टेलिफोन टावरलाई गुगल म्यापसँग जोडिने


१२ जेठ, काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले बेस ट्रान्सिभर स्टेसन (बीटीएस)हरुलाई गुगल म्यापसँग जोड्दै दूरसञ्चार सेवाको अनुगमन सहज बनाउने भएको छ । उसले सबै सेवाप्रदायकका टावरहरु भौगोलिक सूचना सिस्टम (जीआईएस) मा रुपान्तरण गरी एउटै सर्भरबाट देशभर अनुगमन गर्नेछ ।
मोबाइल/टेलिफोन सेवाको गुणस्तर अभिवृति तथा प्राकृतिक विपत्तिमा अत्यावश्यक सूचनालाई निरन्तर राख्ने लक्ष्यबमोजिम यो कार्यक्रम अघि सारिएको प्राधिकरणले जनाएको कारोबारमा खबर छ ।
प्राधिकरणले चालू आर्थिक वर्षभित्र परामर्शदाता छनोट गरी अर्को वर्षभित्र सम्पूर्ण बीटीएसलाई जीआईएसमा लैजाने तयारी गरेको छ । रुपान्तरण पछि प्राधिकरणले देशका जुनशुकै स्थानका बीटीएस ‘डाउन’ भए पनि तुरुन्त सेवाप्रदायकलाई निर्देशन दिन सक्नेछ । भौगोलिक विविधताका कारण हालसम्म दुर्गममा बीटीएस टावर बिगि्रँदा महिनौंसम्म पनि सेवा अवरुद्ध हुने गरेको छ ।
‘जीआईएस सिस्टमबाट एकारित तुरुन्तै कारबाहीको प्रक्रिाय अगाडि बढाउन सकिनेछ भने अर्कातिर सेवाको गुणस्तरमा पनि सुधार आउनेछ,’ प्राधिकरणका सहायक निर्देशक अच्युतानन्द मिश्रले् भने, ‘नेपालको समग्र दूरसञ्चार सेवाको डेटाबेस तयार गर्न परामर्शदताबाट आवेदन पनि माग गरिसकेका छौं ।
 

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic