गंगासागरमा नित्य गंगाआरती हुने


गंगासागरमा नित्य गंगाआरती हुने
काशिन्द्र कुमार शर्मा 
जनकपुरधाम, १२ जेठ ।
जनकपुरको धार्मिक एवम् एतिहासिक सरोवर गंगासागरमा यहि जेठ २५ गतेदेखि गंगाआरतीको आयोजना गरिने भएको छ ।
प्रसिद्ध तीर्थस्थल बनारसझैँ नित्य सांझ गंगाआरती गरिने कार्यक्रम भएको बताइएको छ । 
 
“सेभ द हिस्टोरिकल प्लेसेज” जनकपुरका अभियानीहरुद्धारा सो आरतीको आयोजना गर्ने बुझिएको छ । 
नगरपालिकाले नियमित रुपमा फोहोर नउठाउने र स्थानीयले जताततै फोहोर फाल्ने गरेका कारण गंगासागर लगायत अन्य पोखरी दुर्गन्धित बन्न पुगेको अवस्थामा अभियानीहरुले गंगासागरको गत तीन महिनादेखि सरसफाई गर्दै आएका छन । 
 
अभियानमा बुद्धिजीवी, नागरिक समाज, उद्योगी व्यावशायी, यूवा क्लब, संघसँस्था, प्रहरी तथा सेना, कलाकार, पत्रकारको सहभागीताले तीन महिना पूर्व घाटमा जताततै दिसापिसाबले भरिएको गंगासागर अहिले सफाई अभियानका कारणले स्वच्छ तथा सफा देखिन थालेको छ । अभियानी रामअशिष यादबका अनुसार, गंगासागर पोखरी भित्र पूजा सामग्री प्लास्टिक सहितका अन्य कुनै फोहोर सामग्री विसर्जन नगर्न विद्यालयदेखि जनस्तरसम्म चेतनामूलक  कार्यक्रम पनि संचालन गरिएको छ । 
 

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic