिएको बंगुरपालन पेसा गाई र बाख्रापालनको दाँजोमा बढी मुनाफा हुने पेसा रहेको उनीहरूको अनुभवले बताउँछ । मुलुककै नमुना र्फमका रूपमा विस्तार गर्ने सोच बनाएका कलाकार कट्टेलले सरकारको तर्फबाट भइरहेको असहयोगमा दुःख व्यक्त गरे ।
वर्षमान पुन अर्थमन्त्री हुँदा थुप्रैपटक बंगुरपालन अभियानमा सरकारको सहयोग माग्दै अर्थ र कृषि मन्त्रालय धाउँदा दुःख पाएको बताउँदै उनले सरकारले किसानलाई गर्ने सहयोगमा देखिएको झन्झटिलो र जटिल प्रक्रियामाथि गुनासो गरे ।

प्रकाशित मिति: २०७० मंसिर १७ ०८:४७

अरु फोटोहरु »


0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic