बलबहादुर केसीलाई १० दिनभित्र उपस्थित हुन आदेश

संविधानसभा अदालतले सोलुखुम्बु जिल्लाबाट निर्वाचित सभासद् बलबहादुर केसीसहितका विपक्षीहरूलाई १० दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।
अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरिशचन्द्रलाल र सुशिला कार्कीको इजलासले दिएको आदेशमा ‘निवेदकको माग बमोजिम अन्तरकालीन आदेश मागको सम्बन्धमा छलफल गर्न दश दिनको समय दिई जो भएको उजुरी कारबाही मिसिलसहित उपस्थित हुनु भनी सूचना पठाई उपस्थित भएपछि पेसीमा चढाई नियमअनुसार पेस गर्नु’ भनिएको छ ।
एमाओवादी गोम्बु शेर्पाले निर्वाचनमा आफ्ना पार्टी प्रतिनिधि बिना मतदान गराइएको, मतदान केन्द्रमा समेत पार्टी प्रतिनिधिलाई जान नदिइएको, सेनाका अधिकारीले खसेको मतको विषयमा चासो लिएर धाँधली गरेकाले मतगणना स्थगन या अन्तरकालीन आदेश जारी गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो । रिटमा निर्वाचित सभासद् केसी, निर्वाचन आयोग, प्रमुख निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाइएको छ । रासस
- See more at: http://www.onlinekhabar.com/2013/12/141406/#sthash.W4yT2Kfq.dpuf

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic