तरकारी र फलफूलको भाउ घट्न थाल्यो चाडबाड र चुनावले बढेको महँगी आपूर्ति सहज भएपछि घट्न थाल्यो

चाडबाड र संविधानसभा निर्वाचनले निकै महँगिएको तरकारी भाउ घट्न थालेको छ । निर्वाचन सकिएलगत्तै दैनिकजसो तरकारीको भाउ घटेर पहिलेकै अवस्थामा र्झन थालेको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार साता अघिको तुलनामा अधिकांश तरकारी तथा फलफूलको थोक मूल्य २५ रुपैयाँभन्दा बढीले घटेको छ । यसअघि चाडबाडसँगै चुनावको माहोलमा कालोबजारी समेत बढेर एक सातामै अधिकांश तरकारीको मूल्य डेढ गुणासम्म बढेको थियो । विभिन्न जिल्लामा उत्पादन वृद्धि र सहज आपूर्तिसँगै तरकारी र फलफूलको मूल्य घटेको व्यवसायीहरू बताउँछन् । साताअघि प्रतिकिलो १ सय १५ रुपैयाँ पर्ने भिन्डी सबैभन्दा धेरै घटेर ५६ रुपैयाँ पुगेको छ ।
यसैगरी, ठूलो गालभेडा, सानो गोलभेडा, रातो आलु, सुकेको प्याज, गाजर, बन्दा, स्थानीय काउली, भेन्टा बोडी, मटरकोसा, घिउसिमी, तीते करेला, लौका, परवर, हरियो फर्सी, च्याउ, ब्रोकाउली, काँक्रो, अदुवा, हरियो खुसार्नी, हरियो धनियाको मूल्य घटेको छ । यस्तै फलफूलमा स्याउ, सुन्तला, अनार, तरबुजा, भुइँकटहर, मेवालगायतको मूल्य पनि घटेको तथ्यांकमा छ । साताअघि प्रतिकिलो ९७ पर्ने ठूलो गोलभेड घटेर ८५ रुपैयाँ पुगेको छ । किलोको ८० रुपैयाँ पर्ने सुकेको प्याज ६० रुपैयाँ पुगेको छ । यस्तै किलाको ४१ रुपैयाँ पर्ने रातो आलु घटेर ३३ रुपैयाँ पुगेको समितिले जनाएको छ ।
स्थानीय उत्पादनमा वृद्धि र बन्द हडताल कम भएकाले भाउ घटेको समितिका निर्देश्ाक अर्जुन अर्यालले बताए । 'चुनावी माहोलले गर्दा ठूल्ाा नेताहरू घुम्ने जिल्ला बन्द हुने क्रम बढेकाले पनि असर परेको थियो । तर अहिले तरकारी बजारमा आगमन बढेको छ,' निर्देशक अर्यालले भने, 'जसले गर्दा मूल्यमा केही कमी भएको छ ।' व्यवसायीका अनुसार अहिले कालिमाटी तरकारी बजारमा दैनिक ७ सय टनसम्म तरकारी भित्रिइरहेको छ ।
साताअघि करिब ४ सय टनमात्र आयात हुँदै थियो । यस्तै साताअघि प्रतिकिलो ७८ रुपैयाँ पर्ने गाजरको मूल्य घटेर ४८ मा पुगेको छ । किलोको ६० रुपैयाँ पर्ने सानो आलु ४९ रुपैयाँमा किन्न सकिन्छ । किलोको ६० रुपैयाँ पर्ने बन्दा ४७ रुपैयाँमा पुगेको समितिले जनाएको छ । किलोको ४५ रुपैयाँ पर्ने स्थानीय काउली घटेर ३५ रुपैयाँ पुगेको तथ्यांकमा छ ।
सिजन सुरुसँगै तरकारीको उत्पादन पनि बढेकाले मूल्य घटेको तरकारी फलफूल थोक व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडाले बताए । 'जिल्लामा तरकारीको उत्पादनमा धेरै सुधार भएको छ । आगमनको अवस्थामा पनि सुद्धण भएको अवस्था छ,' अध्यक्ष खतिवडाले भने, 'अब सिजन बिस्तारै सुरु भएकाले मूल्य क्रमशः घट्छ ।'
समितिका अनुसार किलोको ४५ रुपैयाँ पर्ने भन्टा घटेर ३७ रुपैयाँ पुगेको छ । किलोको ७८ रुपैयाँ पर्ने बोडी ५७ रुपैयाँमा पाइन थालेको छ । किलोको ७५ रुपैयाँ पर्ने मटरकोसा घटेर ४७ रुपैयाँ पुगेको तथ्यांकमा छ । समितिअनुसार किलोको ७५ रुपैयाँ पर्ने तीते करेला घटेर ६५ रुपैयाँ पुगेको छ । किलोको ४० रुपैयाँ पर्ने लौका ३५ रुपैयाँमा किन्न पाइन्छ ।
किलोको ५० रुपैयाँ पर्ने हरियो फर्सी घटेर ३७ रुपैयाँ पुगेको छ । बल्खु कृषि तथा तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरका अनुसार राजधानीमा लहानबाट आउने क्रम सुरु भएकाले आगामी सातामा मूल्य थप घट्नेछ । बल्खु बजारमा दैनिक डेढ सय टन तरकारी आयात भएकोमा अहिले दैनिक ३ सय टन पुगेको उनले बताए ।
समितिका अनुसार किलोको १ सय ७५ रुपैयाँ पर्ने च्याउ घटेर १ सय ३० रुपैयाँ पुगेको छ । किलोको ५० रुपैयाँ पर्ने ब्रोकाउली ४० रुपैयाँ
पर्छ । किलोको १ सय २० रुपैयाँ पर्ने अदुवा घटेर १ सय ५ रुपैयाँ पुगेको छ । किलोको १ सय १० रुपैयाँ पर्ने हरियो धनिया घटेर ८५ रुपैयाँ पुगेको छ । यस्तै अधिकांश फलफूलको भाउ पनि १० रुपैयाँभन्दा बढीले छ ।
समितिका अनुसार किलोको १ सय ३५ रुपैयाँ पर्ने स्याउ घटेर १ सय २५ रुपैयाँ पुगेको छ । किलोको ७० रुपैयाँ पर्ने सुन्तला घटेर ६० रुपैयाँ छ । किलोको २ सय ४० रुपैयाँ पर्ने अनार २ सय ३० रुपैयाँ, किलोको ९० रुपैयाँ पर्ने तरबुजा घटेर ५५ रुपैयाँ, प्रतिगोटा ८५ रुपैयाँ पर्ने भुइँकटहर घटेर ७५ रुपैयाँ पुगेको समितिले जनाएको छ ।


तरकारी तथा फलफुलको थोक मूल्य
(प्रतिकेजी रुपैयाँमा)
    मंसिर ७ गते     १४ गते
ठूलो गालभेडा       ९७    ८५
सानो गोलभेडा      ६०    ४९
रातो आलु         ४१    ३३
सुकेको प्याज       ८०             ६०
गाजर             ७८             ४८
बन्दा            ६०    ४७
स्थानीय काउली      ४५             ३५
भेन्टा               ४५             ३७
बोडी               ७८            ५७
मटरकोसा         ७५         ४७
घिउसिमी          ४५       ४३
तीते करेला         ७५       ६५
लौका              ४०         ३५
परवर             ७८            ७०
हरियो फर्सी        ५०          ३७
भिन्डी            ११५       ५६
च्याउ           १७५      १३०
ब्रोकाउली         ५०        ४०
काँक्रो            २५        १७
अदुवा            १२०       १०५
हरियो खुसार्नी      ६०      ४५
हरियो धनिया      ११०       ८४
स्याउ        १३५    १२५
सुन्तला        ७०    ६०
अनार         २४०       २३०
तरबुजा       ९०    ५५
भुइँ कटहर      ८५    ७५
मेवा        ८०    ६५





प्रकाशित मिति: २०७० मंसिर १६ १०:१६

अरु फोटोहरु »

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic